परिवार नियोजनको साधन सहित ‘डिग्निटी किट’ हस्तान्तरण

परिवार नियोजनको साधन सहित ‘डिग्निटी किट’ हस्तान्तरण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपाल परिवार नियोजन सङ्घले सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाका बाढी प्रभावितलाई एकीकृत प्रजनन स्वास्थ्य शिविर आयोजना गरेको छ । यही असार १ गते सो नगरपालिकाको मेलम्ची र इन्द्रावती नदीमा आएको अकल्पनीय भीषण बाढीले नगरका वडा नं ६, १० र ११ मा अपूरणीय भौतिक क्षति पु¥याएको थियो । शिविरमा पाठेघरका मुखमा हुने अर्वुद परीक्षण, एचआइभी परीक्षण तथा परामर्श, गर्भवती, परिवार नियोजनको स्थायी तथा अस्थायी,प्रयोगशाला, लैङ्गिकताका आधारमा गरिने हिंसा हुन नदिन परामर्श सेवा प्रदान गरिएको सङ्घका कार्यक्रम निर्देशक सुवास श्रेष्ठले जानकारी दिनुभयो ।

सो शिविरमा ३०० महिलाले सेवा लिएका थिए । सो नगरपालिका र हेलम्बु गाउँपालिकामा एक हजार गर्भवती रहेका र तिनलाई तत्काल स्वास्थ्य सेवा आवश्यक रहेको जनाइएको छ । उहाँले भन्नुभयो, “विपद्का अवस्थामा गाँस, बास र कपासपछि पहिलो प्राथमिकतामा प्रजनन स्वास्थ्य सेवा तत्काल आवश्यक पर्छ । यही आवश्यकतालाई ध्यान दिई स्वास्थ्य शिविर आयोजना गरेका हौँ । स्थानीयवासीबाट पुनः माग भएमा शिविर सञ्चालन गर्न तयार छौँ ।”

सङ्घले छ दशकभन्दा बढी समयदेखि निरन्तर प्रजनन स्वास्थ्य सेवा प्रदान गरिरहेको छ । सङ्घका प्रशासक डा नरेशप्रताप केसीले सस्थाले स्थानीयवासीको मागअनुसार एकीकृत प्रजनन स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको जानकारी दिनुभयो । सङ्घले सोही अवसरमा सो नगरपालिकामा आवश्यक पर्ने परिवार नियोजनको अस्थायी साधन तथा महिलाका लागि ‘डिग्निटी किट’ हस्तान्तरण गरेको सङ्घका पैरवी अधिकृत जमुना सिटौलाले जानकारी दिनुभयो । नगरप्रमुख डम्बरबहादुर अर्याललाई सङ्घका कार्यक्रम अधिकृत श्रेष्ठले ती सामग्री हस्तान्तरण गर्नुभएको थियो ।

यौ’न तथा प्रजनन स्वास्थ्य सेवा जारी

सङ्घले विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार कोभिड–१९ महामारीका अवस्थामा पनि आफ्नो सेवा निरन्तर जारी रहेको जनाएको छ । देशका विभिन्न स्थानमा रहेका आफ्ना क्लिनिकमार्फत सन् २०२० मा ३३ लाखलाई विभिन्न सेवा उपलब्ध गराइएको र यो सन् २०१९ को सामान्य अवस्थामा प्रदान गरिएको सेवाभन्दा १५ प्रतिशत मात्र कमी रहेको सङ्घले जनाएको छ ।

सङ्घले सेवाको पहुँचबाट वञ्चित, सीमान्तकृत समुदाय, यौ’न तथा लैंगि’क अल्पसंख्यक, यौ’नकर्मी महिला, एचआइभी. एड्स सङ्क्रमित तथा अपाङ्गता भएका व्यक्तिका लागि सधै निःशुल्क सेवा उपलब्ध गराउँदै आइरहेको छ । सङ्घका सेवाग्राही मध्ये लगभग ९० प्रतिशत सेवाको पहुँचबाट वञ्चित ती समुह रहेको छन् भने ३० प्रतिशत सेवाग्राही युवा तथा किशोरकिशोरी छन् ।

विशेषगरी कोभिड महामारीका अवस्थामा कुनै पनि सेवाग्राही यौ’न तथा प्रजनन स्वास्थ्य सेवाबाट बञ्चित हुन नपरोस् भन्ने उद्देश्यले यौन तथा प्रजनन स्वास्थ्य सेवा र हेल्पलाइन सेवा प्रदान गर्न अहोरात्र खटिएका सङ्घका सेवाप्रदायकको योगदान प्रशंसनीय रहेको जनाइएको छ ।

महामारीका समयमा परिवार नियोजन, सुरक्षित ग’र्भपतन, सुरक्षित मातृत्व तथा नवजात शिशु तथा बाल स्वास्थ्य, एचआइभी तथा एड्स, यौ’न सङ्क्रमणलगायत प्रजनन स्वास्थ्यसम्बन्धी परामर्श तथा सेवाको जानकारी चाहिएमा हेल्पलाइन नं १६६००१४५००० मा सम्पर्क गर्न पनि सङ्घले आग्रह गरेको छ । निःशुल्क सो सेवा बिहान ७ देखि साँझ ७ बजेसम्म हुने जनाइएको छ ।