विपद्का कारण ५९ को ज्यान गयो

विपद्का कारण ५९ को ज्यान गयो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी जेठ ३० यता ५९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये ३१ पुरुष, १७ महिला र ११ बालबालिका छन् । उनीहरु सिन्धुपाल्चोक र तनहुँका पाँच÷पाँच, डोटी, पाल्पा र गोरखाका चार÷चार, रोल्पा, दाङ, दार्चुलाका तीन÷तीन, खोटाङ, पाँचथर, रौतहट, सप्तरी, चितवन, धादिङ, सिन्धुली, म्याग्दी र प्यूठानका दुई÷दुई र ललितपुर, सर्लाही, काभ्रे, मकवानपुर, कास्की, अर्घाखाँची, जुम्ला, कालीकोट, बझाङ र बाजुराका एक÷एकजना छन् ।

पछिल्लो २४ घण्टामा खोटाङ र सिन्धुलीमा दुई जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । बाढी, पहिरो र डुबानमा परी उक्त अवधिमा ७३ जना घाइते भएका छन् । अन्य २७ जना बेपत्ता भएका छन् । तीमध्ये १७ पुरुष, ६ महिला, तीन बालक र एकजना बालिका रहेका छन् ।

बाढीपहिरामा परेका एक हजार २६८ जनाको विभिन्न ठाउँबाट उद्धार गरिएको छ । बाढीका कारण एक हजार ५१६ वटा घर डुबानमा परेका छन् । कूल ५८३ घर, १०७ गोठ, ४३ पुल, तीन विद्यालय र १३ सरकारी कार्यालयमा क्षति पुगेको छ । यस अवधिमा ६०० विपद्का घटनाबाट एक हजार १७६ परिवारका पाँच हजार ४९५ मानिस विस्थापित भएका प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिनुभयो ।

यो पनि – पछिल्लो २४ घन्टामा थप २ हजार ३७० जनामा कोरोना संक्रमण पुष्टि, १८ जनाको मृत्यु

काठमाडौं,२८ असार । नेपालमा पछिल्लो २४ घण्टामा देशभर २ हजार ३७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ७,६८९ पीसीआर र ३,८९५ एन्टीजेन परीक्षणमा २,३७० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो संगै हालसम्म नेपालमा पिसीआरबाट कोरोना संक्रमण पुष्टि भएकाको संख्या ६ लाख ५७ हजार १३९  पुगेको छ । भने एन्टीजेन पोजिटिभ भएकाहरुको संख्या ४३,३१९ पुगेको छ ।

त्यसैगरी, पछिल्लो २४ घण्टामा १ हजार १३३ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै निको हुनेको संख्या ६ लाख २१ हजार २७ पुगेको छ । त्यसै गरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १८ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ४००  पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 

 

यो पनि – भरतपुरमा भेटियो कोरोना भाइरसको नयाँ ‘डेल्टा भेरियन्ट’

भरतपुरमा कोरोना भाइरस– १९ को ‘डेल्टा भेरियन्ट’ फेला परेको छ । भरतपुर अस्पतालले परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ पठाएकामध्ये दुई नमूनामा नयाँ भरियन्ट पत्ता लागेको हो । सो अस्पतालका प्रयोगशालामा पोजेटिभ देखिएका पाँच नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ पठाइएको थियो अस्पतालले आज एक विज्ञप्ति प्रकाशित गरी यसरी पठाइएका नमूना मध्ये दुई नमूनामा डेल्टा ९द्य।ज्ञ।टज्ञठ।द्द(ष्पिभ० प्रमाणित भएको जनाएको छ ।

अस्पतालका कोभिड क्लिनिकल कोअर्डिनेटर डा प्रमोद पौडेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा यसरी पठाइएका नमूना भरतपुर महानगरपालिकाभित्रका भएको जनाइएको छ । कोरोनाको पहिलो लहरको अल्फा भेरियन्टभन्दा कोरोनाको डेल्टा भेरियन्ट बढी सङ्क्रामक रहेको विभिन्न अनुसन्धानले पुष्टि गरेको वरिष्ठ कन्सल्टेन्ट फिजिसियनसमेत रहनुभएका उहाँले जानकारी दिनुभयो । डेल्टा भेरियन्टले बालबालिकादेखि वृद्धवृद्धासम्म सबै उमेर समूहका व्यक्तिलाई उच्च सङ्क्रमण गर्ने र फोक्सोमा बढी असर पार्नसक्ने क्षमता भएको विज्ञले बताएका छन् । विज्ञप्तिमा सम्पूर्ण नागरिकलाई त्रसित नभई उच्च सतर्कताका साथ जनस्वास्थ्यका मापदण्ड पालना गर्न अपिलसमेत गरिएको छ ।

यो पनि – खोपमा दुर्गम क्षेत्र र मजदूरलाई प्राथमिकता दिन माग

राष्ट्रियसभाका सदस्यले बाढी, पहिरो र डुबानबाट प्रभावित जनतालाई तत्काल राहत उपलब्ध गराउन तथा कोभिड–१९ सङ्क्रमण रोकथामका लागि सबै नागरिकलाई यथाशीघ्र खोप सुनिश्चित गराउन सरकारसँग माग गर्नुभएको छ । राष्ट्रियसभाको आजको विशेष समयमा भाग लिँदै नेकपा (एमाले)की दीपा गुरुङले सबै नागरिकलाई यथाशीघ्र खोप उपलब्ध गराउन माग गर्नुभयो । उहाँले वर्षाका कारण मुलुकका विभिन्न भेगमा बाढीपहिराका घटनापछि हुने उद्धार, राहतका साथै सडक यातायात खुलाउन तीनै तहका सरकारको संयुक्त प्रयासको खाँचो औँल्याउनुभयो ।

सोही दलकी शारदादेवी भट्टले मुलुकको तराई भेगका अधिकांश क्षेत्र डुबानमा परेर बालीनालीको क्षति भएकाले किसानलाई उचित क्षतिपूर्ति दिलाउन माग गर्नुभयो । उहाँले कैलालीमा तीनवर्षीय विवेक विष्टका हत्यामा संलग्नलाई कानूनी कारवाही होस् भन्नुभयो । एमालेकै कविता बोगटीले सरकारले खोपको पहल गरेर सराहनीय काम गरेको बताउनुभयो ।  सोही दलकी विमला घिमिरेले राष्ट्रिय गौरवका आयोजनामा काम गर्ने मजदूरलाई कोरोनाविरुद्धको खोपको व्यवस्था गर्न माग गर्नुभयो । एमालेकी नन्दा चपाईँले कोरोना रोगविरुद्धको खोप लगाउन दुर्गम क्षेत्रका नागरिकलाई प्राथमिकता दिन अनुरोध गर्नुभयो । सोही दलका नरपति लोहारले बाढीपीडित जनताका लागि तत्काल राहत र क्षतिपूर्ति उपलब्ध गराउन आग्रह गर्नुभयो ।

नेपाली कांग्रेसका प्रकाश पन्थले जनताले अपेक्षा गरेअनुरुप जनप्रतिनिधिले भूमिका निर्वाह गर्न नसकेकोे जनाउँदै राष्ट्रियसभाको कामकारवाही अझ प्रभावकारी हुनुपर्नेमा जोड दिनुभयो । नेकपा (माओवादी केन्द्र)का जीवन बुढाले राष्ट्रियसभालाई कानून निर्माण तथा विचार निर्माण गर्ने थलो बनाउनुपर्ने बताउनुभयो । सोही दलका महेशकुमार महराले मुलुकमा शान्तिसुरक्षाको कमजोर व्यवस्थापनका कारण पछिल्लो समय हत्याहिंसा र बलात्कारका घट्ना बढेको भनी चिन्ता व्यक्त गर्नुभयो ।

यो पनि – हृदयाघात भएर काठमाडौँ पु¥याइएका एक शिक्षकको उपचार गर्न आर्थिक अभाव

हृदयाघात भई काठमाडौँ पु¥याइएका एक शिक्षकको उपचारमा समस्या भएको छ । यही असार २१ गते आफ्नै घर चङ्खेली– १ रिमी बोहराबाडामा हृदयाघात भई तीन दिनपछि हेलिकप्टरबाट गङ्गालाल हृदयरोग केन्द्र लगिएका हीरा बोहरालाई काठमाडौँ पु¥याउन नै ठूलो खर्च लाग्दा उपचारमा अर्थाभाव भएको हो ।उहाँलाई हृदयाघात हुने बित्तिकै मुगु जिल्ला अस्पताल पु¥याउन र त्यहाँबाट हेलिकप्टर चार्टर गरेर काठमाडौँ पु¥याउनै रु आठ लाखको हाराहारीमा खर्च भयो । उपचारमा संलग्न उहाँकी श्रीमती सम्झना रोकायाले भन्नुभयो, “हामीसँग भएको सबै रकम काठमाडौँ पु¥याउने भाडामै सकियो, अब उपचार गर्न ठूलो आर्थिक समस्या परेको छ ।”

हीराको जिल्ला अस्पताल मुगुमा दुई दिन राख्दासमेत स्वास्थ्यमा सुधार नआएपछि शनिबार हेलिकप्टर चार्टर गरेर गङ्गालाल हृदयरोग केन्द्रको सिसियुमा राखेर उपचार गर्दा दैनिक रु ३० हजारका दरले खर्च भएपछि तीन दिनमै उपचारमा अर्थाभाव भएको उहाँको हेरचाहमा खटिएकी सम्झनाले बताउनुभयो । एक वर्षको कान्छो छोरा काखमा च्यापेर श्रीमान्को उपचारमा संलग्न सम्झनाले रुँदै फोनमा भन्नुभयो, “क्याम्पमा पढाएर कमाएको पैसा हेलिकप्टरको भाडा तिर्न पनि पुगेन अब उपचारका लागि लाग्ने दैनिक रु ३० हजार कहाँबाट ल्याउने ? सिसियुमा मृत्युसँग लडिहनु भएको उहाँलाई मृत्युको मुखबाट फुत्काउन नसकिएला जस्तो छ ।” घरको आर्थिक अवस्थाले उहाँको उपचार सम्भव हुन नसक्ने निष्कर्षमा पुगेकी सम्झनाले आफ्नो नाबालक छोराकै लागि भए पनि श्रीमान्लाई आर्थिक सहयोग गरेर बचाइदिन सार्वजनिक रुपमा अपिल गर्नुभयो ।

हीरा बचाउन अभियान शुरु

उपचारका लागि आर्थिक अभाव भएपछि सामाजिक सञ्जालमार्फत ‘हीरा बचाउ अभियान’ शुरु गरिएको छ । मुगुबाट काठमाडौँ लगिएको हेलिकप्टरको भाडा र उपचारमा दैनिक हुने खर्चकै अभाव भएपछि समाजकल्याण परिषद्का सदस्य तथा किर्डाक नेपालका निर्देशक गोविन्दबहादुर शाहीले सामाजिक सञ्जाल फेसबुकमार्फत आइतबार अभियानको शुरुवात गर्नुभएको हो ।

काठमाडौँ ल्याउने बित्तिकै अस्पताल प्रशासन र चिकित्सकसँगको परामर्शमा हीरालाई उपचार गराए सञ्चो हुने खबर पाएपछि आर्थिक अभावकै कारण समस्या सिर्जना नहोस् भन्नका लागि केही साथीहरुसँगको परामर्शमा अभियान शुरु गरेको उल्लेख गर्दै शाहीले सकेको आर्थिक सहयोग गर्न देश विदेशमा रहेका सबैलाई अपिल गर्नुभएको छ । अभियानमा सहयोग गर्न इच्छुकले उहाँकी श्रीमती सम्झना रोकायाको राष्ट्रिय वाणीज्य बैंक सीमकोट शाखामा रहेको बचत हिसाब नं ४१९०१००००९९८२०१० मा जुनसुकै स्थानबाट पनि रकम जम्मा गर्न सकिने शाहीले जानकारी दिनुभयो । रासस