मस्र्याङ्दी नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन अनुरोध

मस्र्याङ्दी नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन अनुरोध

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

निरन्तरको वर्षाले मस्र्याङ्दी नदीको बहाब कायमै रहेकाले तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दालाई सचेत रहन आग्रह गरिएको छ । जिल्ला प्रशासन कार्यालयले आज यहाँ सूचना जारी गर्दै नदी छेउछाउका बस्तीलाई उच्च सतर्कता अपनाउन आह्वान गरेको हो । सूचनामा भनिएको छ, “यस वर्षको मनसुन अवधि कायमै रहेको हुँदा जिल्लाका नदी तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दालाई उच्च सचेत र सतर्क रहनु हुन जिल्ला विपद् व्यवस्थापन समितिबाट सूचीत तथा अनुरोध गरिन्छ ।”

चामे गाउँपालिकाको– ४, ५ र नासो गाउँपालिकाको– १ को तालगाउँ नदीकै किनारमा रहेकाले विशेष सतर्कता अपनाउन भनिएको हो । प्र्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले भन्नुभयो, “नासो १ तालगाउँ मस्र्याङ्दी नदी किनारमै छ । यहाँ विशेष सावधानी अपनाउनु पर्छ । सिरान क्षेत्रमा भीषण वर्षा भएकाले खोलाको बहावको जोखिम रहेकाले तटीय क्षेत्रको तालगाउँका बासिन्दालाई सचेत हुन आग्रह गर्दछु ।”

जिल्लामा गत जेठ ३१ गतेदेखि परेको अविरल वर्षाका कारण आएको बाढीपहिराले सयौँ घरपरिवार विस्थापित भएका छन् । यहाँका सार्वजनिक र निजी संरचनामा बाढीपहिराले ठूलो क्षति पु¥याएको छ । जिल्ला अहिले सडक सञ्जालदेखि विद्युत् र इन्टरनेट सेवालगायतबाट वञ्चित भएका छन् ।

यो पनि – मनसुनी वायुको प्रभाव ः अझै तीन दिन देशको अधिकांश स्थानमा वर्षा हुने

मनसुनी वायुको प्रभावले अझै तीन दिन देशको अधिकांश स्थानमा वर्षा हुने भएको छ । मनसुनी गतिविधि सक्रिय रहिरहने भएकाले धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षाका साथै एक दुई ठाँउमा भारी वर्षाकोसमेत सम्भावना रहेको मौसमविद् गङ्गा नगरकोटी जानकारीदिनुभयो । हाल देशभर सामान्यदेखि पूर्ण बदली रहनुका साथै प्रदेश नं १, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । वाग्मती प्रदेश र गण्डकी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना औँल्याएको छ । त्यसैले मौसम पूर्वानुमान महाशाखाले यी क्षेत्रमा सतर्कता अपनाउन अनुरोध गरेको छ । आगामी बुधबार देशभर सामान्यदेखि पूर्ण बदली भई प्रदेश नं १, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको बताइएको छ । नेपालमा मनसुन शुरु हुने औसत मिति जुन १३ मानिएपनि यस वर्ष त्यसभन्दा तीन दिनअघि नै शुरु भएको थियो । रासस

यो पनि – लगातारको वर्षासँगै आएको हावाहुरीले ३६ रोपनी क्षेत्रमा लगाइएको मकैबाली नष्ट

लगातारको वर्षासँगै आएको हावाहुरीले नारायण नगरपालिका–७ का किसानले ३७ रोपनी क्षेत्रफलमा लगाएको मकैबाली ढालेको छ । पाक्ने अवस्थामा रहेको मकैबाली नष्ट भएपछि किसान चिन्तित बनेका छन् । राति पानीसँगै आएको हावाहुरीले वडा नं ७ का पृथबहादुर थापाको पाँच रोपनी, मानबहादुर थापाको छ रोपनी, भीमबहादुर थापाको पाँच रोपनी, तेजबहादुर थापाको दुई रोपनी, जगत महतराको पाँच रोपनी, रेशम थापाको पाँच रोपनी, गणेश थापाको दुई रोपनी, गणेश खत्रीको दुई रोपनी, तेजबहादुर महतराको दुई रोपनी, अमरबहादुर खनालको दुई रोपनी गरी ३६ रोपनी क्षेत्रमा लगाइएको मकैबाली पूर्ण रुपमा नष्ट गरेको छ ।

पीडितले राहत र क्षतिपूर्तिका लागि कृषि विकास कार्यालय, नगरपालिका र जिल्ला प्रशासन कार्यालयमा निवेदन दर्ता गराएका छन् । स्थानीय सरकार र प्रदेश सरकारले किसानको पाक्नै लागेको बाली नष्ट भएको विषयमा गम्भीर हुनुपर्ने र किसानलाई राहत प्रदान गर्नुपर्ने माग गरिएको छ । रासस

यो पनि – ७० हजार मेट्रिकटन चैते धान उत्पादन

बारामा यस वर्ष ७० हजार मेट्रिक टन चैतेधान उत्पादन भएको कृषि ज्ञानकेन्द्र बाराले जनाएको छ । कृषकले विभिन्न जातको चैते धान १५ हजार १०५ हेक्टर क्षेत्रफलमा खेती गरिएकामा मौसम राम्रो भएको र समयसमयमा पानी परेका कारण उत्पादनमा वृद्धि भई प्रतिहेक्टर ४ दशमलव मेट्रिकटनले कूल ६९ हजार ९७२ दशमलव ५ प्रतिशत मेट्रिकटन धान उत्पादन भएको ज्ञानकेन्द्रका प्रमुख जीतेन्द्र यादवले बताउनुभयो । गत वर्ष विभिन्न जातका चैते धान १२ हजार ११५ हेक्टर क्षेत्रफलमा खेती गरी प्रतिहेक्टर ४ दशमलव ४ मेट्रिकटनले ५३ हजार ३०६ मेट्रिकटन उत्पादन भएको थियो । गत वर्षभन्दा यस वर्ष भने उत्पादनमा बढोत्तरी भएको छ ।

हरियो तरकारी महँगो

केही दिनदेखि परिरहेको अविरल वर्षाका कारण तरकारी खेतीमा क्षति भएपछि कलैया बजारलगायत जिल्लाभरि नै हरियो तरकारीको मूल्य महँगो भएको छ । कलैया बजारमा हाल हरियो तरकारी झिगुनी प्रतिकिलो रु १००, बोडी रु १००, रामतोरी रु ७०, करेला रु ६०, घिउरा रु ६० र परवल रु ८० प्रतिकिलो बिक्रीवितरण भइरहेको कृषि ज्ञान केन्द्रका प्रमुख जीतेन्द्र यादवले जानकारी दिनुभयो ।

हरियो तरकारी १५ दिन पहिला कलैया बजारमा झिगुनी रु ६०, वोडी रु ६०, रामतोरी रु ३०, करेला रु ३५, घिउरा रु २५ र परवल रु ६० प्रतिकिलो बिक्री भइरहेको थियो ज्ञानकेन्द्रका प्राविधिक सहायक गेनालाल मण्डलले भन्नुभयो । गत वर्ष कृषकले वर्ष झिगुनी, रामतोरी, घिउरा, करेला, आदि गरी पाँच हजार ४५० हेक्टर क्षेत्रफलमा तरकारी खेती गरेकामा वर्षाका कारण खेतमा नै गलेर उत्पादनमा निकै गिरावट भएको ज्ञानकेन्द्रका प्रमुख यादवले जानकारी दिनुभयो ।

यो पनि – अज्ञात रोगले मरे चरनमा लगिएका २०० घार मौरी

शिवसताक्षी नगरपालिकामा मौरीपालन गर्दै आएका किसानको २०० घार मौरी अज्ञात रोगले मरेका छन् । सतासी महिला मौरीपालन सहकारीकी व्यवस्थापक देवीमाया दाहालले सहकारीमा आबद्ध किसानले पालेका मौरी चरनमा लगेका अवस्थामा एक साताभित्रै मरेको बताउनुभयो । उहाँ आफैँले पालेको ४० घार मौरी मरेको छ ।

बर्खायाममा घारलाई टाढासम्म डुलाएर मौरी चराउने चलन छ । झापाको चारआली र मोरङको बेतना जङ्गल आसपास चरनमा लगिएका मौरी मरेर सोत्तर भएका छन् । मौरी के कारणले मरेका हुन् भन्ने पत्ता लगाउन सकिएको छैन । उहाँका अनुसार यसबाट मौरीपालक किसानलाई रु ३४ लाखभन्दा बढी क्षति भएको छ । मौरी मरेको थप घटनाको विवरण आउन बाँकी रहेको हुँदा क्षतिको मात्रा अझ बढ्ने उहाँको भनाइ छ । शिवसताक्षीको गजुरमुखी मौरी फर्मकी सञ्चालक धनमाया पाठकले १७ घार मौरी चराउन लगिएको अवस्थामा चारआलीको जङ्गलमा मरेको जानकारी दिनुभयो । पशुपति मह उद्योगका सञ्चालक पशुपति बस्नेतले अज्ञात रोगका कारण १० घार मौरी घरमै मरेको बताउनुभयो । सोम दाहालको ४०, सन्तकुमारी मुखियाको ३५, धनमाया थापाको २०, टीका थापाको २५, पूmलकुमारी चौधरीको १०, नन्दकुमार दङ्गालको ३१ र डिकुरादेवी गजुरेलको ३५ घार मौरी अज्ञात रोगले मरेको छ ।

मौरीपालन व्यवसाय गरेर जीविकोपार्जन गर्दै आएका स्थानीय किसान मौरी मर्ने घटना बढेपछि चिन्तित बनेका छन् । मौरीको घारको बीमा नगरिएका कारण क्षतिपूर्ति पाउने सम्भावना पनि छैन । झापाको शिवसताक्षी मौरीपालनका लागि केन्द्र मानिन्छ । जहाँ तीन हजार घार मौरी पालिँदै आएको छ । यहाँ वार्षिक ११ टन मह उत्पादन हुने गरेको मह उत्पादन केन्द्रका सचिव तथा पूर्ववरिष्ठ बाली संरक्षण अधिकृत राजेन्द्रप्रसाद खरेल बताउनुहुन्छ ।

मह प्रशोधन केन्द्रले किसानबाट रु ४०० प्रतिकेजीका दरले मह खरीद गर्दै आएको छ । यो हिसाबले शिवसताक्षीमा वार्षिक रु चार करोड २० लाखको मह उत्पादन हुने गरेको छ । मौरी मरेर सोत्तर भएपछि किसानले अपूरणीय क्षति व्यहोर्नु परेको खरेल बताउनुहुन्छ । कैयौँ किसानले भर्खर ऋण लिएर मौरी पाल्न शुरु गरेका थिए । कसरी कर्जा तिर्ने भन्ने समस्याले किसानलाई सताउन थालेको छ । “मौरीको घार खरीद गरेको ऋण तिर्न बाँकी नै छ, अब कसो गर्ने ?”, गजुरमुखी मौरी फार्मका सञ्चालक धनमाया पाठकले चिन्ता व्यक्त गर्दै भन्नुभयो । उहाँको १७ घार मौरी चराउन लगिएको अवस्थामा चारआलीको जङ्गलमा मरेको थियो । सत्र घार मौरी मर्दा रु दुई लाख ५५ हजार बराबरको क्षति भएको छ ।

व्यवस्थापक दाहालले मौरीमा रोगको लक्षण केही नदेखिएको जनाउँदै झार मार्ने विषादीको अत्यधिक प्रयोगका कारण चरनमा भएको बेला पानी पिउँदा मौरी मरेको हुनसक्ने बताउनुभयो । मौरी मर्ने रोग पनि हुने जनाउँदै कृषि विज्ञ राजेन्द्रप्रसाद खरेलले मौरीपालन व्यवसाय नै धराशायी हुने जोखिम बढेको बताउनुभयो । रासस