१९ करोड ४३ लाखको चेकसहित मिटरब्याजी पक्राउ

१९ करोड ४३ लाखको चेकसहित मिटरब्याजी पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले रु १९ करोड बढी रकमको चेकसहित एक मिटर ब्याजीलाई काठमाडौँको चाबहिलबाट पक्राउ गरेको छ । दोलखाको मेलुङ घर भई हाल ललितपुरको भैँसेपाटी बस्ने ३३ वर्षीय गणेश उप्रेतीलाई पक्राउ गरिएको ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महत्तोले जानकारी दिनुभयो । दोलखा घर भई भक्तपुर बस्ने प्रकाश कार्की र रामेछाप घर भई काठमाडौँ बस्ने हेमरा गुभाजुले लिएको ऋणमा उनले चर्को मिटरब्याज लगाएका थिए । प्रकाशबाट पटकपटक गरी रु चार करोड १६ लाख रकमको चेक र हेमराज गुभाजुबाट रु चार करोड १४ लाखको चेक लिई रकम दिन मानसिक दबाब दिँदै आएको खुलेको छ ।

उनले पीडितलाई त्रासमा पारी बाहिर हिँड्डुल र घुमफिर गर्नसमेत बन्देज गराई आपराधिक गिरोहसमेतको प्रयोग गरी ज्यान मार्नेसम्मको धम्की दिएको भन्ने जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको हो । उनको साथबाट विभिन्न व्यक्तिका नाममा रहेको रु १९ करोड ४३ लाख ६१ हजार ८६० बराबरको चेकसमेत बरामद गरिएको छ । प्रतिवादीले अन्य व्यक्तिसमेतलाई चर्को मिटर ब्याजमा रकम दिने गरेको अनुसन्धानमा खुलेको छ ।

यसैबीच महोत्तरीको पिपरा गाँउपालिकाका फरार प्रतिवादी सन्तोषकुमार मिश्रलाई आज प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले काठमाडौँबाट पक्राउ गरेको छ । काठमाडौँको बूढानिलकण्ठ नगरपालिका–८ हात्तीगौँडामा लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरी आजै फैसला कार्यान्वयनका लागि जिल्ला प्रहरी कार्यालय महोत्तरी पठाइएको ब्यूरोले जनाएको छ । लेनदेन बिगो मुद्दामा रु ३५ लाख र त्यसको ब्याजसमेत भराउने गरी महोत्तरी जिल्ला अदालतले फैसला गरे पनि उनी फरार हुँदै आएका थिए । रासस

यो पनि – ब्राउनसुगरसहित चार पक्राउ

बेलका नगरपालिका–९ भतुवाबाट गएराति गोप्य सूचनाका आधारमा ला’गुऔ’षध ब्रा’उनसुगरसहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार ब्रा’उनसुगरसहित पक्राउ पर्नेमा बेलका–२ का ३७ वर्षीय विनोद परियार, बेलका–९ का ३६ वर्षीय दिनेश खड्का, बेलका–७ का २८ वर्षीय मेजरमान राई र अर्का २९ वर्षीय जीवन राई रहेका छन् । गएराति १०ः०० बजेतिर इलका प्रहरी कार्यालय रामपुर ठोक्सिलाले गो’प्य सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरेको र उनीहरुका साथबाट झण्डै ७५ मिलिग्राम ब्राउनसुगर बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले बताउनुभयो ।

पक्राउ गरिएका अभियुक्तले भारतबाट सप्तरीको बाटो हुँदै ब्रा’उनसुगर बेलका भित्र्याइएको प्रहरीले प्रारम्भिक अनुसन्धानबाट पुष्टि गरेको छ । पक्राउ गरिएको चारैजना व्यावसायिक लागुऔषध ओसारपसार पेशामा संलग्न रहँदै आएको र गएराति पनि गो’प्य सूचनाका आधारमा उनीहरुले कारोबार गर्दै गर्दा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पक्राउ गरिएकालाई आजै प्रहरीले जिल्ला अदालतमा म्याद थप गरेर ला’गुऔ’षधसम्बन्धी मुद्दा दर्ता गरेको प्रहरीले जनाएको छ ।