जिल्ला अदालत मनाङमा एक वर्षमा १२ वटा मुद्दा दर्ता

जिल्ला अदालत मनाङमा एक वर्षमा १२ वटा मुद्दा दर्ता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हिमाली जिल्ला मनाङमा एक वर्षको अवधिमा १२ वटा मुद्दा दर्ता भएको तथ्याङ्कले देखाएको छ । आर्थिक वर्ष २०७७÷०७८ मा विभिन्न शीर्षकमा जिल्ला अदालत मनाङमा १२ वटा मुद्दा दर्ता भएका हुन् । जिल्ला अदालतले दिएको तथ्याङ्कअनुसार जिल्लामा सबैभन्दा धेरै सम्बन्धविच्छेदका मुद्दा दर्ता भएका छन् । जिल्लामा एक वर्षको अवधिमा छ वटा सम्बन्धविच्छेदका घटना दर्ता भएको अदालतका स्रेस्तेदार तारादत्त बडुले बताउनुभयो । उहाँले भन्नुभयो, “हिमाली जिल्ला मनाङमा अत्यन्त कम मात्रामा मुद्दा दर्ता हुन्छ । आव २०७७÷०७८ मा १२ वटा मुद्दा दर्ता भएको छ । यसमध्ये पनि सबैभन्दा धेरै छ वटा सम्बन्धविच्छेदका मुद्दा दर्ता भएका हुन् । छ वटामध्ये चार वटा फैसला भइसकेको छ, भने दुई वटा फैसला हुन बाँकी छ ।”

जिल्लामा सोबाहेक ज’बर्जस्ती क’रणी, बहुविवाह, कु’टपि’ट, ज्यान मा’र्ने, सवारी दुर्घटना र अ’भद्र व्यवहारका घटना एक÷एक वटा दर्ता भएका छन् । जिल्लामा कूल १२ वटा मुद्दामध्ये आठ वटा फैसला भइसकेको र चार वटा बाँकी रहेको स्रेस्तेदार बडु बताउनुहुन्छ । आर्थिक वर्ष २०७६÷०७७ मा भन्दा यस वर्ष मुद्दा दर्ताको घटना बढेको तथ्याङ्कले देखाएको छ । विसं २०७६÷०७७ मा जिल्लाभर नौ वटा मुद्दा दर्ता भएको थियो । मुलुकका विभिन्न जिल्लामा मुद्दाको चाप देखिए पनि जिल्ला अदालत मनाङमा भने अत्यन्त कम मुद्दा दर्ता हुने गरेको छ । मनाङ सानो र थोरै जनसङ्ख्या भएको जिल्ला भएकाले पनि यहाँ घटेका घटनालाई गाउँघरमा नै मिलाउन सहज भएको हुनुपर्छ । यहाँका समुदाय फरक नभई एउटै किसिमका भएकाले पनि उनीहरुबीच न्यायोचित ढङ्गले मेलमिलाप हुने स्रेस्तेदार बडुको भनाइ छ ।

उहाँ भन्नुहुन्छ, “मनाङ सानो र थोरै जनसङ्ख्या भएको जिल्ला हो । यहाँ घटेका घटनालाई गाउँघरमा नै सहज तवरबाट मिलाइन्छ । यहाँ अधिकांश एउटै समुदायका मानिसको बसोबास छ, यस कारणले गर्दा पनि घटना नघट्ने र घटिहाले पनि एकापसमा न्यायोचित ढङ्गले मेलमिलाप हुने गरेको पाइएको छ ।” रासस

यो पनि – मोटरसाइकल दुर्घटनामा वडासदस्यको निधन

मोटरसाइकल दुर्घटनामा परी इलाममा एक वडासदस्यको मृत्यु भएको छ । बुधबार साँझ दुर्घटनामा पर्नुभएका ३६ वर्षीय धनबहादुर राईको उपचारका क्रममा मृत्यु भएको हो । इलाम माङसेबुङ गाउँपालिका–४ मार्चेबुङका सदस्य राई दमक रवि सडकखण्डमा दुर्घटनामा पर्नुभएको हो । आफैँले चलाएको मे८प ६०४ नम्बरको मोटरसाइकलबाट घरतर्फ आउँदै गरेको अवस्थामा मोटरसाइकल अनियन्त्रित भई रतुवा पुल नजिक सेतेभिरबाट अन्दाजी करिब १०० मिटर तल झर्दा उहाँको टाउकोमा चोट देखिएको थियो ।

सख्त घाइते हुनुभएका राईलाई उपचारका लागि झापाको बिएण्डसी अस्पताल लगिएको थियो । अस्पताल पु¥याएपछि उहाँलाई चिकित्सकले मृत घोषणा गरेको जिल्ला जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी गङ्गाबहादुर थापाले जानकारी दिनुभयो । शव हाल बिएण्डसी अस्पतालको शवगृहमा राखिएको बताइएको छ ।