महाकाली नदीमा डुबेर बालिकाको मृत्यु

महाकाली नदीमा डुबेर बालिकाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दोधारा चाँदनी नगरपालिका–४ सुर्खेती टोलकी चार वर्षीया बालिका सम्झना सुनारको महाकाली नदीमा डुबेर बुधबार साँझ मृत्यु भएको छ । साथीहरु सँग खेल्ने क्रममा नदीमा डुबेकी सम्झानाको शव सशस्त्र प्रहरीले निकालेको हो । बालिका नदीमा डुबेको खबर पाउना साथ बोर्डर आउट पोष्ट दोधरा चाँदनीबाट कृष्णबहादुर बोहराको कमाण्डमा १० जनाको टोली र इलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरीक्षक भरतराज गिरीको कमाण्डमा रहेको पाँच जनाको टोली खोजतलासमा जुटेको थियो । नदीमा खोजतलास गर्दा दुई किलो मिटर टाढा नदीमा डुबिरहेको अवस्थामा शव फेला पारेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरले बताउनुभयो । शव परीक्षणका लागि प्राथमिक स्वास्थ्य केन्द्र दोधरा चाँदनीमा राखिएको छ ।

ला’गुऔ’षध खैरो हिरोइनसहित दुई जना पक्राउ

ला’गुऔ’षध खैरो हि’रोइनसहित बेलडाँडी गाउँपालिका–२ चवन्नी बजारबाट सशस्त्र प्रहरीले दुई जनालाई बुधबार साँझ पक्राउ गरेको छ । बोर्डर आउट पोष्ट झिलमिलाबाट सशस्त्र प्रहरी निरीक्षक नरेन्द्रबहादुर ऐरको कमाण्डमा रहेको टोलीले वेदकोट नगरपालिका–२ छेलाका २१ वर्षीय विजय चौधरी र सोही ठाउँ बस्ने अर्का १९ वर्षीय अजय चौधरीलाई पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनाको साथबाट तीन दशमलव ७४० ग्राम ला’गुऔ’षध खैरो हिरोइन बरामद गरिएको छ । पक्राउ परेका दुवै जनालाई खैरो हि’रोइनसहित इलाका प्रहरी कार्यालय बेलडाँडीमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ । रासस

यो पनि – ८५ घर भत्किए

यस वर्षको मनसुन शुरु भएयताको बाढी, पहिरो र कटानले म्याग्दीमा ८३ घर भत्किएका छन् । थप १२ घरमा आंशिक क्षति, १४४ घर उच्च र ७३ घर कम जोखिममा परेका जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी सुवास शर्मा पौडेलका अनुसार बाढी पहिरोले दुई जनाको मृत्यु र छ जना घाइते भएका छन् ।

पहिरोले घर क्षति भएकामध्ये ५८ परिवारलाई जिल्ला प्रशासन कार्यालयले रु नौ लाख ६० हजार र मृतक दुई जनाका परिवारलाई रु तीन लाख राहत उपलब्ध गराएको छ । पाँच जनासम्म सदस्य भएका परिवारलाई रु १५ हजार र पाँच जनाभन्दा बढी सङ्ख्यामा सदस्य भएका परिवारलाई रु २० हजारका दरले राहत वितरण गरिएको सहायक प्रजिअ पौडेलले बताउनुभयो ।

पहिरोबाट घर भत्किएका तथा जोखिममा परेर विस्थापित भएका आफन्तको घर र सामुदायिक भवन तथा सामूहिक टहरा बनाएर बसेका छन् । अन्नपूर्ण गाउँपालिकाको धोस्केखोर, रघुगङ्गाको बेग, बेनीको सिंगा तातोपानी, मङ्गलाको अर्मन, मालिकाको रुम र धौलागिरिको खोरियामा पहिरोले क्षति पुगेको छ । गत वर्षको बर्खामा भत्किएका घर पुनःनिर्माणका लागि पर्याप्त बजेट नआउँदा प्रभावित भएको छ । गत वर्ष पहिरोले म्याग्दीमा २४७ घर भत्किएकामध्ये म्याग्दी प्रवासी नेपाली सङ्घ मोनाले ४० वटा घर बनाएको छ ।

सरकारले पहिरोले भत्किएका हिमाली जिल्लाका घर बनाउन प्रतिघर रु पाँच लाखका दरले अनुदान दिने निर्णय गरेको थियो । निर्णयानुसार आवश्यक बजेट व्यवस्थापन नगर्दा सबै पहिरो पीडितले निजी आवास पुनःनिर्माणका लागि पहिलो किस्ताको पनि अनुदान पाएका छैनन् । वैशाख अन्तिम साता रु एक करोड आठ लाख ९७ हजार ५०० पठाएको गृहमन्त्रालयले असारमा थप रु ३६ लाख ३२ हजार ५०० पठाएको थियो । मोनाले बनाएकाबाहेकका घरका लागि रु १० करोड बजेट माग गरिएको थियो ।

सङ्घ, प्रदेश र स्थानीय सरकारको साझेदारीमा घर बनाउने कार्यविधि भए पनि सङ्घ र प्रदेशले बजेट नपठाएकाले पुनःनिर्माण प्रभावित भएको स्थानीय तहका पदाधिकारीले बताएका छन् । धौलागिरि गाउँपालिकाको मराङ, मालिकाको बिम, देवीस्थान, रघुगङ्गाको भगवती र अन्नपूर्णको फगाममा पहिरोले क्षति गरेको थियो ।