पाल्पा निस्दी गाउँपालिकाको वडाध्यक्षको निधन

पाल्पा निस्दी गाउँपालिकाको वडाध्यक्षको निधन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पाल्पाको निस्दी गाउँपालिका– ४ मित्यालका वडाध्यक्ष न्योबहादुर सुनारीको निधन भएको छ । नेकपा (एमाले) जिल्ला सल्लाहकार परिषद् सदस्यसमेत रहनुभएका ५२ वर्षीय सुनारीको उपचारका क्रममा तानसेनस्थित लुम्बिनी मेडिकल कलेज, प्रभावमा सोमबार निधन भएको परिवारले जनाएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि सोमबार मेडिकल कलेज लगिनुभएका सुनारीको कमजोरी महशुस हुने पहिल्यैदेखिको समस्या र थप जटिलता आएर उपचारकै क्रममा निधन भएको गाउँपालिकाले जनाएको छ । सुनारीको निधनमा शोक वक्तव्य जारी गर्दै गाउँपालिका बन्द गरिने भएको छ ।

यो पनि – ‘मूर्तिकार शाक्यको निधनले नेपाली हस्तकला क्षेत्रमा ठूलो क्षति’

नेपाल हस्तकला महासङ्घले नेपाली हस्तकला क्षेत्रका सिद्धहस्त कलाकार, वरिष्ठ धातु मूर्तिकार राजकुमार शाक्यको निधनले नेपाली हस्तकला क्षेत्रमा अपूरणीय क्षति पुगेको बताएको छन । महासङ्घले सोमबार आयोजना गरेको श्रद्धाञ्जलिसभाका वक्ताले नेपाली हस्तकला क्षेत्रको विकासमा वरिष्ठ कलाकार शाक्यको महत्वपूर्ण योगदान रहेको बताउनुभयो ।

सानै उमेरदेखि कला क्षेत्रमा सङ्लग्न वरिष्ठ कलाकार स्व शाक्यले नेपाली परम्परागत हस्तकला विधालाई संरक्षण, संवद्र्धन तथा प्रवद्र्धन गर्नका लागि आफूमा भएको सीप र परम्परागत प्रविधि हस्तान्तरण गरी युवापुस्तालाई स्वरोजगार तुल्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको महासङ्घका अध्यक्ष सुरेन्द्रभाइ शाक्यले स्मरण गर्नुभयो । “स्व शाक्यले आफ्नो अनुपम र अद्वितीय कलाकृति नेपाल र नेपालीको नाममा अन्तर्राष्ट्रिय जगत्मा चिनारी गराउनुका साथै नेपाली कला र संस्कृतिको पहिचानमा अत्यन्त ठूलो भूमिका खेल्नुभएको थियो”, अध्यक्ष शाक्यले भन्नुभयो ।

स्व शाक्यले भुटानको ताकिल्ला हिलमा १५५ फिट अग्लो पद्मसंभवको मूर्ति निर्माण गर्नुभएको थियो । उक्त मूर्ति निर्माणसँगै शाक्यलाई हस्तकला महासङ्घले विसं २०७० को उत्कृष्ट कलाकार घोषणा गर्नुका साथै नेपाल सरकारले गोरखा दक्षिणबाहु र राष्ट्रिय प्रतिभा पुरस्कारलगायत विभिन्न पदकबाट सम्मान गरेको थियो ।

कार्यक्रममा महासङ्घ कला तथा शिल्प परिषद्का सल्लाहकार सागरशम्शेर जबरा, नेपाल घरेलु तथा साना उद्योग महासङ्घका अध्यक्ष श्यामप्रसाद गिरी, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका निमित्त कार्यकारी निर्देशक सुयस खनाल, वाग्मती प्रदेशसभा सदस्य शोभा शाक्यलगायतले कलाकार शाक्यको निधनले नेपालको हस्तकला क्षेत्र टुहुरो भएको बताउनुभएको थियो । वरिष्ठ कलाकार शाक्यको जेठ २२ गते कोरोना सङ्क्रमणका कारण निधन भएको थियो । रासस

यो पनि – कोरियामा नेपाली मजदुरको न्यूजतम तलब अब दुई लाख

दक्षिण कोरियामा नेपालीलगायत सम्पूर्ण स्वदेशी तथा वेदेशी मजदुरको न्यूनतम तलब बढेको छ । सोमबार बसेको ज्याला निर्धारण समितिको बैठकले हाल पाइरहेको तलबमा पाँच प्रतिशतले वृद्धि गरी प्रतिघण्टा नौ हजार १६० कोरियन वन कायम गरेको हो । सन् २०२२ देखि लागू हुने यो तलबअनुसार हालको प्रतिघण्टाको ज्याला आठ हजार ७२० कोरियन वनबाट ४४० वन वृद्धि भएको हो । यसअनुरुप हप्तामा पाँच दिन र दैनिक आठ घण्टा मात्र काम गर्दा पनि मासिक १९ लाख १४ हजार ४४० वन हुनेछ । यो रकम झण्डै नेपाली रु दुई लाख बराबर हो । न्यूनतम ज्याला निर्धारण समितिमा नौ सदस्य रहेका थिए । समितिमा मजदुरका पक्षबाट, कम्पनी व्यवसायीको तर्फबाट र सर्वसाधारणका तर्फबाट प्रतिनिधित्व हुने गर्दछ । सोमबार सरकारी कम्प्लेक्स सेजोङमा भएको बैठकले मध्यरातमा ज्याला बढाउने निर्णय गरेको हो ।

न्यूनतम ज्याला निर्धारण समितिको बैठकमा मजदुरका तर्फबाट प्रतिनिधित्व गर्नेले अहिलेको आठ हजार ७२० वनबाट १० हजार वन माग राखेका थिए भने व्यवसायीको तर्फबाट प्रतिनिधित्व गर्नेले भने आठ हजार ७२० नै कायम गर्नुपर्ने अडान लिएका थिए । कोरोना महामारीका कारण व्यवसाय धरापमा परेको भन्दै उनीहरुले ज्याला बढाउन नहुने तर्क गरेका थिए । मजदुरका प्रतिनिधि र व्यवसायीका प्रतिनिधिबीच निष्कर्ष निस्किन नसकेपछि सर्वसाधारणबाट प्रतिनिधित्व गर्नेले मध्यमार्गी बाटो सुझाएका थिए । उनीहरूले नै प्रतिघण्टा ४४० वन वृद्धि गर्न प्रस्ताव गरेका थिए र सहमति भएको थियो ।

प्रतिघण्टा ४४० वनको वृद्धि भनेको पाँच दशमलव ०४६ प्रतिशतको वृद्धि हो तर न्यूनतम ज्याला निर्धारण समितिले औपचारिक प्रयोगका लागि ५.१ प्रतिशतको वृद्धि मानेको छ । कानूनीरूपमा न्यूनतम ज्याला निर्धारण समितिले बढेको ज्याला कोरियाको श्रम मन्त्रालयमा सिफारिस गर्दछ र श्रम मन्त्रालयले अगष्ट ५ मा ज्याला घोषणा गर्नेछ । मजदुरका लागि महिनाको १० हजार वन पु¥याउने चुनावी लक्ष्य राखेका राष्ट्रपति मुनजे इन कार्यकालको अन्तिम अन्तिम चरणमा पुग्दा पनि सफल हुन सकेनन् । तैपनि मुन जे इनको कार्यकालमा सन् २०१८ मा १६.४ प्रतिशत, सन् २०१९ मा १०.९ प्रतिशत, सन् २०१९ मा २.९ प्रतिशत तथा सन् २०२० मा अहिलेसम्मकै सबैभन्दा कम १.५ प्रतिशत तलब वृद्धि भएको थियो । रासस

यो पनि – आजको राशिफल : वि.सं.२०७८ साल असार २९ गते । मंगलबार । ईश्वी सन् २०२१ जुलाई १३ तारिख

वि.सं.२०७८ साल असार २९ गते । मंगलबार । ईश्वी सन् २०२१ जुलाई १३ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४२ । आषाढ शुक्लपक्ष । तिथि– तृतीया,बिहान ०७ बजेर ०६ मिनेट उप्रान्त चतुर्थी । नक्षत्र– मघा, रातको ०३ बजेर ०७ मिनेट उप्रान्त पूर्वाफाल्गुनी । योग– सिद्धि, दिउसो ०३ बजेर ११ मिनेट उप्रान्त व्यातिपात । करण– गर,बिहान ०७ बजेर ०६ मिनेट उप्रान्त वणिज, बेलुकी ०६ बजेर ५२ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा–काल योग । चन्द्रराशि– सिंह । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर १७ मिनेट,सूर्यास्त बेलुकी ०७ बजेर ०० मिनेट । दिनमान ३४ घडी १७ पला । भानु जयन्ती ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) भौतिक तथा मानव निर्मित स्रोत साधनको परिचालन गरि मनग्गे आम्दानि गर्न सकिनेछ । सन्तान तथा छोराछोरिको प्रगतिमा मन रमाउँनेछ भने वंश बृद्धिको योग रहेकोछ । बौद्धिक ब्याक्तित्वहरु सामु तपाईले प्रस्तुत गर्नुभएको खरो प्रश्तुतिले सबैको मन जित्नेछ । दैनिक उपभोग्य बस्तु ,औषधी तथा अनलाईनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) समाजसेवामा जनताको आलोचना सहितको समर्थन प्राप्त हुनेछ । छाति सम्बन्धि समयस्या पिरोल्न सक्छ ध्यान दिनुहोला । राजनिति तथा समाजसेवामा जनताको आलोचना सहितको समर्थन प्राप्त हुनेछ । प्रेममा अबिश्वास हुन सक्छ ध्यान दिनुहोला । साझपख पढाई लेखाईमा समय तथा ध्यान दिन सके सफलता हात लाग्नेछ । कृषि तथा सहकारि व्यावसायलाई भने समय सापेक्ष आधुनिकिकरण गरि मनग्गे लाभे लिन सकिनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) आफन्त,छिमेकी तथा दाजुभाई सँग साना तथा घरायसि कुरामा राज बाजिनेछ । न्यालयबाट हुने न्यायिक निर्णयहरु तपाईको पक्षमा आउँनेछ छैनन भने विवादमा सामेल नहुनु होला । माया प्रेममा अबिश्वास बढ्नेछ भने जीवन साथि सँग घरायसि कुरामा मनमुटाब सिर्जना हुने सम्छ ध्यान दिनुहोला । खेलकुद क्षेत्रमा सहभागि हुनेहरुका लागि समय मध्ययम रहेकोछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) बिशिष्ट व्याक्तिहरु सँग भेटघाट हुने अवसर जुर्नेछ भने मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । टाडाबाट खुसिको समाचार सुन्न पाईनेछ । नोकरिमा बढुवा, प्रशंसा तथा पुरस्कार पाईने योग रहेकोछ । औषधीजन्य तथा खाद्यान्नसँग सम्बन्धीत सामानको उत्पादन तथा व्यापार व्यावसाय फस्टाएर जानेछ भने अन्य क्षेत्रमा गरिएको लगानीमा मन्दि आउनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) राम्रा पहिरनले अरुको मन आफुतिर लोभ्याउन सकिनेछ । नया प्रबिधिको प्रयोग मार्फत आफुलाई अब्बल साबित गर्न सकिनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना भनाई वा लेखहरु जनमानसमा लैजान सकिनेछ । परिवारका साथ मिष्टान्न भोजनका साथ समय व्यातित गर्न सकिनेछ । धर्म तथा यस्तै कार्यक्रममा सहभागि हुने अवसर जुर्नेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) स्वास्थ्यमा सुधार भएर जाने तथा पुरानो रोगहरु केहि भए अलि बिसेक हुनेछ । आफन्त तथा अग्रजहरुको सुझाब तथा सल्लाहलाई अध्ययन गरि अगाडि बढ्दा राम्रो रहेको छ । घर परिवार तथा आफन्तबाट बाट छुट्टिएर लामो दुरिको यात्रा गर्नु पर्दा नरामाईलो लाग्नेछ । व्यापार व्यावसायमा नाफा कमाउँन निकै समय खर्चनु पर्नेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) दैनिक उपभोग्य बस्तु ,औषधी तथा अनलाईनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । प्राकृतिक स्रोत तथा साधनको प्रयोगबाट भनेजस्तो आम्दानि गर्न सकिनेछ । कृषि,पशुपालन,तरल पदार्थ तथा खनिज पदार्थजन्य उद्योगमा लगानि गर्दा भनेजस्तो नाँफा कमाउँन सकिनेछ । बिद्या तथा प्रतिश्पर्धामा अरुलाई उछिनेर अगाडि बढ्ने समय रहेको छ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) राजनिति तथा समाजसेवामा जनताको साथ सहयोग नपाईने हुँनाले आफ्ना योजनाहरु थातिनै रहनेछन् । राज्यको बिभिन्न पदमा बस्नेहरुले समयमा काम नगर्दिनाले कामहरु थाति रहनेछन् । गोप्य सुचनाहरु बहिरिने हुँदा ईज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ध्यान दिनुहोला । मनोबल कमजोर हुँने हुँनाले बिद्या तथा प्र्रतिश्पर्धामा अरु भन्दा पछि परिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) भाग्य तथा समयले साथ दिने हुदा सानो प्रयत्नले उपलब्धिमुलक कामहरु गर्न सकिनेछ । बुवा वा बुवा सरहका मानिसबाट तपाईले शुरु गरेको कामलाई सहयोग हुँनेछ भने पैत्रिक धन सम्पतिको प्रयोग मार्फत मनग्गे लाभ लिन सकिनेछ । पुराना साथिभाई सँग भेटघाट गरि रमाईलो ठाउँमा स्वादिष्ट परिकारका साथ रम्न सकिनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) आर्थिक अभावले कामहरु समयमा सम्पादन नहुँदा मानशिक तनाब बढ्नेछ । व्यापार व्यावसायमा नाँफा कमाउन निकैनै समय दिनु पर्नेछ । पढाई लेखाईमा मन नजाने हुँनाले अरुभन्दा पछि परिनेछ । स्वास्थमा समस्या आई उपचार खर्च बढेर जानेछ । बैक तथा बित्तिय क्षेत्रमा गरिएको लगानि भने सन्तोषजनक नै रहनेछ । साझपख समय राम्रो रहेकोले धार्मिक यात्रा हुनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) माया प्रेम तथा पति पत्निबिचको सम्बन्धमा बिश्वासको बाताबरण मजभुत भएर जानेछ । पारिवारिक माहोलमा दिन बित्ने तथा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । बिपरित लिङग प्रतिको आकर्षण बढेर जाने तथा भौतिक सम्पति प्राप्तिको योग रहेको छ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना भनाई वा लेखहरु जनमानसमा लैजान सकिनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) गोप्य कुराहरु बाहिर आउन सक्छन् ध्यान दिएर काम गर्नुहोला । ऋण,रोग तथा संकटको सामना गर्नुपर्नेछ भने तपाईको काममा अप्ठ्यारा परिस्थितिहरु सिर्जना हुनेछन् । धन सम्पति तथा अचल सम्पति हराउन तथा लुटिन सक्छ सजक रहनुहोला । नयाँ काम शुरु गर्नु भन्दा गरिरहेको कामलाई निरन्तरता दिन सकिनेछ । बाहिरी वातावरण तथा मौसमको ख्याल गर्नुहोला स्वास्थ्यमा समस्या आउन सक्छ ।

तपार्ईँको दिन शुभ रहोस् ।