१९ दिन देखि हराई रहेकी बिना सापकोटा नारायणी नदि तर्फ जादै गरेको सिसिटिभी फुटेजमा देखियो (भिडियो)

१९ दिन देखि हराई रहेकी बिना सापकोटा नारायणी नदि तर्फ जादै गरेको सिसिटिभी फुटेजमा देखियो (भिडियो)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, २ साउन । गैंडाकोटको जनक कलेजमा बिबिएस तेस्रो वर्षमा अध्ययनरत पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका–४ की २१ वर्षीया बिना सापकोटा असार १४ गतेदेखि भरतपुरबाट बे.पत्ता भएको उनको परिवारले जनाएको छ । परिवारका अनुसार असार १४ गते दिउसो आधा घण्टामा घर फर्किन्छु भनेर साथिसंग निस्किएकी बिना अहिले सम्म फर्किएकी छैन ।

परिवारको उजुरीका आधारमा प्रहरीले खोजीसँगै उनका प्रेमी भनिएका भरतपुर महानगरपालिका–४ का प्रवेश कँडेललाई पक्राउ गरेर अनुसन्धान थालेको छ । तर अहिले सम्म बिनाको अवस्था थाहा नभएको प्रहरीले जनाएको छ । बिनाको परिवारका अनुसार बिनाको प्रेमीसंग उनि हराउनु अघिल्लो रात फोनमा धेरै पटक कुरा गरेको खुल्न आएको छ । तर प्रेमीले भने आफुलाई थाहा नदि भागेको बताउदै आएका छन ।

बिनाको ५० वर्षीय बुबा जयश्वर सापकोटाका अनुसार छोरी बिना सापकोटाको खोजीमा निस्केको १९ दिन पूरा भैसक्क्यो तर अत्तोपत्तो केही फेला पार्न सकेका छैन। गैँडाकोट इलाका प्रहरी कार्यालय, चितवन जिल्ला प्रहरी कार्यालय बिनाको खोजीमा जुटेको जयश्वरले बताए । बिनाको बुबाले जिल्ला प्रहरी कार्यालय चितवनमा लिखित जाहेरी दिएर छोरीको खोजी गर्न अनुरोध गरेका थिए । बिना गा.यव भएको आज १९ दिन भैसक्दा पनि सम्पर्कमा आउन सकेको छैन । तर पछिल्लो पटक बिना नारायणी नदि तर्फ जादै गरेको सिसिटिभी फुटेजमा देखिएको छ ।

प्रहरीले खोजी गर्ने क्रममा नारायणी नदि किनार नजिक एक पसलेले राखेको सिसीटिभी फुटेजमा राती ८ बजेर ४१ मिनेट जादा बिना नारायणी नदि किनार तर्फ जादै गरेको देखिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी सुर्य बहादुर थापाले जानकारी दिए । तर उक्त सिसिटिभी फुटेज भने प्रहरीले सार्बजनिक गरेको छैन ।