उदयपुरमा चट्याङ लागेर दुई महिलाको मृत्यु

उदयपुरमा चट्याङ लागेर दुई महिलाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चट्याङ लागेर उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्के ठाडीमा दुई महिलाको मृत्यु भएको छ ।मृत्यु हुनेमा ठाडीका ४० वर्षीया ललिता सदा र ३९ वर्षीया फूलकुमारी सदा रहेको जिल्ला प्रहरी कार्यलय उदयपुरले जनाएको छ ।  घर नजिकै खेतमा धान रोप्दै गरेका बेला चट्याङ लागेर गम्भीर घाइते भएका दुबै जनाको उपचारका क्रममा जिल्ला अस्पताल गाईघाटमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी बेदप्रसाद गौतमले जानकारी दिनुभयो । मृतक दुवैको शव परीक्षण्का लागि जिल्ला अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

यसैगरी जिल्लाको चौदण्डी गढी नगरपालिका–३ ज्यामिरेमा आज अन्दाजी ५० वर्षीय पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ज्यामिरे खोलाको बगरमा ती पुरुषको शव फेला परेको हो । तराईमूलको जस्तो देखिने मृतकको पहिचान खुल्न नसकेको र यस बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

यो पनि – भाउजूको ह’त्या गरेको आरोपमा देवरसहित चार पक्राउ

एक महिलाको ह’त्या गरेको आरोपमा पक्राउ परेका चार जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।  महोत्तरीको लोहारपट्टी नगरपालिका–७ भ्रमरपुराकी २६ वर्षीया सुजिता ठाकुरको ह’त्या गरेको आरोपमा प्रहरीले मृतकका ३१ वर्षीय देवर रुपेश ठाकुर तथा शव ओसारपसार, स्थानान्तरण र गाड्नमा सहयोग गरेको आरोपमा सोही ठाउँका ३७ वर्षीय किशोरी मण्डल, ३३ वर्षीय आदम राईन र ३२ वर्षीय नथुनी मण्डललाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

गत जेठ २० गते सुजिताको आफ्नै कोठामा ह’त्या भएको थियो । प्रहरीका अनुसार सुजिताका देवरले आफूले भाउजूको ह’त्या गरेको तथा पक्राउ परेका तीनै जनाले शव ओसारपसार, स्थानान्तरण र गाड्नमा सहयोग गरेको स्वीकार गरिसकेका छन् । देवर रुपेशले जेठ २० गते बिहान भाउजू सुजितालाई उनकै कोठाभित्र मुक्का प्रहार गरी कोठाको भित्तामा टाउको ठोक््याइ घाँटीसमेत थिचेर ह’त्या गरेको प्रहरीसमक्ष बयान दिएको महोत्तरीका प्रहरी उपरीक्षक दिनेशकुमार आचार्यले जानकारी दिनुभयो ।

ह’त्यापछि सुजिताको शवलाई दिनभरि उनकै पलङमाथि राखेर बाहिरबाट कोठामा ताल्चा लगाएको थियो भने राति करीब ९ बजे आफ्नै ट्र्याक्टरमा राखेर गाउँभन्दा एक किलोमिटर पूर्व दक्षिणस्थित मृतकका ससुरा पतिराम ठाकुरको खेतमा शव गाडेको थियो । घटनाबारे गाउँमा चर्चा हुन थालेको र प्रहरीसमेत सक्रिय भएको देखेर जेठ २९ गते राति पुनः त्यहाँबाट उनको शव निकालेर गाउँभन्दा पूर्व भ्रमरपुरा–जनकपुर सडकखण्डमा रहेको पेट्रोलपम्पको छेउमा ससुरा पतिराम ठाकुरकै खेतमा १३ फिट गहिरो खाल्डो खनेर उनको शव राखेर माथिबाट सिमेन्ट, बालुवा, गिट्टीले ढलान गरेको थियो । प्रहरीले सुजिताको श’व घटनाको एक महिना आठ दिनपछि असार २७ गते बिहान १० बजे आधा सडेको अवस्थामा फेला पारेको थियो । घटनामा थप संलग्न व्यक्ति फरार रहेको र उनीहरुको पनि खोजतलास भइरहेको प्रहरी उपरीक्षक आचार्यले बताउनुभयो । रासस

यो पनि –  बेपत्ता पारिएकी सुजिता ठाकुरको सडेको अवस्थामा शव फेला

गत जेठ २० गते ह’त्या गरी बेपत्ता पारिएकी महोत्तरीको लोहारपट्टी नगरपालिका– ७ भ्रमपुरा गाउँ बस्ने २६ वर्षीया सुजिता ठाकुरको श’व आज बिहान प्रहरीले आधा स’डेको अवस्थामा फेला पारेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार सुजिताको श’व भ्रमरपुरा–जनकपुर सडकखण्डमा भ्रमरपुरा गाउँभन्दा एक किलोमिटर पूर्वमा अवस्थित पेट्रोलपम्पको शौचायलको ट्याङ्कीसँगै १३ फिट गहिरो खाल्डोमा फेला परेको हो ।

सडक सतहदेखि नौ फिट गहिरोमा पेट्रोलपम्पको शौचालय रहेको र शौचालयसँगै टाँसिएर रहेको सुजीताका ससुरा पतीराम ठाकुरको खेतमा खाल्डो खनी श’व राखेर माथिबाट ढुङ्गा, बालुवा र सिमेन्टले पक्की ढलान गरेको अवस्थामा प्रहरीले सुजिताको श’व बिहान १० बजे फेला पारेको हो । गत जेठ २० गते देवर रुपेश ठाकुर, ससुरा पतीराम, पति मुकेश ठाकुरसहित छ व्यक्तिले मिलेर सुजिताको ह’त्या गरी घरदेखि दुई किलोमिटर मनरहिया वनमा अवस्थित आफ्नै खेतमा शवलाई पाँच फिट खाल्डो खनी गा’डेको बताइएको छ ।

घटनाबारे टोल छिमेकबाट सुइँको पाएर माइती पक्षले प्रहरी, मानव अधिकारकर्मी, अधिकारवादी, प्रदेश सरकारका गृहमन्त्री र मधेश आयोगलगायतबाट सहयोग पाएर उनको श’व गाडिएको स्थानमा यही असार १३ गते उत्खनन गर्दा प्रहरीले त्यहाँबाट कपाल, रगत, नुन, मलखाद्य, डोरी र तन्ना ब’रामद गरेपछि घटना थप र’हस्यमय बनेको थियो । श’वको अवशेष प्राप्त भएकै दिन प्रहरीले घटनामा संलग्न रहेको आरोपमा उनका देवर रुपेश र पति मुकेशलाई नियन्त्रणमा लिएको थियो । संलग्न व्यक्तिको केरकारपछि आज एक महिना आठ दिनपछि सुजिताको श’व फेला पार्न सफल भएको प्रहरी नायब उपरीक्षक विष्टले बताउनुभयो । रासस

यो पनि – सुजिता भण्डारी मृत्यु प्रकरण: एक सयभन्दा बढीसँग सोधपुछ

पूर्वी चितवनको राप्ती नगरपालिका–३ की सुजिता भण्डारी मृत्यु प्रकरणमा प्रहरीले एक सयभन्दा बढी व्यक्तिसँग सोधपुछ गरेको छ । असार ११ गतेदेखि हराइरहेकी उनको नजिकैको सामुदायिक वनमा असार २० गते शव भेटिएको थियो । जिल्ला प्रहरी कार्यालय चितवनले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी श’ङ्कास्पदसँग सोधपुछको काम भइरहेको जनाएको छ । सो अवसरमा प्रहरी उपरीक्षक ओमप्रकाश अधिकारीले भन्नुभयो, “हामीले एक सयभन्दा बढी व्यक्तिसँग सोधपुछ ग¥यौं । केही कुरा खुलेको छ । थप अनुसन्धान जारी छ ।”

अभियान्ताको नाममा बाहिरबाट आएर समाजमा गरिएका क्रियाकलापले अनुसन्धानमा कठिनाई थपेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “काठमाडौँमा ब्यानर प्रिन्ट गरेर, झोलामा हालेर प्लेन चढेर आउने र आएको रात कुनै गाउँमा गएर बास बस्ने र समूह खडा गरी अवरोध सिर्जना गर्ने काम भएको छ ।” बाह्य व्यक्तिका कारण अनुसन्धानमा असहज भएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो,“अनुसन्धानमा खटिनुपर्ने प्रहरी कफ्र्यू व्यवस्थापनमा खटिनु परेको छ ।” घटनाका विषयमा अनुसन्धानको काम भइरहेको उहाँको भनाइ छ । भण्डारीको मृत्यु प्रकरणमा शव परीक्षण सकिएको र भिसेरा परीक्षणका लागि खुमलटार पठाइएको उहाँले जानकारी दिनुभयो । भिसेरा परीक्षणको नतिजा आएपछि केही भन्न सकिने प्रहरी उपरीक्षक ओमप्रकाश अधिकारीको भनाइ छ ।

“शव भेटिए देखि नै अनुसन्धानको कामलाई अप्ठ््यारोमा पार्ने काम भएको छ”, उहाँले भन्नुभयो “शव परीक्षणका लागि ल्याउने समय देखिनै असहज बन्दै गएको वातावरणले काम गर्न कठिन भयो ।” आफन्त अनुसन्धानका लागि तयार छन् तर बाह्य व्यक्तिले अ’वरोध खडा गरेका छन् उहाँको भनाइ छ । प्रहरी उपरीक्षक अधिकारीले स्थानीवासीलाई अनावश्यक हल्लाकोपछि नदौडिनसमेत आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “प्रहरीको अनुसन्धानलाई असर गर्ने खालका हल्लाको पछि नदौडनुस् । यसले घटनालाई अन्तै मोड्ने काम गर्छ ।” अनुसन्धान र सूचना सम्प्रेषणमा गम्भीर बन्नुपर्ने समय आएको भन्दै उहाँले भरपर्दो सञ्चार माध्यमको मात्र विश्वास गर्न आग्रह गर्नुभयो ।

भण्डारीको शव भेटिएको घटनामा ह’त्या वा आ’त्मह’त्या के हो भन्ने विषयमा प्रहरी नै अन्योलमा रहेको उहाँले जानकारी दिनुभयो । शब भेटिएको स्थानमा माउन्टेन डिउको बोत्तलमा सेतो पदार्थ भेटिनु, अ’पहरणमा परेको व्यक्तिको फोनबाट विभिन्न समयमा दोहोरो कुरा हुनु र डाटा लिएर इन्टरनेटको प्रयोग भएको प्रारम्भिक अनुसन्धानमा भेटिएको उहाँले जानकारी दिनुभयो । अनुसन्धानका लागि काठमाडौँबाट केन्द्रीय अनुसन्धान ब्यूरोको टोली कु’कुरसहित खटिएको उहाँको भनाइ छ । अहिलेसम्म प्रहरीले स्थानीयवासी र निजका आफन्तसँग सोधपुछको काम गरिरहेको छ । सो क्षेत्रमा दैनिक प्रदर्शन हुन थालेपछि स्थानीय प्रशासनले मङ्गलबारबाट कफ्र्यू जारी गरेको छ । रासस

यो पनि -सुजिता भण्डारीको पोष्टमार्टम रिपोर्ट यस्तो आयो

काठमाडौं, २३ असार। सुजिता भण्डारीको पोष्टमार्टम रिपोर्ट आएको छ । बेपत्ता भएको ९ दिन पछी चितवनको जंगलमा मृत फेला परेकी चितवनको राप्ती नगरपालिका–३ की २३ वर्षीया सुजिता भण्डारीको काठमाडौँको महाराजगंजस्थित शिक्षण अस्पतालमा पोष्टमार्टम भएको हो । फरेन्सिक जाँचमा संलग्न चिकित्सकहरुका अनुसार पोष्टमार्टम रिपोर्टबाट सुजिता भण्डारीको मृत्युको कारण स्पष्ट हुन सकेको छैन । उनको मृत्यु चोटपटकबाट भने नभएको चिकित्सकहरुले बताएका छन् । शब नजिकै सिसाको बोत्तलमा वि.ष भेटिएपनि वि.ष खाए नखाएको पोष्टमार्टममा देखिएको छैन ।

प्रहरी स्रोतका अनुसार पोष्टमार्टमको क्रममा भण्डारीको यो.नीको जाँच गर्दा ज.बरज.स्ती क.रणीको कुनै संकेत देखिएको छैन । आफन्त र स्थानीयले ज.बरज.स्ती क.रणीपछी हत्याको आशंका गर्दै आएका थिए ।पोष्टमार्टमबाट मृत्युको कारण खुल्न नसकेपछि भिसेरा परीक्षण गर्ने तयारी गरिएको छ । भिसेरा परिक्षणबाट मृतकले जीवित रहँदा खाएको कुरा र मृत्युअघि कुनै रोग भएको भए त्यसबारे पनि थाहा हुने चिकित्सकहरु बताउँछन् । भिसेरा रिपोर्ट आएपछि मात्रै भण्डारीको मृत्युको कारण प्रस्ट हुने चिकित्सकको भनाई छ । ९ दिन अगाडी देखि बेपत्ता रहेकी सुजिताको शव सुरुमा जंगलमा च्याउ खोज्न आउने चेपाङहरुले फेला पारेपछि इलाका प्रहरी कार्यालयमा जानकारी गराएका थिए । असार ११ गते बिहानै घरबाट निस्किएकी सुजिताले दिउँसो दिदी कवितालाई आफू अ.पहरणमा परेकाले बचाउन आग्रह गरेको परिवारका सदस्यहरूले बताउँदै आएका छन् ।