मानव अधिकार उल्लङ्घनका घटना घटे

मानव अधिकार उल्लङ्घनका घटना घटे

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सन् २०२१ जनवरीदेखि जुनसम्ममा जिल्लामा मानव अधिकार उल्लङ्घनका घटना घटेका छन् । सन् २०२० को सोही समयमा भएका घटनाभन्दा अहिले कम भएका हुन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक चितवनका अनुसार यस छ महिनामा महिला बलात्कारका घटना छ, बालिका बलात्कारका १३, महिला बलात्कार प्रयास दुई र बालिका ब’लात्कार प्रयास तीनवटा घटना भएका छन् । यस्तै बाल यौ’न दु’रुपयोगका घटना १०, बालिका बे’चबिखन एउटा, बहुविवाह तीन तथा बालविवाह एउटा भएका छन् । आ’त्मह’त्या दु’रुपयोगको एउटा, बालिका अ’पहरण एउटा र ह’त्या एउटा भएको इन्सेकले आज यहाँ अर्धवार्षिक समीक्षा कार्यक्रममा सार्वजनिक गरेको हो ।

इन्सेक चिवतनका प्रतिनिधि दीपेन्द्र अधिकारीका अनुसार सन् २०२० को यही समयमा महिला कलात्कारका घटना नौ, बालिका ब’लात्कारका घटना १६, महिला ब’लात्कार प्रयासका घटना छ बालिका ब’लात्कारको प्रयासका घटना चार भएका थिए । यस्तै महिला ह’त्या चार, पुरुष ह’त्या पाँच, बाल यौ’न दु’व्र्यवहार चार, बहुविवाह चार भएका छन् । आ’त्मह’त्या दु’रुत्साहन दुई, मानव वे’चबिखनका दुई, बम बि’स्फोटका एउटा, हा’तह’तियार एउटा र राज्यविरुद्ध अ’पराधका घटना दुई छन् ।

अधिकारीका अनुसार जिल्लामा मानवाधिकारका घटना कम भए पनि रोक्न सकिएको छैन । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख कृष्णकुमार डल्लाकोटीले हामीले चाहेको समाज अझै नबनेको बताउनुभयो । अहिलेको समाज कता गइरहेको छ भन्ने विषयमा संवेदनशील भएर अघि वढ्नुपर्ने समय आएको उहाँले बताउनुभयो । रासस

यो पनि – घाँस काट्न जाने क्रममा लडेर मुत्यु

बागलुङको गलकोट नगरपालिका–८ काँडेबास पचुवामा घाँस काट्न जाने क्रममा लडेर एक जनाको मुत्यु भएको छ । मृत्यु हुनेमा स्थानीयवासी ३३ वर्षीय अशोक कँडेल रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इकवाल हवारीले जानकारी दिनुभयो । उहाँका अनुसार घाँस काट्न जाने क्रममा लडेर मुत्यु भएको अवस्थामा आज उहाँको शव फेला परेको छ ।

कँडेल बुधबार दिउँसो १२ बजे पचुवाकै कुभिन्डो भन्ने ठाउँमा घाँस काट्न भनेर जानुभएको र बेलुकासम्म नफर्केपछि परिवारले प्रहरीलाई खबर गरेको थियो । खोजतलासका क्रममा उहाँ मृतावस्थामा फेला परेको र घटनाका सम्बन्धमा थप अनुसन्धान शुरु गरिएको प्रहरी नायब उपरीक्षक हवारीले जानकारी दिनुभयो । शव परीक्षणका लागि अहिले प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिवाङमा पठाइएको छ ।

यो पनि – गौरादहमा मृतावस्थामा एक महिला फेला

गौरादह नगरपालिका–१ गेउरियाचोक नजिकै एक महिला मृतावस्थामा फेला परेकी छिन् । अन्दाजी ३९ वर्षीया सङ्गीता टुडु मृतवस्थामा आज बिहान फेला परेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक अनिल माबोहाङले जानकारी दिनुभयो । फरार भएका मृतककी श्रीमान्को खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यो पनि – ‘खाली हात घर फर्किदा पनि दुःख लागेको छैन’

ब्यास नगरपालिका–९ का स्वयंसेविका माया गुरुङले विसं २०४६ देखि महिला स्वास्थ्य स्वयंसेविकाको रुपमा काम शुरुआत गर्नुभयो । त्यतिबेला महिला स्वास्थ्य स्वयंसेविकालाई गाउँको ‘डाक्टर’ पनि भनिन्थ्यो ।  स्वयंसेविकाका रुपमा काम गरे पनि सुविधा भने केही हुन्थेन । स्वयंसेविकाले गाउँगाउँ, टोलटोल पुगेर स्वास्थ्यसम्बन्धी सचेतना फैलाउने र बालबालिकालाई खोप लगाउने काम गर्दै आएका छन् । “मैले पनि यो अवधिमा त्यसरी नै काम गरेँ,” उहाँले भन्नुभयो, “आज ६० वर्ष उमेर पुगेपछि स्वास्थ्य स्वयंसेविकाबाट अवकाश पाउँदा पनि खुशी नै छु ।”

ब्यास नगर महिला स्वास्थ्य स्वयंसेविकाकी अध्यक्षसमेत रहनुभएकी विष्णुमाया खनालले पनि ६० वर्ष उमेर पुगेपछि अवकाश पाउनुभयो । उहाँले विसं २०५० देखि स्वास्थ्य स्वयंसेविकाको रुपमा काम गर्नुभएको थियो । “जनप्रतिनिधि आएपछि केही सुविधा पाइन्छ की भन्ने आश थियो, तर नीति नै यस्तो आयो,” उहाँले भन्नुभयो, “अझै पनि सेवा गर्ने इच्छा हुँदाहुँदै नीतिका कारण अवकाश हुनुपरेको छ, खुशी नै छौ ।” ब्यास नगरपालिकाका हाल १०५ महिला स्वास्थ्य स्वयंसेविका कार्यरत छन् । तीमध्ये ६० वर्ष उमेर कटेका १४ अवकाश भएका छन् । उहाँहरुलाई सरकारले मासिक रु पाँच सय उपलब्ध गराउँदै आएको छ ।

अवकाश भएकालाई नगरपालिकाको प्रोत्साहन

लामो समय स्वास्थ्य स्वयंसेविकाको रुपमा काम गरेका १४ जनालाई नगरपालिकाले प्रोत्साहन रकम प्रदान गरेको छ । स्वास्थ्यको क्षेत्रमा पु¥याएको योगदानको कदरस्वरुप प्रोत्साहन रकम उपलब्ध गराइएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिनुभयो । चौधजनालाई जनही रु ३५ हजारका दरले प्रोत्साहन रकम प्रदान गरिएको छ । यसका लागि स्वास्थ्य कार्यालयले रु एक लाख उपलब्ध गराएको थियो भने बाँकी रु तीन लाख ९० हजार नगरपालिकाले उपलब्ध गराएको हो । बिदाइ भएका ठाउँमा नयाँ महिला स्वास्थ्य स्वयंसेविका छनोट गरिनेछ ।

नगरपालिकाका कल्पना घर्ती क्षेत्री, शोभा पन्त, विष्णुमाया बुढाथोकी, भगवती न्यौपाने, गोमा खनाल, विष्णुमाया खनाल, शान्तिशोभा न्यौपाने, इच्छामाया पराजुली, माया गुरुङ , हुमा राना, विष्णुकुमारी श्रेष्ठ, नन्दकुमारी आले र कालीमाया थापा ६० वर्ष उमेर पुगेपछि अवकाश हुनुभएको छ । नगरप्रमुख प्रमुख बैकुण्ठ न्यौपानेले सरकारको नीतिका कारण स्वास्थ्य स्वयंसेविकालाई बिदाइ गर्नुपरेको जनाउँदै सामाजिक र राजनीतिक काममा क्रियाशील हुन आग्रह गर्नुभयो । रासस