गौरादहमा मृतावस्थामा एक महिला फेला

गौरादहमा मृतावस्थामा एक महिला फेला

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गौरादह नगरपालिका–१ गेउरियाचोक नजिकै एक महिला मृतावस्थामा फेला परेकी छिन् । अन्दाजी ३९ वर्षीया सङ्गीता टुडु मृतवस्थामा आज बिहान फेला परेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक अनिल माबोहाङले जानकारी दिनुभयो । फरार भएका मृतककी श्रीमान्को खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यो पनि – ‘खाली हात घर फर्किदा पनि दुःख लागेको छैन’

ब्यास नगरपालिका–९ का स्वयंसेविका माया गुरुङले विसं २०४६ देखि महिला स्वास्थ्य स्वयंसेविकाको रुपमा काम शुरुआत गर्नुभयो । त्यतिबेला महिला स्वास्थ्य स्वयंसेविकालाई गाउँको ‘डाक्टर’ पनि भनिन्थ्यो ।  स्वयंसेविकाका रुपमा काम गरे पनि सुविधा भने केही हुन्थेन । स्वयंसेविकाले गाउँगाउँ, टोलटोल पुगेर स्वास्थ्यसम्बन्धी सचेतना फैलाउने र बालबालिकालाई खोप लगाउने काम गर्दै आएका छन् । “मैले पनि यो अवधिमा त्यसरी नै काम गरेँ,” उहाँले भन्नुभयो, “आज ६० वर्ष उमेर पुगेपछि स्वास्थ्य स्वयंसेविकाबाट अवकाश पाउँदा पनि खुशी नै छु ।”

ब्यास नगर महिला स्वास्थ्य स्वयंसेविकाकी अध्यक्षसमेत रहनुभएकी विष्णुमाया खनालले पनि ६० वर्ष उमेर पुगेपछि अवकाश पाउनुभयो । उहाँले विसं २०५० देखि स्वास्थ्य स्वयंसेविकाको रुपमा काम गर्नुभएको थियो । “जनप्रतिनिधि आएपछि केही सुविधा पाइन्छ की भन्ने आश थियो, तर नीति नै यस्तो आयो,” उहाँले भन्नुभयो, “अझै पनि सेवा गर्ने इच्छा हुँदाहुँदै नीतिका कारण अवकाश हुनुपरेको छ, खुशी नै छौ ।” ब्यास नगरपालिकाका हाल १०५ महिला स्वास्थ्य स्वयंसेविका कार्यरत छन् । तीमध्ये ६० वर्ष उमेर कटेका १४ अवकाश भएका छन् । उहाँहरुलाई सरकारले मासिक रु पाँच सय उपलब्ध गराउँदै आएको छ ।

अवकाश भएकालाई नगरपालिकाको प्रोत्साहन

लामो समय स्वास्थ्य स्वयंसेविकाको रुपमा काम गरेका १४ जनालाई नगरपालिकाले प्रोत्साहन रकम प्रदान गरेको छ । स्वास्थ्यको क्षेत्रमा पु¥याएको योगदानको कदरस्वरुप प्रोत्साहन रकम उपलब्ध गराइएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिनुभयो । चौधजनालाई जनही रु ३५ हजारका दरले प्रोत्साहन रकम प्रदान गरिएको छ । यसका लागि स्वास्थ्य कार्यालयले रु एक लाख उपलब्ध गराएको थियो भने बाँकी रु तीन लाख ९० हजार नगरपालिकाले उपलब्ध गराएको हो । बिदाइ भएका ठाउँमा नयाँ महिला स्वास्थ्य स्वयंसेविका छनोट गरिनेछ ।

नगरपालिकाका कल्पना घर्ती क्षेत्री, शोभा पन्त, विष्णुमाया बुढाथोकी, भगवती न्यौपाने, गोमा खनाल, विष्णुमाया खनाल, शान्तिशोभा न्यौपाने, इच्छामाया पराजुली, माया गुरुङ , हुमा राना, विष्णुकुमारी श्रेष्ठ, नन्दकुमारी आले र कालीमाया थापा ६० वर्ष उमेर पुगेपछि अवकाश हुनुभएको छ । नगरप्रमुख प्रमुख बैकुण्ठ न्यौपानेले सरकारको नीतिका कारण स्वास्थ्य स्वयंसेविकालाई बिदाइ गर्नुपरेको जनाउँदै सामाजिक र राजनीतिक काममा क्रियाशील हुन आग्रह गर्नुभयो । रासस