सुनार घरभाडा प्रकरणः २५ दिनभित्र प्रभावकारी अनुसन्धान गर्न आदेश

सुनार घरभाडा प्रकरणः २५ दिनभित्र प्रभावकारी अनुसन्धान गर्न आदेश

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सर्वोच्च अदालतले रुपा सुनारमाथि भएको जातीय भेदभाव तथा छु’वाछूतसम्बन्धी घटनाको पच्चीस दिनभित्र निष्पक्ष र प्रभावकारी अनुसन्धान गर्न आदेश जारी गरेको छ । न्यायाधीशद्वय प्रकाशमानसिंह राउत र नहकुल सुवेदीको संयुक्त इजलासले आज उक्त घटनाको अनुसन्धान गर्न आदेश जारी गरेको हो । जातीयताका कारण घरभाडामा दिन इन्कार गरेर आरोप अनुसन्धानका क्रममा रहेकी बबरमहलका घरबेटी सरस्वती प्रधान तत्कालीन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठका उपस्थितिमा उहाँकै सरकारी सवारी साधनमा लगिएको भनिएकाले रीतपूर्वक जाहेरी दरखास्त दर्ता गरी निष्पक्ष अनुसन्धान गर्न आदेशमा भनिएको छ ।

आदेशमा घटनाको प्रकृति र गम्भीरतालाई हेर्दा मुद्दाको अनुसन्धानलाई प्रभावित बनाउने वा अन्य कुनै पनि किसिमको विभिन्न जातजाति वा समुदायबीचको सामाजिक सम्बन्ध खलल पार्ने वा सूचना वा श्रव्यदृश्य वा पाठ्य सामग्री उत्पादन, प्रचारप्रसार नगर्न भनिएको छ ।  यसअघि यही असार २३ असार गते न्यायाधीश डा कुमार रेग्मीको एकल इजलासले लिखित जवाफ पेश गर्न आदेश गरेको थियो । सुनारले कोठा भाडामा लिने÷दिने मौखिक सहमति भइसकेपछि घरधनी प्रधानले आफू दलित समुदाय (कामी) थरको भएको जानकारी गराएपछि कोठा दिन अस्वीकार गरेको जिकिर गरिएको छ । त्यसबाट आफ्नो आत्मसम्मानमा ठेस पुगेको उल्लेख गर्दै सुनारले यही असार २० गते सर्वोच्च अदालतमा रिट निवेदनमा दायर गर्नुभएको थियो ।

यो पनि – घरधनी प्रधान र मन्त्री कृष्णगोपाल श्रेष्ठविरुद्ध सुनारले दिईन सर्वोच्च रिट

सर्वोच्च अदालतमा तनहुँ व्यास नगरपालिका घर भई हाल बबरमहल बस्ने रुपा सुनारले आफूमाथि जातीय छुवाछूत गर्नेविरुद्ध कारवाही गर्ने माग गर्दै रिट निवेदन दायर गर्नुभएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठ, कोठा भाडामा नदिने घरधनी सरस्वती प्रधान, जिल्ला सरकारी वकिलको कार्यालय र महानगरीय प्रहरी वृत्त सिंहदरबारलाई समेत विपक्षी बनाई आज दायर गरेको रिट निवेदनमा उक्त माग गरिएको हो । रिट निवेदनमा कोठा भाडामा लिने÷दिने मौखिक सहमति भइसकेको अवस्थामा घरधनी प्रधानले आफू दलित समुदाय कामी थरको भन्ने थाहा पाएपछि कोठा दिन अस्वीकार गरेको उल्लेख छ ।

संवैधानिक एवं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानूनी व्यवस्था जातीय भेदभाव तथा छुवाछूत कसुरको कसुरदारलाई कानूनबमोजिम कारवाही तथा मेरो मौलिक हकको संरक्षणका गर्न आदेशको माग रिट निवेदनमा गरिएको छ । शिक्षामन्त्री श्रेष्ठले अभियुक्तलाई छुटाउन पदीय ओहदा र सरकारी पद तथा स्रोतसमेतको दुरुपयोग गरी प्रहरी कार्यालयमै पुगी अनुसन्धानमा बाधा व्यवधान उत्पन्न गराएकोले हुँदा निजलाई पदबाट हटाई जातीय छुवाछूत तथा अन्य सामाजिक भेदभाव (कसुर र सजाय) ऐनबमोजिम कारवाहीको मागसमेत रिट निवेदनमा गरिएको छ ।

घरबेटीको उक्त कार्यबाट आफूलाई आत्मसम्मान तथा मर्यादामा चोट पुगेको हुँदा विपक्षीविरुद्ध जातीय छुवाछूत तथा अन्य सामाजिक भेदभाव (कसुर र सजाय) ऐन, २०६८ अनुसार कारवाही गर्न माग छ । रासस

यो पनि – रुपा सुनारलाई कारवाहीको माग गर्दै सरस्वति प्रधान राष्ट्रिय मानव अधिकार आयोगमा (भिडियो) –

दलित भएकै कारण कोठा भाडामा नदिएको आरोप लागेकी बबरमहल निवासी सरस्वती प्रधानले राष्ट्रिय मानव अधिकार आयोगमा रूपा सुनारविरुद्ध उजुरी दिनुभएको छ ।  घरधनी प्रधानले सुनारसँगै कोठा खोज्न आफ्नो घरमा आएका सुष्मा राई र सिर्जना राईलाई पनि विपक्षी बनाई उजुरी दिनुभएको हो । उजुरीमा कोभिड १९ को महामारीमा समयमा सरकारले गरेको निषेधाज्ञा उल्लघंन गरी पिसीआर रिपोर्टबिना माहामारी फैलाउने गरी मानवताविरोधी अ’पराध गरेको, कोठाको आवश्यकता नै नभएको अवस्थामा आ’पराधिक कार्यका लागि कोठा खोज्दै हिँडेको र घरबेटीको मञ्जुरीविना फोन रेकर्ड गरेको उजुरीमा छ । आयोगका प्रवक्ता डा टीकाराम भट्टराइले सरस्वतीको उजुरी आयोगमा आएको र त्यसबारेमा अध्ययन गरी आयोगले छिट्टै धारणा बनाउने जानकारी दिनुभयो ।

सञ्चारकर्मी रूपा सुनारले षड्यन्त्रमुलक तरिकाले आफुलाई फसेको भन्दै कारबाहीको माग गर्दै प्रधानले आयोगमा निवेदन दिएकी हुन्। बुधबार उनि हस्ताक्षरसहित आयोग पुगेकी हुन् । निवेदनमा भनिएको छ – ‘निषेधाज्ञाको आदेश उल्लंघन गरी र बिनापिसिआर रिपोर्ट खुल्लेआम आवतजावत गरी महामारी फैलाउने मानव विरोधी अपराध गरेको रूपालाई कोठा आवश्यकता नै नरहेको भए पनि आपराधिक कार्य गर्न कोठा खोज्न आएको बहानाबाजी गरी मेरो मञ्जुरीबेगर मेरो फोन रकर्ड गरी सोही रेकर्ड, प्रमाण सिर्जना गरी मेरो विरुद्ध छुवाछुतको उजुरी दिई गैरकानुनी एवं मेरो व्यक्तिगत जीवनको स्वतन्त्रताविपरीत हुनेगरी पूर्वाग्रहीपूर्वक थुनाएको हो।’

प्रधानको निवेदनमा थप भनिएको छ – ‘‘घरधनी पति मुकुन्द प्रधान र सासुआमा भएकाले मलाई घर भाडामा राख्ने अधिकार नभए पनि मलाई घरधनी भनी झुठा आरोप लगाई जालसाझ गरी मेरो मानव अधिकारको हनन गरेको हो। मैले जातीय छुवाछुतको वादविवाद नै नगरेकोमा पनि निज रूपा सुनार आफैंले म कामीको छोरी हो भनी आफैंले आफ्नो जात देखाई मलाई विवाद गरी मानव विरोधीको अपराध गरेको हो,’ । प्रधानले रूपालाई कोठा खोज्न सहयोग गर्ने सुष्मा राई र सिर्जना राईलाई पनि कारबाही गर्नुपर्ने माग गरेकी छन्। असार १ गते थरकै कारण आफुलाई कोठा नदिएको भन्दै रूपाले प्रहरीमा उजुरी दिएसँगै प्रधानलाई पक्राउ गरि ३ दिन हिरासतमा राखेर अनुसन्धान गरेको थियो। पछि मन्त्रिसहितको रोहबरमा उनि रिहाई भएकी थिइन ।

राष्ट्रिय मानव अधिकार आयोगमा रुपा सुनारलाई उजुरी गर्दै गर्दाको भिडियो यहाबाट हेर्नुहोस ।