मृत रेडपाण्डासहित दुई जना पक्राउ

मृत रेडपाण्डासहित दुई जना पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ महानगरपालिका–१५ स्थित विष्णुमती कोरिडोरबाट मृत रेडपान्डासहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछाप दोरम्बा घर भई काठमाडौँ बस्ने उमेश विसुन्के र दोलखा तामाकोसी घर भई काठमाडौँको गौशाला बस्ने अर्जुन मगराति रहेका छन् । उनीहरूका साथबाट मृतावस्थामा रहेको दुई रेडपान्डा बरामद गरिएको प्रहरीले जनाएको छ ।

रेडपान्डाको छाला बिक्री गर्न लागेको भन्ने सूचनाका आधारमा खोजतलास गर्दा झोलाभित्र लुकाईछिपाईकन राखेको अवस्थामा मृत रेडपान्डा फेला परेको महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिनुभयो । पान्डाको पेटको अङ्ग झिकिएको र बाहिरी छालाको भाग सुकाइएको अवस्थामा फेला पारिएको परिसरले आज एक सूचना जारी गरी जनाएको छ ।

यसैबीच गएराति महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरी टोलीले नागार्जुन नगरपालिका–४ बाट चोरिएका पाँचवटा मोबाइलसहित दुई जनालाई पक्राउ गरेको छ । शङ्कास्पद अवस्थामा हिँडिरहेका उनीहरुमाथि जाँच गर्दा उक्त मोबाइल फेला परेको हो । उनीहरू यसअघि पनि मोबाइल चोरीमा संलग्न भएको खुल्न आएको छ । पक्राउ पर्नेमा मकवानपुरका राजेश गोपाली र कैलालीको दीपक नेगी रहेका छन् । दुवै घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको परिसरले जानकारी दिएको छ ।

यो पनि – चितवनमा गैँडाको आ’क्रमणबाट वृद्धको मृत्यु

पूर्वी चितवनमा गैँडाको आ’क्रमणबाट एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका–११ का ७५ वर्षीय रोहीका कुमाल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका अनुसार स्थानीय पञ्चकन्या सामुदायिक वनमा निउरो टिप्न गएको समयमा कुमाललाई गैँडाले आज अपराह्न २ः४० बजे आक्रमण गरेको थियो । आ’क्रमणमा परी घाइते भएका कुमालको उपचारका क्रममा भरतपुर अस्पतालमा ३ः४५ बजे मृत्यु भएको हो ।

यो पनि – कोहलपुरमा सुतिरहेकी वृद्धाको धा’रिलो ह’तियार प्रहार गरि ह’त्या

बाँकेको कोहलपुर नगरपालिका– ११ एकतानगरका एक वृद्धाको ह’त्या भएको छ । इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले एकतानगरका ८२ वर्षीया साउनी कार्की मृतावस्थामा आज फेला परेकोे जानकारी दिनुभयो । उहाँले घरमा सुतिरहेकी कार्कीमाथि धा’रिलो ह’तियार प्रहार भएको र ह’त्यापछि मृत’कका साथमा रहेको नगद र सुनको गरगहना लगेको बताउनुभयो । अहिले कोहलपुर क्षेत्रमा प्रहरी परिचालन गरी घटनाको अनुसन्धान भइरहेको प्रनाउ खनालले बताउनुभयो ।