चितवनको उजेलीनगरमा गैँडाको आक्रमणबाट महिला घाइते

चितवनको उजेलीनगरमा गैँडाको आक्रमणबाट महिला घाइते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पश्चिम चितवनका उजेलीनगरमा गैँडाको आक्रमणबाट एक महिला घाइते हुनुभएको छ । घाइते हुनेमा भरतपुर महानगरपालिका–१३ उजेलीनगरकी ४१ वर्षीया सुनिता परियार रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । कार्यालयका अनुसार स्थानीय बाटुली पोखरी सामुदायिक वनमा घाँस काट्न जाँदा परियारलाई गैँडाले आक्रमण गरेको हो । गैँडाको आक्रमबाट घाइते परियारको चितवन मेडिकल कलेजमा उपचार भइरहेकोे प्रहरीले जनाएको छ ।

यो पनि – पाटेबाघको छालासहित दुई पक्राउ

कैलालीको गौरीगङ्गा नगरपालिका–७ मटकौनास्थित सिंहासन सामुदायिक वन क्षेत्रबाट पाटेबाघको छालासहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कैलालीकै मोहन्याल गाउँपालिका–५ सालघारीका ५५ वर्षीय पूर्णबहादुुर बुुढामगर र लम्कीचुुहा नगरपालिका–१ का लोकेश सिजापति रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश अनुुसन्धान समूूह (आरआइटी)को टोलीले मङ्गलबार उनीहरूलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार प्लाष्टिकको सेतो कट्टामा बोकेर हिँडिरहेको अवस्थामा रोकेर जाँच गर्दा कट्टाभित्र लम्बाइ १० फिट र चौडाइ छ फिट सात इन्च भएको पाटेबाघको छाला फेला परेको हो । पक्राउ परेका उनीहरूलाई छालासहित प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताउनुभयो ।

यो पनि – ब्राउन सुगरसहित एक पक्राउ

जिल्ला प्रहरी कार्यालय सुर्खेतले ब्रा’उन सुगरसहित एक पुरुषलाई पक्राउ गरेको छ । प्रहरीले वीरेन्द्रनगर नगरपालिका–११ सुर्खेत पिपिराका ४२ वर्षीय लीलाराम पुरीलाई प्रहरीले उनकै घर अगाडिबाट पक्राउ गरेको हो । पुरीलाई एक ग्राम १८० मिलीग्राम ला’गुऔ’षध ब्राउन सुगरसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिनुभयो ।

प्रहरीलाई उनकै घर अगाडि श’ङ्कास्पदरूपमा बसिरहेको अवस्थामा फेला पारी शरीर जाँच गर्दा दायाँ हातको मुठ्ठीभित्र सेतो प्लाष्टिकमा निलो धागोले बेरी लुकाइछिपाई राखेको दुई पुरिया र घर कोठासमेत खानतलासी गर्दा खाटमुनि कालो प्लाष्टिको एक पोका र सेतो झिलझिलेको अर्को पोका फेला पारी नापतौल गर्दा एक ग्राम १८० मिलीग्राम ला’गुऔ’षध ब्रा’उन सुगर रहेको सूचना अधिकारी घर्तीले बताउनुभयो ।

उहाँका अनुसार ब्राउन सुगरसहित नेपाली र भारतीय नोट गरी जम्मा रु ५० हजार ३४० नगद बरामद गरेको छ । त्यस्तै डिजिटल तराजु, एमआई कम्पनीको स्क्रिन टच मोबाइल, मल्टि कलर्ड मोबाइल लेखेको ट्याब एक/एक थान बरामद गरी पुरीको अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।