बालागुरु षडानन्द पढ्नुभएको संस्कृत विद्यालय भत्कियो

बालागुरु षडानन्द पढ्नुभएको संस्कृत विद्यालय भत्कियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जलेश्वर, २८ असार । महोत्तरीको मटिहानी नगरपालिका—७ स्थित नेपालकै जेठो संस्कृत माध्यमिक विद्यालयको भवन आज दिउँसो भत्किएको छ । बालागुरु षडानन्द पढ्नुभएको सो राजकीय संस्कृत माध्यमिक विद्यालयको ११० वर्ष पुरानो भवन आज दिउँसो भत्किएको हो । प्रधानाध्यापक ईश्वरी पौडेलका अनुसार सो आवासीय विद्यालयमा मुलुकको २७ जिल्लाका १५५ बटुक (विद्यार्थी) पढ्दै आएका छन् ।

छात्राबासका रुपमा प्रयोग हुँदै आएका आठ कोठामध्ये कोठा नं. १ को अचानक छतसमेत भत्किएको छ । बटुकहरु कक्षा कोठामा पढिरहेका बेला भवन भत्किएकाले मानवीय दुर्घटना हुनबाट जोगिएको उहाँको भनाइ छ । विसं १९६८ मा चुना, सुर्की, सख्खर, ईंट, बालुवालगायत सामग्रीको प्रयोगबाट बनेको सो भवनलाई मर्मतसम्भार गर्दै आएपनि छत चुहिने, पर्खालमा चिरा पर्ने, ठाउँ ठाउँमा चर्किनेजस्ता समस्या रहँदै आएको प्रधानाध्यापक पौडेलले बताउनुभयो । विद्यालयलाई हालकै स्वरुपमा पौराणिक एवं ऐतिहासिक धरोहरकै रुपमा संरक्षण गर्नुपर्ने आवश्यकता रहेको बताउँदै उहाँले त्यसका लागि सरोकारवाला सबै पक्षसँग आग्रह गर्नुभयो । भवन भत्किएपछि बटुकहरुलाई खान, बस्न, सुत्न र अतिरिक्त क्रियाकलाप गर्न समस्या हुने बताइएको छ । रासस

यो पनि – हृदयाघात भएर काठमाडौँ पु¥याइएका एक शिक्षकको उपचार गर्न आर्थिक अभाव

हृदयाघात भई काठमाडौँ पु¥याइएका एक शिक्षकको उपचारमा समस्या भएको छ । यही असार २१ गते आफ्नै घर चङ्खेली– १ रिमी बोहराबाडामा हृदयाघात भई तीन दिनपछि हेलिकप्टरबाट गङ्गालाल हृदयरोग केन्द्र लगिएका हीरा बोहरालाई काठमाडौँ पु¥याउन नै ठूलो खर्च लाग्दा उपचारमा अर्थाभाव भएको हो ।उहाँलाई हृदयाघात हुने बित्तिकै मुगु जिल्ला अस्पताल पु¥याउन र त्यहाँबाट हेलिकप्टर चार्टर गरेर काठमाडौँ पु¥याउनै रु आठ लाखको हाराहारीमा खर्च भयो । उपचारमा संलग्न उहाँकी श्रीमती सम्झना रोकायाले भन्नुभयो, “हामीसँग भएको सबै रकम काठमाडौँ पु¥याउने भाडामै सकियो, अब उपचार गर्न ठूलो आर्थिक समस्या परेको छ ।”

हीराको जिल्ला अस्पताल मुगुमा दुई दिन राख्दासमेत स्वास्थ्यमा सुधार नआएपछि शनिबार हेलिकप्टर चार्टर गरेर गङ्गालाल हृदयरोग केन्द्रको सिसियुमा राखेर उपचार गर्दा दैनिक रु ३० हजारका दरले खर्च भएपछि तीन दिनमै उपचारमा अर्थाभाव भएको उहाँको हेरचाहमा खटिएकी सम्झनाले बताउनुभयो । एक वर्षको कान्छो छोरा काखमा च्यापेर श्रीमान्को उपचारमा संलग्न सम्झनाले रुँदै फोनमा भन्नुभयो, “क्याम्पमा पढाएर कमाएको पैसा हेलिकप्टरको भाडा तिर्न पनि पुगेन अब उपचारका लागि लाग्ने दैनिक रु ३० हजार कहाँबाट ल्याउने ? सिसियुमा मृत्युसँग लडिहनु भएको उहाँलाई मृत्युको मुखबाट फुत्काउन नसकिएला जस्तो छ ।” घरको आर्थिक अवस्थाले उहाँको उपचार सम्भव हुन नसक्ने निष्कर्षमा पुगेकी सम्झनाले आफ्नो नाबालक छोराकै लागि भए पनि श्रीमान्लाई आर्थिक सहयोग गरेर बचाइदिन सार्वजनिक रुपमा अपिल गर्नुभयो ।