विशेष अदालतले ललिता निवासको जग्गा प्रकरणमा भ्रष्टाचारको मुद्दा खेपिरहनुभएका नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारसँग रु १० लाख धरौटी माग गरेको छ । विशेष अदालतका अध्यक्ष प्रेमराज कार्की, न्यायाधीश अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इजलासले आज थुनछेक बहसपछि उक्त धरौटी माग गर्ने आदेश गरेको हो ।
विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेका अनुसार नेता गच्छदारलाई अदालतले आज उक्त विवादमा बयान लिएर थुनछेक बहसपछि रु १० लाख धरौटी माग गरेको थियो । उहाँले आजै रु १० लाख बुझाउनुभएको छ । बालुवाटारको ११३ रोपनी सरकारी जग्गा व्यक्तिको बनाई भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७६ माघ २२ गते गच्छदारविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । नेता गच्छदारविरुद्ध रु नौ करोड ६५ लाख ७६ हजार बिगो माग गरिएको थियो ।
यो पनि -अदालतको फैसला प्रजातन्त्रविपरीत भएको अध्यक्ष बिजुक्छेँको आरोप
नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले नेपालको संविधानमा अदालतबाट प्रधानमन्त्री नियुक्त गर्ने प्रावधान नभएको बताउनुभएको छ । समसामयिक राजनीतिबारे आफ्नो धारणा सार्वजनिक गर्दै उहाँले ल्याटिन अमेरिकी छाया अदालतमा परेको आरोप लगाउनुभयो । अध्यक्ष बिजुक्छेँले भन्नुभयो, “सबै काम अदालतले गर्ने भए संसद्को के काम ?, सर्वोच्च अदालतको फैसला प्रजातन्त्रविपरीत, गैरसंवैधानिक तथा गलत छ, अदालतले सधैँ सही गर्छ भन्ने होइन ।”
उहाँले नेपालमा संसद्को सर्वोच्चता रहे पनि अहिले यसलाई समाप्त पार्ने खेल भएको उल्लेख गर्दै अदालतले फलानोलाई प्रधानमन्त्री बनाउनु भनेर भन्नै नमिल्ने तर्क राख्नुभयो । अदालतले पार्टीको ह्विप लाग्दैन भन्नु प्रजातन्त्र र संविधान विपरित भएको भन्दै उहाँले शासक दलले न्यायाधीश नियुक्तिमा गरेको भागबन्डाको परिणाम अहिले देशले भोगेको छ भन्नुभयो ।
यो पनि – बालकोटमा ओलीको भव्य स्वागत, माधव नेपाललाई अब पार्टीमा ठाउँ छैन ः अध्यक्ष ओली
नेकपा एमालेका अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललाई अब एमालेमा कुनै ठाउँ नभएको बताउनुभएको छ । आज सरकारी निवास बालुवाटार छाडेर निजी निवास बालकोट पुग्नुभएका अध्यक्ष ओलीले आफ्ना समर्थकहरुलाई सम्बोधन गर्दै नेता नेपाललाई पार्टीमा अब कुनै ठाउँ नरहेको घोषणा गर्नुभयो । उहाँले भन्नुभयो, “माधव नेपाललाई अब पार्टीमा कुनै ठाउँ छैन, उहाँका हकमा गल्ती कमजोरी स्वीकार गर्ने र आत्मालोचना गर्ने पनि ठाउँ छैन, नेपालका पछाडि लाग्ने अरु व्यक्तिले कमीकमजोरी महसुस गरेर पार्टीको काम गर्न चाहेमा भने पार्टीले ठाउँ दिन्छ ।”

अदालतले प्रधानमन्त्री तोकेर विश्वमा कहीँ नभएको जात्रा देखाएको छ भन्दै उहाँले जनताको बाटो छेकेर अदालतबाट प्रधानमन्त्री तोक्ने विश्वमा कहीँ नभएको नजिर कायम गरियो बताउनुभयो । उहाँले भन्नुभयो, “जनादेशबाट होइन परमादेशबाट, काम गर्न नसकेर होइन, देशको विकास गरेर, राष्ट्रलाई एकजुट बनाएर, संविधान कार्यान्वयन गराएर, सर्वस्वीकार्य बनाएर, विकास अगाडि बढाएर अन्तर्राष्ट्रियस्तरमा नेपालको छवि अगाडि बढाएर काम गर्दागर्दै जाली झेलीहरूको जालझेल, कपट, षड्यन्त्र स्वरूप अदालतमा मुद्दा हालेर हटाइयो ।”

अध्यक्ष ओलीले सबैलाई पुग्ने खोपको व्यवस्था आफनो नेतृत्वको सरकारले गरिसकेकाले कसैलाई खोपको कमी नहुने दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “हामीले सबै नेपालीलाई पुग्ने खोपको व्यवस्था गरिसकेका छौँ । खोपको कुनै कमी छैन, मैले हिजो नै भनेको थिए, खोपको व्यवस्था मैले गरिसकेको छु, विभिन्न देशबाट छिट्टै खोप आउँछ तर मैले खोप ल्याएँ भनेर कसैले भन्छ भने त्यो लाजमर्दो हुन्छ ।” अध्यक्ष ओलीले सरकारी निवास बालुवाटार छाडेर बालकोट पुग्दा हजाराँै कार्यकर्ताले सडकमै बसेर स्वागत गरेका थिए । एमालेका केन्द्रीय सदस्य महेश बस्नेत इञ्चार्ज रहेको युवा सङ्घ नेपाल र युथ फोर्सका स्कर्टिङमा बालुवाटारबाट निस्केको ¥याली दरबारमार्ग, त्रिपुरेश्वर, माइतीघर, कोटेश्वर, कौशल्टार हुँदै बालकोट पुगेको थियो । “पानीमा भिज्दै ओलीको समर्थनमा नाराबाजी गर्दै बालकोट आएको ¥यालीमा बाजा गाजासहित पुष्पगुच्छा अर्पण गर्दै स्थानीयवासीले स्वागत मात्रै गरेनन्, अभिनन्दनसमेत गर्न भ्याए ।
सडकमा दायाँबायाँ हातमा फूल लिएर बसेको सयौँ नागरिकले अध्यक्ष ओलीको गाडी रोकेर फूलका थुँगा दिएका थिए भने ओली निवासमा सूर्यविनायक नगरपालिकाको तर्फबाट नगरप्रमुख वासुदेव थापाले अभिनन्दन गर्नुभयो । सडकदेखि घरको छतमा बसेर नागरिकले फूलका गुच्छाले स्वागत गर्नुका साथै नागरिकले अभिनन्दन गरेका थिए । ¥यालीमा कार्यकर्ताले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमालेका नेता माधवकुमार नेपालविरूद्ध नाराबाजीसमेत गरेका थिए । रासस
यो पनि – बालकोटस्थित आफ्नै निवास फकर्नुभयो निवर्तमान प्रधानमन्त्री ओली
निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली आज बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवास छाडेर बालकोटस्थित आफ्नो निवास फकर्नुभएको छ । सर्वाेच्च अदालतले सोमबार प्रतिनिधिसभा पुनस्र्थापनाको निर्णय गर्दै प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई नियुक्त गर्न परमादेश दिएको थियो । नवनियुक्त प्रधानमन्त्री देउवाले मङ्गलबार प्रधानमन्त्रीका रुपमा शपथग्रहण गर्नुभएपछि आज निवर्तमान प्रधानमन्त्री ओलीले सरकारी निवास छाड्नुभएको हो । उहाँलाई पार्टी निकट सङ्गठन र उहाँका समर्थकले नारा–जुलुससहित बालकोटसम्म पछ्याएका थिए ।
प्रतिक्रिया