कांग्रेसको ५५ निर्वाचन क्षेत्रको क्रियाशील सदस्यता टुङ्गो लगाउन बाँकी

कांग्रेसको ५५ निर्वाचन क्षेत्रको क्रियाशील सदस्यता टुङ्गो लगाउन बाँकी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपाली कांग्रेसले देशभरका ५५ निर्वाचन क्षेत्रको क्रियाशील सदस्यता टुङ्गोे लगाउन बाँकी रहेको जनाएको छ । पार्टीको आगामी भदौ १६ देखि १९ गतेसम्म हुने १४औँ केन्द्रीय महाधिवेशनका लागि प्रारम्भिक मतदाताका रुपमा रहेको क्रियाशील सदस्यतामा देशभरका १६५ निर्वाचन क्षेत्रमध्ये ५५ निर्वाचन क्षेत्रको टुङ्ग्याउन बाँकी रहेको जनाएको हो ।

कांग्रेस केन्द्रीय कार्यालयमा देशभरको ७७ जिल्लाको १६५ निर्वाचन क्षेत्रबाट आठ लाख ५० हजार क्रियाशील सदस्यताको नामावली दर्ता भइसकेको छ । पार्टीद्वारा गठित क्रियाशील सदस्यता छानबिन समितिले विवाद टुङ्गो लगाउने कामलाई तीव्रता दिएसँगै ११० निर्वाचन क्षेत्रको टुङ्गिएको हो ।

समितिका प्रवक्ता एवं पार्टीका केन्द्रीय सदस्य प्रदीप पौडेलले देशभरका ६४ जिल्लाको ११० निर्वाचन क्षेत्रको क्रियाशील सदस्यता टुङ्गोमा पु¥याई सकिएको राससलाई जानकारी दिनुभयो । क्रियाशील सदस्यता विवाद रहेका देशभरका ५५० वडामध्ये ३०० भन्दा बढी वडाको विवाद टुङ्गो लागिसकेको छ । पार्टीको क्रियाशील सदस्यता छानबिन समितिले द्रुत गतिमा काम गरिरहेकाले यही असार मसान्तभित्र सबै क्रियाशील सदस्यता विवाद टुङ्गोमा पु¥याइने प्रवक्ता पौडेलले बताउनुभयो । कांग्रेसले पार्टीका केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वमा पौडेल, आनन्द ढुङ्गाना, जीवन परियार, श्यामकुमार घिमिरे, कल्याणकुमार गुरुङ र योगेन्द्र चौधरी सदस्य रहेको छानबिन समिति गठन गरेको थियो ।

कांग्रेसको १४औँ महाधिवेशनका लागि अगामी साउन १२ मा वडा समितिको अधिवेशन, साउन १६ मा गाउँ नगर समितिको अधिवेशन, साउन २० मा प्रदेश निर्वाचन क्षेत्रको अधिवेशन, साउन २३ मा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन, साउन २६ मा एकभन्दा बढी निर्वाचन क्षेत्र हुने जिल्लाको अधिवेशनको मिति तय गरिएको छ । यसैगरी आगामी भदौ १ र २ गते प्रदेश समितिको अधिवेशन र भदौ १६ देखि १९ गतेसम्म राष्ट्रिय महाधिवेशन गर्ने कार्यतालिका यसअघि नै सार्वजनिक गरिसकेको छ । रासस

यो पनि – फैसलाको स्वागत गर्दछु ः सभापति देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतले कांग्रेसलगायत पाँच दलले दर्ता गरेको रिट निवेदनउपर गरेको फैसलाको स्वागत गर्नुभएको छ । उहाँले आज विज्ञप्तिमार्फत यो फैसलाले लिकबाहिर धकेलिएको संविधानलाई ट्र्याकमा ल्याएको उल्लेख गर्दै स्वतन्त्र न्यायपालिकाप्रतिको आस्था र विश्वासलाई थप अभिवृद्धि गरेको बताउनुभएको छ ।

सभापति देउवाले लोकतन्त्र र लोकतान्त्रिक संविधान रक्षाका लागि विभिन्न ढङ्गले आन्दोलनमा सरिक राजनीतिक दल, कानून व्यवसायी, भ्रातृ र शुभेच्छुक संस्था, नागरिक आन्दोलन र सजग सञ्चारमाध्यम एवं स्वदेश र विदेशमा रहेका सबै नेपालीमा बधाई ज्ञापन गर्नुभएको छ । देश र जनताका हितमा संयम र एकतासाथ समर्पित भएर कार्य गर्न सबैलाई फैसलाले अझ जिम्मेवार बनाएको उल्लेख गर्दै उहाँले कसैले पनि यसलाई व्यक्तिगत जीतहारका रूपमा नलिई लोकतन्त्र, लोकतान्त्रिक संविधान अनि समग्रमा देश र जनताको हितमा उपयोग गरेर जानुपर्दछ भन्ने आग्रह गर्नुभएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत जेठ ८ गते गर्नुभएको प्रतिनिधिसभा विघटनविरुद्धका विभिन्न निवेदनउपर सुनुवाइ गर्दै सर्वोच्चले आज प्रतिनिधिसभा विघटन संविधानको मूल्य, मान्यता अनुकूल नभएको भन्दै पुनस्र्थापना गर्ने फैसला गरेको छ ।