जसपाको उपेन्द्र यादव समूह सरकारमा सहभागी हुँदै

जसपाको उपेन्द्र यादव समूह सरकारमा सहभागी हुँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

राष्ट्रिय जनता पार्टी नेपाल (जसपा)को उपेन्द्र यादव समूहको संसदीय दलको बैठकले वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको छ । जसपाको तत्काल कायम रहेको सांसद सङ्ख्याको बहुमत सांसद सहभागी संसदीय दलको बैठकले सरकारमा सहभागी हुने निर्णय गरेको हो । जसपाका कार्यकारिणी सदस्य एवम् सांसद मोहम्मद इस्तियाक राईले पार्टीको तत्काल कायम ३२ सांसदमध्ये १९ जनाको उपस्थितिमा सम्पन्न बैठकले सत्ता पक्षको बेञ्चमा बस्ने निर्णय गरेको जानकारी दिनुभयो । उहाँका अनुसार न्यूनतम साझा कार्यक्रमका आधारमा पार्टीका मुद्दालाई उठाएर सरकारमा सहभागी जनाइने बैठकले निर्णय गरेको छ । पुनस्र्थापित प्रतिनिधिसभाको बैठक आइतबार अपराह्न बस्दैछ ।

जसपाको पार्टी आधिकारिताको विवाद निर्वाचन आयोगमा टुङ्गो लागेको छैन । आयोगले आइतबारदेखि पार्टीको विवादका सम्बन्धमा गठन गरेको इजलासबाट छलफल हुने र तीन दिनभित्र निर्णय आउने जनाइएको छ । जसपा यादव समूहको आजको बैठकमा १७ सङ्घीय सांसद र तीन राष्ट्रियसभाका सदस्य गरी १९ सदस्य सहभागी भएको सांसद राईले बताउनुभयो । जसपाको दुवै सदनका सांसदको सङ्ख्या ३५ छ । सङ्घीय सांसद ३२ र राष्ट्रियसभामा तीन सांसद हुनुहुन्छ । पार्टीका अर्का अध्यक्ष महन्थ ठाकुरका पक्षका केही सांसद पनि यादव पक्षमा आउनुभएको जनाइएको छ ।

सरकारमा सहभागी हुँदा यादव पक्षले सरकारका न्यूनतम साझा कार्यक्रमका साथै संविधान संशोधन, नागरिकता विधेयक, कार्यकर्तामाथि लागेको मुद्दा, मुस्लिम, जनजातिको पर्वबिदालगायत विषय उठाउने भएको छ । पार्टीको कार्यकारिणी समितिको बैठक आगामी सोमबार बोलाइएको कार्यकारिणी समिति सदस्य राईले जानकारी दिनुभयो । रासस

यो पनि – ललितपुर महानगरपालिकाकोे बजेट पारित: पूर्वाधार र सम्पदा संरक्षण प्राथमिकतामा

ललितपुर महानगरपालिकाले आर्थिक वर्ष २०७८÷०७९ का लागि पाँच अर्ब ५५ करोड ५५ लाखकोे बजेट पारित गरेको छ ।

महानगरपालिकाको सम्पन्न छैटौँ नगरसभाले सो बजेट पारित गरेको महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले जानकारी दिनुभयो । उहाँका अनुसार विनियोजित बजेटमध्ये चालू खर्चतर्फ रु ९१ करोड ६१ लाख ५७ हजार र पूँजीगत खर्चतर्फ रु तीन अर्ब २४ करोड ३० लाख छुट्याएको छ । पूर्वाधार र मूर्त तथा अमूर्त सम्पदा संरक्षणलाई प्राथमिकतामा राखेको प्रमुख महर्जनले बताउनुभयो । “पूर्वाधार निर्माणसँगै मूर्त तथा अमूर्त सम्पदा संरक्षणलाई प्राथमिकतामा राखेका छौँ”, उहाँले भन्नुभयो, “विकास सूचकांकको आधारमा महानगरपालिकाले वडालाई तीन भागमा वर्गीकरण गरेर बजेट विनियोजन गरेको छ ।”

वडालाई तीन भागमा वर्गीकरण गरेर बजेट विनियोजन

महानगरपालिकाले वडालाई तीन भागमा वर्गीकरण गरेर बजेट विनियोजन गरेको छ । १३ वटा वडालाई सबैभन्दा बढी रु तीन करोड २५ लाख, आठ वटा वडालाई रु दुई करोड ५० लाख र सातवटा वडालाई रु दुई करोड १५ लाख बजेट विनियोजन गरिएको छ । महानगरपालिकाका प्रमुख महर्जनका अनुसार वडा नं १२, १६, १८, २०, २१, २२, २३, २४, २५, २६, २७, २८ र २९ मा रु तीन करोड २५ लाख, बडा नं २, ३, ४, ५, ९, १३, १५ र १७ मा रु दुई करोड ५० लाख तथा वडा नं १, ६, ७, ८, १०, ११ र १९ मा दुई करोड १५ लाखका दरले बजेट विनियोजन भएको छ ।

महानगरपालिका बनाउने क्रममा गाभिएका वडामा धेरै काम गर्न बाँकी रहेकाले बढी बजेट विनियोजन गरिएको प्रमुख महर्जनले बताउनुभयो । यसैगरी महानगपालिकाले महानगरीय योजनाअन्तर्गत वडा नं ११ मा विद्युतीय शवदाह गृह निर्माणका लागि रु एक करोड बजेट विनियोजन गरिएको छ । शवदाह गृह सञ्चालनका लागि शवदाह यन्त्र सहयोगस्वरुप प्राप्त गर्ने पनि उहाँले जानकारी दिनुभयो ।

त्यसैगरी महानगरपालिकाले लगनखेलस्थित सप्तपातल र राजदलगण परिसरमा रहेको पोखरी निर्माणका लागि रु पाँच करोड बजेट छुट्याएको छ । वडा नं २१ मा रुद्रायणी र वडा नं १३ मा पञ्चेश्वर महादेव मन्दिर पुनर्निर्माण, वडा नं २४ मा आयुर्वेदिक अस्पताल र वडा नं २७ स्थित कृष्ण मन्दिर पुनर्निर्माणसमेत यस आवमा शुरु गरिने महानगरपालिकाको योजना छ । महानगरपालिकाले चक्रपथमा स्मार्ट सडकबत्ती जडानका लागि रु सात करोड र कोभिड विशेष कार्यक्रमका लागि रु पाँच करोड छुट्याएको प्रमुख महर्जनले जानकारी दिनुभयो ।