गोली लोड गरिएको कटुवा पे’स्तोलसहित दुई जना पक्राउ

गोली लोड गरिएको कटुवा पे’स्तोलसहित दुई जना पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुनसरीको कोशी गाउँपालिका–५ बाट कटुवा पो’स्तोलसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्थानीयवासी विध्यानन्द यादव र इन्द्रदेव यादव रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । जग्गाको विषयलाई लिएर दाजुभाइबीच वि’वाद हुँदा इन्द्रदेवले दाजु विध्यानन्दलाई ह’तियार देखाएको थियो । सोही विषयमा दाजु विद्यानन्दले प्रहरीमा उ’जूरी दिएका अधारमा गएको प्रहरीको टोलीले चेकजाँच गर्दा घरदेखि ३०० मिटर पूर्वमा रहेको आँपको फेदमा कालो प्लास्टिकमा बेरेर राखेको अवस्था एक राउन्ड गो’ली लोड भएको कटुवा पे’स्तोल ब’रामद भएको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो । आज पक्राउ परेकाको विषयमा हातहतियार खरखजनासम्बन्धी कसूरमा मुद्दा दर्ता गरेर अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

यसैगरी सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–५ बाट आज लागुऔषधसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्थानीयवासी १९ वर्षीय नसरुद्दिन मियाँ रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । गोप्य सूचनाका अधारमा गएको प्रहरीको टोलीले मियाँले चलाई ल्याएको को१ह ७८९७ नंको सिटीसफारीलाई चेकजाँच गर्दा ल’गुऔ’षध बरामद भएको थियो ।

मियाँका साथबाट प्रहरीले १९ बोतल डाइलक्स डिसी, नाइट्रोजन १० लेखिएको २०० पत्ता ट्याबलेट ब’रामद भएको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो । पक्राउ परेकाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

यो पनि – खैरहनीमा ट्याङ्करको ठक्करबाट एक जनाको मृत्यु

पूर्वी चितवनको खैरहनीमा ट्याङ्करको ठक्करबाट एक जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय खैरहनीका अनुसार मृत्यु हुनेमा खैरहनी नगरपालिका–१० की २२ वर्षीया सिर्जना चौधरी रहेकी छन् । कार्यालयका प्रहरी निरीक्षक सुवास भट्टका अनुसार आज साँझ ६ बजे मकवानपुरबाट रत्ननगरतर्फ आउँदै गरेको ना ८ ख ३०२४ नम्बरको तेल बोक्ने ट्याङ्करले विपरित दिशाबाट जाँदै गरेको ना ४४ प ५१२२ नम्बरको मोटरसाइकललाई खैरहनीको पर्सा बजार चोकमा ठक्कर दिएको थियो । ठक्करबाट मोटरसाइकलको पछाडि सवार चौधरी घाइते भएकी थिइन् । चौधरीको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार मोटरसाइकल चालक रत्ननगर नगरपालिका–३ का २६ वर्षीय सुवास चौधरी घाइते हुनुभएको छ । घाइते सुवासको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ठक्कर दिने ट्याङ्कर, चालक र मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको छ ।

यो पनि – काठे पुलबाट खसेर एकजना बेपत्ता

गोरखाको चुमनुब्री गाउँपालिका–३ घट्टेखोलास्थित ठाडो खोलामा रहेको काठको पुलबाट खसेर एक जना बेपत्ता भएका छन् । प्रदेश प्रहरी कार्यालय गण्डकीका अनुसार दिदीलाई घरबाट लिएर फर्कंदै गर्दा सोही गाउँपालिकाका ३० वर्षीय विजय गुरुङ अचानक पुलबाट खोलामा खसेर बेपत्ता भएका हुन् । साउन १ गते राति करीब १ बजेको समयमा पुलबाट खसेका गुरुङको जिल्ला प्रहरी कार्यालय गोरखाबाट खटिएको टोलीद्वारा खोजी भइरहेको छ ।

त्यसैगरी अविरल वर्षासँगै गएको पहिराले आज बिहान बागलुङ नगरपालिका–३ हाँडेपाखामा एउटा पिकअप जिपलाई क्षति पु¥याएको छ । पार्किङ गरिराखेको प्रदेश ०३–०१–०२२ च ९४१८ नंको सो जिप राखेको ठाउँमा पहिरासँगै ८०÷८५ मिटर तल पुगी पूर्णरुपमा क्षति भएको हो । उक्त घटनामा मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।

यो पनि – यस वर्षको मनसुनमा हालसम्म बाढीपहिराले आठ आयोजनामा क्षति

काठमाडौँ, २ साउन । यस वर्षको मनसुनमा हालसम्म विभिन्न आठ जलविद्युत् आयोजनामा क्षति पुगेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको विद्युत् विभागले गरेको अध्ययनमा ती आयोजनामा बाढी पहिराका कारण क्षति पुगेको पाइएको हो । विभागका अनुसार ती आयोजनाको क्षमता २०८ मेगावाट रहेको छ । विभागका अनुसार गत जेठ ३१ गते र असार १ गते लम्जुङको दोर्दी खोलामा आएको बाढी तथा पहिराका कारण १२ मेगावाट क्षमताको दोर्दी एक जलविद्युत् आयोजनामा क्षति पुगेको हो ।

यस्तै २७ मेगावाट क्षमताको हिमालयन पावर पार्टनर लिमिटेडले निर्माण गरिरहेको दोर्दी खोलामा समेत क्षति पुगेको छ । विभागका अनुसार २५ मेगावाट क्षमताको माथिल्लो दोर्दी, ५४ मेगावाट क्षमताको सुपर दोर्दी ‘ख’मा समेत क्षति पुगेको छ । सो नदी करिडोरमा निर्माण भइरहेका कूल चार आयोजनामा क्षति पुगेको विभागको अध्ययनमा देखिएको छ । यस्तै कलङ्गा खोला जलविद्युत् आयोजनामा समेत बाढीका कारण क्षति पुगेको छ । सो आयोजनामा समेत गत जेठ ३१ गते र असार १ गतेको बाढी पहिराले क्षति पु¥याएको हो । सो आयोजनाको क्षमता १५.३३ मेगावाट छ ।

विभागका अनुसार बाढी, पहिराका कारण २४ मेगावाट क्षमताको मादमे खोला, ७.२७ मेगावाट क्षमताको याम्लिङ खोला र ४४ मेगावाट क्षमताको सुपर मादीमा समेत ठूलो क्षति पुगेको छ । सो आयोजनाको निर्माण सामग्री र उपकरण बाढीले बगाएको छ । यस्तै बाँधस्थल तथा कफर ड्याममा समेत क्षति पुगेको छ । बाढीको पानी निर्माणाधीन विद्युत् गृहमा पसेको थियो भने प्रसारण लाइनमा सामान्य क्षति पुगेको छ । स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इपान)ले बाढी, पहिराका कारण क्षति पुगेका आयोजनालाई क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरेको छ । रासस

यो पनि – अत्यधिक वर्षाको कारण युरोपमा बाढी: १५३ जनाको मृत्यु

अत्यधिक वर्षाका कारण आएको भीषण बाढीमा परी जर्मनी १३३ व्यक्तिको मृत्यु भएको स्थानीय अधिकारीहरुले शनिबार जानकारी दिएका छन् । त्यसैसँगै यस प्रकोपबाट युरोप जम्मा १५३ जनाको मृत्यु भएको समाचारमा जनाइएको छ ।  धेरै क्षति जर्मनीमा भएको छ भने बेल्जियममा कम्तीमा २० जनाको मृत्यु हुनको साथै हराइरहेका मानिसहरूको सङ्ख्या बढी रहेको बताइएको छ ।

जर्मनीको वेस्ट फेलिया प्रान्तका नर्थ राइने बाढीको सबैभन्दा बढी प्रभाव परेको बताइएको छ । यस प्रकोपबाट यहाँ ९० व्यक्तिको मृत्यु भएका बताइएको छ । यस क्षेत्रमा यसअघि नै ४३ व्यक्तिको मृत्यु भएको राज्यका अधिकारीहरुले जानकारी दिएका थिए । नर्थ राइन वेस्ट फेलियाका प्रमुख आर्मिन लशेटले अति प्रभावित क्षेत्रमा पुगेका बेला मौसमको पराकाष्ठाको निम्ति जलवायु परिवर्तनलाई दोष दिनु भएको छ ।

यो पनि – भारतमा थप ३८ हजार ७९ नयाँ सङ्क्रमित

भारतमा कोरोनाभाइरसबाट नयाँ ३८ हजार ७९ जना सङ्क्रमित भएका छन् । सङ्घीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शनिबार दिएको जानकारीअनुसार अघिल्लो केही दिनयता दैनिक सङ्क्रमितको सङ्ख्याको तुलनामा गत २४ घण्टामा घटेको छ । भारतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या तीन करोड १० लाख ६४ हजार ९०८ पुगेको छ ।

भारतमा अहिले पनि कोरोनाभाइरसबाट सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या चार लाख २४ हजार २५ रहेको अधिकारीले जनाएका छन् । पछिल्लो एक दिनमा कोरोनाभाइरसका कारण थप ५६० जनाको मृत्यु भएको पनि मन्त्रालयले शनिबार जानकारी दिएको छ । कोरोनाभाइरसबाट मृत्यु भएकाको कुल सङ्ख्या भारतमा अहिलेसम्म चार लाख १३ हजार ९१ पुगेको पनि सो मन्त्रालयले जनाएको छ ।

भारतको चिकित्सा अनुसन्धान परिषद्ले अहिलेसम्म कुल ४४ करोड २० लाख २१ हजार ९५४ जनाको स्वाब परीक्षण गरिएको छ । ती मध्ये १९ लाख ९८ हजार ७१५ जनाको स्वाब परीक्षण जुलाई १६ का दिन भएको छ । त्यसैगरी भारतमा अहिलेसम्म ३९ करोड ९६ लाख ९५ हजार ८७९ ओटा कोरोना भाइरसविरुद्धको खोप प्रयोग भएको छ । ती मध्ये ४२ लाख १२ हजार ५५७ जनालाई पछिल्लो २४ घण्टामा खोप लगाइएको छ ।

यो पनि – भारतमा कोरोनाको तेस्रो लहरको ख’तरा, आगामी १०० दिनमा बढी जोखिम रहेको भनाई

भारतको सरकारले नै कोभिड १९ को महामारीको तेस्रो लहरको ख’तरा रहेको सरकारले जनाएको छ । भारतको सरकारले नै भारतमा महामारीको तेस्रो वेभ आउनसक्ने बताएको हो । सरकारले नागरिकहरुलाई महामारीबाट बच्न आवश्यक सतर्कता अपनाउनुपर्नेमा जोड दिएको हो । भारत सरकारको स्वास्थ्य सम्बन्धी अनुसन्धान गर्ने निकाय नेशनल इन्स्टिच्युट फर ट्रान्सफरमिङ इन्डियाका सदस्य भि के पाउलले सो चे’तावानी दिनुभएको हो । उहाँले अहिलेको अवस्थामा थप सतर्कता अपनाउने र आवश्यक तयारी नगर्ने हो भने भारतमा तेस्रो वेभको ख’तरा रहेको छ र त्यो वेभ आगामी १०० देखि करिब १२५ दिनमा आउन सक्ने बताउनुभएको छ ।

उहाँले भन्नुभएको छ–हाम्रो जनसंख्या धेरै छ र यसका कारण यहाँको अवस्था निकै ख’तरा पनि हुनसक्छ र हामीले यस विषयमा आवश्यक सतर्कता अपनाउन सकेर्नाैँ भने यसले हामीलाई ठूलो क्षति दिन सक्ने छ । हालै विश्व स्वास्थ्य संगठनले कोभिड १९ को विश्वको अवस्थाको मूल्यांकन गर्दै आगामी दिनमा पनि यो चुनौती रहेको बताएको थियो ।

विश्व स्वास्थ्य संगठनले पनि अहिले विश्वका कतिपय देशमा देखिएको यो महामारी विरुद्धको सतर्कताको अवस्था हेर्दा त्यो पर्याप्त नभएको र आवश्यक मात्रामा आगामी दिनमा थप सतर्कता अपनाउनुपर्ने बताएको थियो । यसअघि पनि भारतका अधिकारीहरुले आगामी अगष्ट महिनाको अन्त्यतिरबाट यो भारतमा कोभिड १९को तेस्रो वेभ आउन सक्ने ख’तरा रहेको बताउँदै आएका थिए ।

यो पनि – चीनबाट साउन १५ गतेभित्र ३२ लाख खोप ल्याउने, कोभिशिल्डको दोस्रो मात्रा पनि चाँडै

सरकारले चीनबाट यही साउन १५ गतेभित्र ३२ लाख मात्रा कोरोना भाइरसविरुद्धको खोप ‘भेरोसेल’ ल्याउने भएको छ । चीनसँग खरिद गरिएको खोप नेपाल वायुसेवा निगमको वाइडबडी जहाजबाट नियमित चार उडानमार्फत यही साउन १५ गतेभित्र ल्याउन लागिएको हो । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले चीनबाट खरिद गरिएको खोप निगमको जहाजबाट नियमित ल्याउन थालिएको जानकारी दिनुभयो । गत असार २५ गतेदेखि चीनबाट खरिद भएको खोप ल्याउन शुरु गरिएकामा पुनः आगामी बुधबार (यही ६ गते साउन) जहाज चीनतर्फ जाने भएको उहाँले बताउनुभयो । निगमको वाइडबडी जहाजले यही साउन ६ गतेदेखि तीन उडानमार्फत नियमित खोप ल्याउने छ ।

उहाँका अनुसार चीनसँग खरिद गरिएको खोप लिन यही साउन ७ गते पौनै ६ः०० बजे गएर अर्काे दिन अर्थात् साउन ७ गते बिहान खोप लिएर जहाज नेपाल आउने छ । यस्तै साउन ७ गते पुनः जहाज गएर ८ गते र ९ गते १० गते खोप नेपाल ल्याइने छ । यसअघि असार २५ गते आठ लाख खोप चीनबाट आएको थियो ।