राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणबाट बाहिरिए १४ खेलाडी

राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणबाट बाहिरिए १४ खेलाडी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३० असार । राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणबाट १४ खेलाडी बाहिरिनुभएको छ । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले दोस्रो चरणको बन्द प्रशिक्षणका लागि ३६ खेलाडी छनोट गर्नुभएको हो । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले प्रारम्भिक बन्द प्रशिक्षणका लागि ५० खेलाडीलाई छनोट गरेको थियो । बन्द प्रशिक्षणबाट बाहिरिने खेलाडीमा विशाल सुनार, अमित तामाङ, विवेक बस्नेत, दर्शन गुरुङ, डोना थापा, गौरव बुढाथोकी, मिक्छेन तामाङ, नीरज बस्नेत, निशान खड्का, प्रिजेन तामाङ, रवी पासवान, सेसेहाङ आङदेम्बे, शिशिर लेखी र सुदील राई रहनुभएको छ ।

बन्द प्रशिक्षणमा रहनुभएका खेलाडीमा अर्पण कार्की, विकेश कुथु, विशाल श्रेष्ठ, दीप कार्की, किरणकुमार लिम्बू, आशिष लामा, अभिषेक रिजाल, अनन्त तामाङ, अन्जन विष्ट, एरिक विष्ट, आयुष घलान, भरत खवास, विशाल राई, दिनेश राजवंशी, गौतम श्रेष्ठ, जर्ज प्रिन्स कार्की, कमल थापा, मनिष डाँगी, नवयुग श्रेष्ठ, नितिन थापा, प्रकाश बुढाथोकी, पुजन उपरकोटी, राजन गुरुङ, रजिन धिमाल, राजिव लोप्चन, रन्दिप पौडेल, रोहित चन्द, सन्जोग राई, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनिल बल, सुरज ज्यु ठकुरी, तेज तामाङ र त्रिदेव गुरुङ रहनुभएको छ । साफ च्याम्पियनसीप आगामी सप्टेम्बर १४ देखि २५ तारिखसम्म बङ्गलादेशमा हुनेछ भने एशियन कपको अन्तिम छनोट सन् २०२२ को फेब्रुअरीमा हुनेछ । रासस

यो पनि – टोखाका सिकाइ केन्द्रमा ‘निःशुल्क इन्टरनेट सेवा’

टोखा नगरपालिकाले विद्यार्थीको सिकाइ सहज बनाउनका लागि ‘निःशुल्क इन्टरनेट सेवा’ प्रदान गरेको छ । विश्वका विभिन्न मुलुकसँगै नेपालमा पनि नयाँ भेरियन्टसहित दोस्रो चरणको कोरोना सङ्क्रमण देखिएपछि विद्यालय बन्द रहेको अवस्थामा इन्टरनेटको माध्यमबाट पठनपाठन गराउनका लागि टोखाले ‘निःशुल्क इन्टरनेट सेवा’ प्रदान गरेको हो ।

नगरपालिका शिक्षा शाखा प्रमुख बाबुराम गौतमले जालुपा पुस्तकालय बानियाटार, नुज्ज पुस्तकालय टोखा, झोर–महाङ्काल सामुदायिक सिकाइ केन्द्र झोर, जनचेतना महिला विद्यालय टोखा–९ र बुद्ध नमूना वैकल्पिक विद्यालय टोखा–१० मा निःशुल्क इन्टरनेट सेवा प्रदान गरिएको राससलाई जानकारी दिनुभयो । “इन्टरनेट जडानसँगै घरमा इन्टरनेट सेवाको पहुँच नभएका विद्यार्थीलाई अध्ययनका लागि सहज हुने गरेको छ”, उहाँले भन्नुभयो,“टोखाले आगामी वर्षको लागि शैक्षिक क्यालेण्डरसमेत प्रकाशनमा ल्याएको छ ।

यस्तै, टोखाले आगामी आर्थिक वर्षमा प्राविधिक विद्यालय स्थापनका लागि पहल गर्ने बताएको छ । नगरपालिकाले आव २०७८÷७९ नीति, कार्यक्रम तथा बजेटमा नगरपालिकाभित्रका सामुदायिक विद्यालयलाई कलेज तहसम्म स्तरोन्नति गर्ने बताइएको छ । टोखाले सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकाको लागि ‘मेयर दिवा खाजा कार्यक्रम’ लाई निरन्तरता दिने बताएको छ । ‘सबैका लागि गुणस्तरीय शिक्षा’ नीति अवलम्बन गरेको टोखाले एक वडा एक सामुदायिक विद्यालय स्थापना गर्ने भएको छ । सामुदायिक विद्यालयमा अध्ययनरत सबै किशोरीलाई सेनेटरी प्याड निःशुल्क उपलब्ध गराउने समेत जनाएको छ ।

वाग्मती प्रदेश सरकारले गत आवदेखि नै शुरु गरेको ‘एक विद्यालय, एक नर्स कार्यक्रम’लाई आगामी वर्षमा थप विस्तार गरेकोमा आवश्यक सहजीकरण गरी सामुदायिक विद्यालयमा आलोपालो हेर्ने व्यवस्था मिलाउने सो नगरपालिकाले जनाएको छ । टोखामा हाल ८ सामुदायिक विद्यालय रहेका छन् । यस्तै, ८० वडा संस्थागत र ३ वटा वैकल्पिक विद्यालय रहेको शिक्षा शाखा प्रमुख गौतमले बताउनुभयो । रासस

यो पनि – दर्शनशास्त्र परिचय बजारमा

‘दर्शनशास्त्रको परिचय’ पुस्तक लोकार्पण गरिएको छ । डा गोविन्दशरण उपाध्यायले लेख्नुभएको दर्शनशास्त्रको परिचयात्मक पुस्तक जरो किलो प्रतिष्ठान नेपालले प्रकाशन गरेको हो । आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीको अवसर पारेर मङ्गलबार पुस्तकको लोकार्पण गरिएको हो । कोभिड महाव्याधिको अवस्था रहेको कारण प्रविधिको माध्ययमबाट पुस्तक लोकार्पण गरिएको थियो । पुस्तकको लोकार्पण शिक्षाविद् प्राडा विद्यानाथ कोइरालाले गर्नुभएको थियो ।

दर्शनजस्तो गहन विषयमा नेपाली भाषामा पुस्तक प्रकाशन भएकाले सर्वसाधारण नेपालीले मौलिक दर्शनको महत्ता बुझ्ने अवसर पाएको प्राडा कोइरालाले बताउनुभयो । पुस्तक समीक्षा गर्नुहुँदै प्राडा आनन्दप्रसाद घिमिरेले समग्र हिमवत् खण्ड ज्ञानभूमि, तपो भूमि रहँदै आएको साक्ष प्रस्तुत गर्नुहँुदै यहाँको जाज्वल्यमान ज्ञानपरम्पराको सामान्य ज्ञान दिन पुस्तकको पहल सफल रहेको बताउनुभयो ।

पुस्तक लोकार्पण सत्सङ्ग जरो किलो महाअभियानका सङ्कल्पकर्ता तथा जरो किलो प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष डा निर्मलमणि अधिकारीको सभापतित्वमा सम्पन्न भएको थियो । सो अवसरमा डा अधिकारीले प्रतिष्ठानले नेपालको पुनर्जागरणका लागि अन्य गतिविधिसँगै पुस्तक प्रकाशनलाई पनि प्राथमिकतामा राखेकोे बताउनुभयो । प्रतिष्ठानले लेखकहरुको लेखकीय स्वतन्त्रतालाई पूर्ण सम्मान गरेको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

पुस्तकका लेखक डा गोविन्दशरण उपाध्यायले पुस्तक मौलिक चिन्तन पद्धतिको सागरको थोपा भएको बताउनुभयो । पुस्तकमा रहेका कमी कमजोरीलाई आगामी संस्करणमा सुधारिने पनि उहाँले बताउनुभयो । प्रतिष्ठानका कार्यवाहक अध्यक्ष श्रीरामप्रसाद पोखरेलले प्रतिष्ठानले धर्म, संस्कृति, भाषा, कला साहित्यका क्षेत्रमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरका कार्यहरु सम्पन्न गरिसकेको जानकारी दिनुभयो । दर्शनशास्त्रको परिचयसँगै जरो किलो प्रतिष्ठान नेपालले आठवटा पुस्तक प्रकाशन गरिसकेको र नवौँ पुस्तक पनि प्रकाशनका क्रममा रहेको जानकारी दिनुभयो ।