मोटरसाइकल दुर्घटना हुदा वडासदस्यको निधन

मोटरसाइकल दुर्घटना हुदा वडासदस्यको निधन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मोटरसाइकल दुर्घटनामा परी इलाममा एक वडासदस्यको मृत्यु भएको छ । बुधबार साँझ दुर्घटनामा पर्नुभएका ३६ वर्षीय धनबहादुर राईको उपचारका क्रममा मृत्यु भएको हो । इलाम माङसेबुङ गाउँपालिका–४ मार्चेबुङका सदस्य राई दमक रवि सडकखण्डमा दुर्घटनामा पर्नुभएको हो । आफैँले चलाएको मे८प ६०४ नम्बरको मोटरसाइकलबाट घरतर्फ आउँदै गरेको अवस्थामा मोटरसाइकल अनियन्त्रित भई रतुवा पुल नजिक सेतेभिरबाट अन्दाजी करिब १०० मिटर तल झर्दा उहाँको टाउकोमा चोट देखिएको थियो ।

सख्त घाइते हुनुभएका राईलाई उपचारका लागि झापाको बिएण्डसी अस्पताल लगिएको थियो । अस्पताल पु¥याएपछि उहाँलाई चिकित्सकले मृत घोषणा गरेको जिल्ला जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी गङ्गाबहादुर थापाले जानकारी दिनुभयो । शव हाल बिएण्डसी अस्पतालको शवगृहमा राखिएको बताइएको छ ।

यो पनि – बिरामी बढेसँगै रगतको अभाव…

जिल्लाका अस्पतालमा बिरामीको चाप बढेसँगै रगतको अभाव भएको छ । योजनाबद्धरूपमा उपचार गर्न आउने बिरामी लकडाउनमा घरमा बसेका र अहिले अस्पताल आएका कारण रगतको माग बढेसँगै आपूर्ति हुन नसकेको हो । जिल्लाका अस्पतालमा रगतको अभाव देखिएपछि नेपाल रेडक्रस सोसाइटी चितवन शाखाले एक सूचना जारी गर्दै रक्तदानका लागि अपिल गरेको छ । सोसाइटीका जिल्ला सभापति ज्ञानशाली न्यौपानेद्वारा जारी अपिलमा बिरामीको चाप बढेसँगै अस्पतालमा रगतको अभाव देखिएकाले रक्तदान गर्न सबैलाई अपिल गरिएको हो । जिल्लाका अस्पतालमा रहेका रक्त सङ्कलन केन्द्र, युनिट एवं क्षेत्रीय रक्तसञ्चार केन्द्रमा गई रक्तदान गर्न सबैलाई अपिल गरिएको हो ।

क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलले मागअनुसार रगत पु¥याउन नसकिएको बताउनुभयो । केन्द्रमा दैनिक १०० युनिट रगतको माग भइरहेको भए पनि अहिले रगत उपलब्ध गराउन नसकिने अवस्थामा पुगिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “केही दिनअघि पोखराबाट ३५० युनिट रगत ल्याएका थियौँ । त्यसले धान्न सक्ने अवस्था छैन ।” जिल्लामा रक्तदानका कार्यक्रम नहुँदा अस्पतालमा आएका बिरामीलाई रगत पु¥याउन नसकिएको उहाँले जानकारी दिनुभयो ।

कोरोनाका कारण रक्तदान नहुनु, रक्तदाता केन्द्रमा आएर रक्तदान गर्न डराउनु, खेतीपातीको समय हुनुलगायतका कारणले रगतको अभाव भएको उहाँको भनाइ छ । यहाँका दुई ठूला मेडिकल कलेज, क्यान्सर अस्पताल र भरतपुर अस्पतालमा उपचारका लागि आएका बिरामीको चाप बढेसँगै रगतको माग बढ्न थालेको हो । अहिले स्वयंसेवी रक्तदाता र बिरामीको आफन्तबाट रगतको माग धान्नुपरेको पौडेलले बताउनुभयो ।

कोरोनाको समयमा दैनिक ५० युनिट मात्र रगतको माग भए पनि निषेधाज्ञा खुकुलो भएसँगै रगतको माग बढेको हो । पौडेलले भन्नुभयो, “अस्पतालमा बिरामीको चाप पुरानो अवस्थामा फर्किएकाले रगत पु¥याउन कठिन भएको छ ।” यहाँ रहेको क्यान्सर अस्पतालमा देशका विभिन्न स्थानसँगै भारतीय सीमा क्षेत्रबाट उपचारका लागि आउने गर्दछन् भने अन्य अस्पतालमा चितवनसहित १९ भन्दा बढी जिल्लाका बिरामी उपचारका लागि आउँछन् । रासस

यो पनि – बालबालिकाको अवस्थासम्बन्धी वस्तुगत विवरण तयार हुने

तनहुँ जिल्लाका सबै स्थानीय तहले बालबालिकाको अवस्थासम्बन्धी वस्तुगत विवरण (प्रोफाइल) तयार गर्ने भएका छन् । जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेको अध्यक्षतामा बुधबार सम्पन्न शैक्षिक परामर्श गोष्ठीले उक्त निर्णय गरेको हो । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (मन्त्रिस्तर) को गत असार २७ गते स्वीकृत भएको बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका, २०७८ को परिच्छेद ४ दफा ७ को लक्ष्यअनुसार २०८७ सालसम्म नेपालका सबै स्थानीय तहलाई बालमैत्री बनाउने निर्णय गरिएको छ । त्यसका लागि जिल्लाका सबै स्थानीय तहले बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका, २०७८ को सूचकाङ्कमा आधारित भई गाउँपालिका÷नगरपालिकामा बालबालिकाको अवस्थासम्बन्धी विवरण तयार गर्ने निर्णय भएको समन्वय समितिका प्रवक्ता गलबहादुर गुरुङले जानकारी दिनुभयो ।

सबै पालिकाले आफ्नो पालिकाको शैक्षिक सूचक समावेश गरी प्रोफाइल तयार गर्ने, गाउँ÷नगर शिक्षा योजना निर्माण गर्न बाँकी रहेका पालिकाले यसै आर्थिक वर्षमा उक्त योजना निर्माण गर्ने, गाउँ÷नगर शिक्षा समिति गठन÷पूर्णता दिन बाँकी रहेका पालिकाले अविलम्ब यसको गठन÷पूर्णता प्रदान गरी समितिलाई क्रियाशील बनाई शैक्षिक निर्णय र गतिविधिलाई प्रभावकारी बनाउने निर्णय भएको गुरुङले बताउनुभयो । सङ्घ, प्रदेश, पालिका र वडाको शिक्षासम्बन्धी कार्यक्रम र बजेटको कार्यान्वयन गर्दा गराउँदा एकरुपता हुने गरी कार्यविधि वा निर्देशिका तर्जुमा गर्ने, पालिकाभित्र शिक्षा क्षेत्रमा हुने सबै खर्च÷बजेट÷कार्यप्रगति (सङ्घ, प्रदेश, पालिका, वडा र गैसस आदि)को एकीकृत अभिलेख पालिकाको शिक्षा शाखामा रहने व्यवस्था मिलाउन आवश्यक कार्यविधि वा निर्देशिका तर्जुमा गर्ने निर्णयसमेत भएको छ ।

सबै पालिकाले नमूना विद्यालयको कार्यविधि तर्जुमा गरी त्यसका सूचकको आधारमा प्रत्येक वडामा प्रत्येक वर्ष नमूना विद्यालयको सङ्ख्या वृद्धि गर्दै जाने नीति तथा कार्यक्रम बनाउने, संस्थागत एवं सामुदायिक विद्यालयका शैक्षिक गुणस्तर सुधारका लागि प्रतिस्पर्धात्मक वातावरण सिर्जना गर्ने, वस्तुगत सूचक निर्माण गरी उत्कृष्ट विद्यालयलाई वार्षिकरूपमा पुरस्कृत गर्दै जाने, विद्यालयको समग्र शैक्षिक क्रियाकलाप र कार्यको अनुगमन कार्यलाई अझ नियमित र प्रभावकारी बनाउँदै जाने निर्णय भएको छ ।