रसुवामा सम्बन्धविच्छेदका मुद्दा बढ्दो

रसुवामा सम्बन्धविच्छेदका मुद्दा बढ्दो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हिमाली जिल्ला रसुवामा श्रीमान्–श्रीमतीबीच सम्बन्धविच्छेदका मुद्दा दायर गर्नेको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएका छन् । न्याय सम्पादनअन्तर्गत जिल्ला अदालतमा दायर भएका मुद्दा आवश्यक प्रक्रिया पु¥याइ छिटोछरितो फैसला हुन थालेपछि अन्यायका विरूद्व आफ्ना समस्या दर्शाइ न्यायालय जानेको सङ्ख्या बढ्न थालेको हो ।

सम्बन्धविच्छेदका लागि दायर भएका मुद्दाउपर सुनुवाइका क्रममा सम्झाइबुझाई पुनःमिलन गराउने र यदि मिल्नै नसक्ने अवस्था आएमा मात्र छोडपत्रको फैसलातर्फ सम्मानित अदालत अगाडि बढ्ने गरेको छ । आर्थिक वर्ष २०७६÷७७ मा श्रीमान्–श्रीमतीबीच सम्बन्धविच्छेदका मुद्दा ३२ थिए भने गत आव २०७७÷७८ मा ३० मुद्दा दायर भएका अदालतका शाखा अधिकृत तहसिलदार रामचन्द्र मण्डलले जानकारी दिनुभयो ।

गत आव २०७७÷७८ मा दायर भएको ४८ र विगत आव २०७६÷७७ मा प्रक्रियागतरूपले जिम्मेवारी सरेका समेत ७८ मुद्दा मध्ये ४३ फैसला भएका छन् । फैसला गर्न बाँकी रहेका मुद्दाको हकमा प्रमाण बुझी फैसलाको गृहकार्यमा अगाडि बढिरहेको बताइएको छ । वार्षिक लक्ष्यअनुरूप ६५ प्रतिशत मुद्दा फछ्र्योट भइसकेका अधिकृत मण्डलले बताउनुभयो ।

दायर भएका मुद्दामा सम्बन्धविच्छेद, सवारी ज्यान, बहुविवाह, ज’बर्जस्ती क’रणी, चेक बाउन्स चेक, घरेलु हिंसा, अंश चलन, अपहरण एवं शरीर ब’न्धक, जग्गा खिचोलाका साथै निषेधाज्ञाजस्ता प्रकरणका मुद्दा दर्ता भएका बताइएको छ । गत आर्थिक वर्षमा अदालतको फैसलाबाट ११ अभियुक्त कारागार चलान भएका छन् । यसरी कारागार चलान हुनेमा ज्यान मार्ने, ज्यान मार्ने उद्योग गर्ने, आँखेटोपहार, अपहरण तथा शरीर बन्धक बनाउन, बहुविवाह गर्ने र जबर्जस्ती करणीजस्ता छन् । रासस

यो पनि – मोबाइलमै ‘वैदेशिक रोजगार’

वैदेशिक रोजगारीसँग सम्बन्धित सम्पूर्ण जानकारी समेटिएको ‘वैदेशिक रोजगार’ मोबाइल एप आइओएसमा पनि उपलब्ध भएको छ । साझा सबाल मिडियाले सञ्चालन गरेको एप यसअघि एन्ड्रोइड भर्सनमा मात्र उपलब्ध थियो । वैदेशिक रोजगारीमा जान चाहने तथा वैदेशिक रोजगारीमा रहेका लाखौँ नेपाली नागरिक, म्यानपावर व्यवसायी तथा वैदेशिक रोजगारीको क्षेत्रमा चासो राख्ने व्यक्तिलाई लक्षित गरी एप सञ्चालनमा साझा सवाल मिडियाका सञ्चालक अनिल अधिकारीले जानकारी दिनुभयो । साझा सबाल मिडियाले २०७५ सालदेखि उक्त एप सञ्चालनमा ल्याएको हो । यो एप अब आइफोन प्रयोगकर्ताले एप स्टोरमा गएर ‘वैदेशिक रोजगार’ सर्च गरेर डाउनलोड गर्न सक्नेछन् ।

एपमार्फत वैदेशिक रोजगारीका लागि विज्ञापन छान्न, विज्ञापन आधिकारिक हो या होइन भन्ने जानकारी दिन, म्यानपावरबारे विस्तृत जान्न र सम्पूर्ण म्यानपावरको जानकारी लिन सकिनेछ । एपमा आफूले मन परेको देशको डिमाण्ड, सर्वाधिक धेरैले मन पराएको माग, तलब, पद तथा कम्पनीअनुसारको मागको विज्ञापन सजिलै छानेर हेर्न तथा सिधै म्यानपावर कम्पनीमा सम्पर्क गर्न सकिने फिचर उपलब्ध रहेको सञ्चालक अधिकारीले बताउनुभयो ।

वैदेशिक रोजगारमा जान चाहनेले ‘गुगल म्याप’को सहायताले सिधै म्यानपावर कम्पनीसम्म पुग्न सक्ने सुविधा एपमा रहेको छ । त्यस्तैगरी कुन देशमा कुनकुन पदमा केके डिमाण्ड आएका छन् भनेर हेर्न सकिने छ । यस्तै विदेशमा समस्यामा परेका नेपालीले विभिन्न निकायमा निवेदन दिने नमूूनाबारे जानकारी, वैदेशिक रोजगार बोर्डद्वारा जारी तालीम पाठ्यक्रम, वैदेशिक रोजगारसम्बन्धी ऐन÷कानूूनबारे जानकारीलगायत विभिन्न निकायका सम्पर्क नम्बर थाहा पाउन सकिने छ । एपमा इजजात प्राप्त म्यानपावरका सम्पर्क जानकारी, दूूतावास, अभिमुखीकरण संस्था, मेडिकल संस्थाबारे जानकारी र वैदेशिक रोजगारअन्तर्गत तालिम प्रदायक संस्थाबारे जानकारी पाउन सकिनेछ ।

यो पनि – साउनदेखि बढ्यो श्रमिकको न्यूनतम पारिश्रमिक

सरकारले वृद्धि गरेको निजी क्षेत्रका श्रमिकको न्यूनतम् पारिश्रमिक साउनदेखि कार्यान्वयनमा आएको छ । सरकारले यही साउन १ गतेदेखि लागू हुने गरी चिया बगानबाहेकका श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गरी मासिक रु १५ हजार पुु¥याएको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तरराष्ट्रिय मजदूर दिवसका दिन श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गरी रु १५ हजार पुु¥याउने घोषणा गर्नुभएको थियो । अब श्रमिकले आधारभूत पारिश्रमिकबापत रु नौ हजार ३८५ र महँगी भत्ताबापत रु पाँच हजार ६१५ गरी मासिक रु १५ हजार पाउने छन् । दैनिक ज्यालादारीमा काम गर्ने श्रमिकको आधारभूत पारिश्रमिक रु ३६१ र महँगी भत्ता रु २१६ गरी प्रतिदिन रु ५७७ पाउने छन् । यस्तै घन्टाको हिसाबले काम गर्ने श्रमिकको आधारभूत पारिश्रमिक रु ४८ र महँगी भत्ता रु २९ गरी प्रतिघन्टा रु ७७ पुुगेको छ ।

यसअघि श्रमिकको न्यूनतम पारिश्रमिक मासिक रु १३ हजार ४५० रहेको थियो । श्रम ऐन, २०७४ मा प्रत्येक दुई÷दुई वर्षमा श्रमिकको न्यूनतम पारिश्रमिक पुनरावलोकन गर्ने प्रावधान छ । श्रम ऐनअनुसार गत वर्ष नै न्यूनतम् पारिश्रमिक पुनरावलोकन हुनुुपर्ने भए पनि कोरोना महामारीका कारण अर्थतन्त्र ओरालो लागेको भन्दै सरकारले यस वर्ष मात्र पारिश्रमिक वृद्धि गरेको हो ।

रोजगारदाताले सरकारले तोकेको पारिश्रमिकका अतिरिक्त श्रम ऐन, २०७४, योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ र प्रचलित कानूनबमोजिम श्रमिकले पाउने सञ्चयकोष तथा उपदानलगायत सुविधा प्रदान गर्नुपर्ने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । सरकारले तोकेको न्यूनतम् पारिश्रमिकभन्दा कम पारिश्रमिक लिनेदिने गरी कुनै रोजगार सम्झौता गर्न नपाइने मन्त्रालयले स्पष्ट पारेको छ । श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धिसम्बन्धी सूचना २०७८ वैशाख २० गते राजपत्रमा प्रकाशित भइसकेको छ ।

चिया बगानका श्रमिकको पारिश्रमिक १२ हजार ८१

यसैबीच सरकारले चिया बगानमा काम गर्ने श्रमिकको न्यूनतम पारिश्रमिक तोकेको छ । श्रम मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै चिया बगानमा काम गर्ने श्रमिकको पारिश्रमिक मासिक रु १२ हजार ८१ तोकेको हो । यसअघि चिया बगानका श्रमिकको न्यूनतम् पारिश्रमिक मासिक रु ११ हजार ५६१ रहेको थियो । रासस