भद्रपुरबाट रु चार अर्ब ११ करोड राजस्व सङ्कलन

भद्रपुरबाट रु चार अर्ब ११ करोड राजस्व सङ्कलन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा, २ साउन । आन्तरिक राजस्व कार्यालय भद्रपुरले आर्थिक वर्ष २०७७÷७८ मा रु चार अर्ब ११ करोड राजस्व सङ्कलन गरेको छ । कार्यालयले वार्षिक लक्ष्यको तुलनामा १२६ प्रतिशत बढी प्रगति हासिल गरेको हो । कार्यालयका प्रमुख कर अधिकृत युवराज श्रेष्ठले आयकरतर्फ रु एक अर्ब ८१ करोड, मूल्य अभिवृद्धि करतर्फ रु एक अर्ब ८५ करोड, अन्तःशुल्कतर्फ रु ४४ करोड र स्वास्थ्य सेवा करबापत रु ९२ लाख सङ्कलन भएको बताउनुभयो ।

अघिल्लो आवको तुलनामा गत आवमा ३६ दशमलव ५४ प्रतिशतले राजस्व वृद्धि भएको उहाँको भनाइ छ । अघिल्लो वर्ष कार्यालयले रु तीन अर्ब एक करोडमात्र राजस्व सङ्कलन गरेको थियो । उहाँले भापा, इलाम, पाँचथर र ताप्लेजुङका करदाताबाट कोभिड–१९ को विषम परिस्थितिमा पनि लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गर्न सफल भएको जानकारी दिनुभयो । रासस

यो पनि – वाग्मतीमा ८१ हजार हेक्टरमा रोपाइँ

वाग्मती प्रदेशको १३ जिल्लामा असार मसान्तसम्ममा ८१ हजार हेक्टर खेती योग्य जमीनमा धान रोपाइँ सकिएको छ । वाग्मती प्रदेशमा समयमा नै वर्षा भएको कारणले नदी, खोला, नहर र आकाशे पानीले रोपाइँ समयमा गरिएको बताइएको छ । कतिपय ठाउँमा अझै रोपाइँ जारी छ । प्रदेशमा कूल एक लाख ३२ हजार २२८ हेक्टर जमीनमा धान खेती हुनेमध्ये ८१ हजार हेक्टर जमीनमा उक्त खेती भएको हो । प्रदेशमा गतवर्ष असार मसान्तसम्ममा ५२.२ प्रतिशत जमीनमा रोपाइँ गरीएको वाग्मती प्रदेशको भूमिव्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार १३ जिल्लामध्ये चितवनमा ६५ प्रतिशतभन्दा बढी धान रोपाइँ सकिएको छ । चितवनमा २८ हजार ६०० हेकटर क्षेत्रफलमध्ये १८ हजार ५९० हेक्टरमा रोपाइँ गरिएको बताइएको छ । मन्त्रालयका कृषि अधिकृत दीपेन्द्रमणि लामिछानेका अनुसार मकवानपुरमा सात हजार ७०० हेक्टर जमीनमा रोपाइँ सकिएको छ । यसैगरी सिन्धुलीमा १५ हजार ३०० हेक्टर क्षेत्रफलमध्ये नौ हजार ९४५ अर्थात ६५ प्रतिशत, धादिङ जिल्लामा १२ हजार हेक्टर क्षेत्रफलमध्ये चार हजार ८०० हेकटर अर्थात् ४० प्रतिशत रोपाइँ सकिएको छ । भक्तपुरमा चार हजार ३०० हेक्टर जमीनमध्ये चार हजार ८५ हेक्टर जमीन अर्थात ९५ प्रतिशतभन्दा वढी रोपाइँ सकिएको छ । काठमाडौंमा सात हजार ८८० हेक्टरमध्ये सात हजार ९२ हेक्टर अर्थात् ९० प्रतिशत जमीनमा रोपाइँ सकिएको छ ।

त्यस्तै काभ्रेप्लान्चोकमा सात हजार १५० हेक्टर र सिन्धुपाल्चोकमा पाँच हजार ५०० हेक्टरमा धान रोपाइँ भएको छ । मन्त्रालयका अनुसार नुवाकोटमा १४ हजार ५०० हेक्टर जमीनमध्ये ३० प्रतिशत अर्थात चार हजार ३०० हेक्टर र रसुवामा एक हजार ९३ हेक्टर क्षेत्रफलमध्ये ३५ प्रतिशत अर्थात ३८२ हेक्टर तथा ललितपुरमा चार हजार ६०० हेक्टर क्षेत्रफलमध्ये ९० प्रतिशत अर्थात चार हजार १८० हेक्टर जमीनमा रोपाइँ सकिएको छ ।

रामेछापमा आठ हजार ८१० हेक्टर क्षेत्रफलमध्ये ५६ प्रतिशत अर्थात चार हजार ९३३ हेक्टर र दोलखामा दुई हजार ९२० हेक्टरमध्ये एक हजार ९८५ हेक्टर अर्थात ६८ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ पूरा भएको मन्त्रालयले जनाएको छ । धानखेतीतर्फ किसानले जोड दिएपनि समयमा मल र गुणस्तरीय धानको बीउ नपाउनु किसानको समस्या रहेको मकवानपुरगढीका रामप्रसाद भण्डारीको गुनासो रहेको छ । रासस