बागलुङमा अन्तरराष्ट्रियस्तरको ‘टेलिमेडिसिन’ सेवा शुरु

बागलुङमा अन्तरराष्ट्रियस्तरको ‘टेलिमेडिसिन’ सेवा शुरु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बागलुङमा अन्तरराष्ट्रियस्तरको ‘टेलिमेडिसिन’ सेवा शुरु भएको छ । बेलायतमा रहेका विभिन्न सङ्घसंस्था र अन्तरराष्ट्रिय बागलुङ समाजको सहयोगमा बागलुङ नगरपालिकाले ‘टेलिमेडिसिन’ सेवा शुरु गरेको हो । बागलुङ नगरपालिकामा रहेको नगरस्वास्थ्य शाखाबाट सेवा सुचारु गरिएको स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद खनालले जानकारी दिनुभयो । शुक्रबार नगरप्रमुख जनकराज पौडेलले ‘टेलिमेडिसिन’ सेवा शुभारम्भ गर्नुभएको छ ।

तत्कालका लागि सदरमुकाममा खुलेको ‘टेलिमेडिसिन’ सेन्टर विस्तारै दुर्गम गाउँका स्वास्थ्य चौकीमा विस्तार गरिने पौडेलले बताउनुभयो । जटिल प्रकारका समस्या ‘टेलिमेडिसिन’का माध्यामबाट समाधान गरिने लक्ष रहेको प्रमुख प्रशसकीय अधिकृत जीवन ज्ञवालीले बताउनुभयो । अनलाइनमार्फत विदेशी विशेषज्ञ चिकित्सकलेसमेत उपचार तथा परामर्शमा सहभागी हुनेछन् ।

नगरपालिका, एनआरएन युके, स्वीनफेन च्यारिटेबल ट्रष्ट बेलायत, अन्तरराष्ट्रिय बागलुङ समाज र चार भञ्ज्याङ तमु समाज बेलायतको संयुक्त सहकार्यमा नगरपालिकामा ‘टेलिमेडिसिन’ सेवा सुरु भएको हो । अन्तरराष्ट्रिय बागलुङ समाजका कार्यालय प्रमुख सुरेन्द्र कँडेलले भन्नुभयो “कागजात पेश भएको एक घण्टामा चिकित्सकले सल्लाह, निदानको उपाय र औषधिको विषयमा जानकारी गराउनुहुन्छ ।”

वर्षको एक पटक चिकित्सकले बिरामीको प्रत्यक्ष जाँच र रोगको खोजपड्ताल गर्ने उहाँले बताउनुभयो । पर्वतको फलेवास नगरपालिकामा सञ्चालनमा रहेको ‘टेलिमेडिसिन’ सेवा प्रभावकारी देखिएको भन्दै सोही नक्कल गर्दै बागलुङमा सेवा थालिएको हो । कार्यक्रम प्रभावकारी भएमा जिल्लाको ढोरपाटन नगरपालिका, जैमिनी नगरपालिका, बरेङ गाउँपालिकालगायतका स्थानसमेतमा ‘टेलिमेडिसिन’ शुरू गरिने अन्तरराष्ट्रिय बागलुङ समाजका कार्यालय प्रमुख कँडेलले जानकारी दिनुभयो । रासस

यो पनि – ‘विपद्बाट नागरिकलाई जोगाउनु पहिलो प्राथमिकता’

गृहमन्त्री बालकृष्ण खाँणले मनसुनमा हुनसक्ने विपद्बाट नागरिकको जीवन रक्षा गर्नु सरकारको पहिलो कर्तब्य भएको बताउनुभएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आज स्थलगत निरीक्षणपछि कार्यक्रममा मन्त्री खाँणले वर्तमान अवस्थामा पहिलो प्राथमिकता विपद् प्राधिकरण रहेको र जनताको सुरक्षाका लागि गम्भीर भएर लाग्न निर्देशन दिनुभयो । मन्त्री खाँणले नागरिकको जीवनरक्षाका लागि विपद् जोखिम न्यूनीकरणको सवालमा प्राधिकरणको संस्थागत सुदृढीकरण, बजेट व्यवस्थापनलगायत मन्त्रालयले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

गृहमन्त्रीको पदभार ग्रहणपछि मातहतका निकायमध्ये प्राधिकरणलाई पहिलो प्राथमिकता दिँदै उहाँले आज यहाँ भ्रमण गर्नुभएको थियो । उहाँले प्राथमिकताको विषय भएकाले भ्रमण नै यहाँबाट शुरु गरिएको जानकारी दिँदै बजेट थप गर्न र भवनका लागि आवश्यक जग्गा व्यवस्थापनमा गम्भीर भएर लाग्ने आश्वासन दिनुभएको छ ।

समारोहमा गृहसचिव महेश्वर न्यौपानेले विपद्को जोखिम न्यूनीकरण र पूर्वतयारीमा प्राधिकरणले बढी ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिनुभयो । प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले प्राधिकरणबाट भएका काम, यसका चुनौती र आगामी कार्यदिशाबारे जानकारी गराउनुभएको थियो । उहाँले निजी आवास पुनःनिर्माणका विषयमा समेत जानकारी गराउनुभएको थियो ।