प्रधानमन्त्री देउवालाई पाकिस्तानी समकक्षीको बधाई

प्रधानमन्त्री देउवालाई पाकिस्तानी समकक्षीको बधाई

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

प्रधानमन्त्री शेरबहादुर देउवालाई सङ्घीय संसद्को प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नुभएकामा पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बधाई ज्ञापन गर्नुभएको छ ।  प्रधानमन्त्री खानले आज बिहान ट्वीट गर्दै नेपालसँगको हार्दिक सम्बन्ध अझ प्र्रगाढ बनाइने जनाउनुभएको छ । उहाँले साझा चासोका विषयमा नेपालसँग अझ नजिक रहेर कार्य गरिने विश्वास पनि व्यक्त गर्नुभएको छ ।

यो पनि – प्रधानमन्त्री देउवालाई भारतीय समकक्षीबाट बधाई

काठमाडौँ, ४ साउन । प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई ज्ञापन गर्दै कार्यकालको सफलताको कामना गर्नुभएको छ । प्रधानमन्त्री देउवाले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गरेको केही क्षणमै सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री मोदीले आफ्ना नेपाली समकक्षीमा शुभकामना व्यक्त गर्नुभएको हो । सबै क्षेत्रमा बहुआयामिक भारत र नेपालबीचको जनस्तरको प्रगाढ एवं अद्वितीय सम्बन्धलाई अझ सुदृढ तुल्याउन प्रधानमन्त्री देउवासँगको सहकार्यका निम्ति आफू प्रतीक्षारत रहेको बताउनुभएको छ । त्यसैबीच प्रधानमन्त्री देउवाले पनि शुभेक्षाका निम्ति प्रधानमन्त्री मोदीप्रति आभार व्यक्त गर्नुभएको छ । सामाजिक सञ्जालबाटै उहाँले दुवै देशबीचको सम्बन्धलाई सबल तुल्याउन प्रधानमन्त्री मोदीसँग निकट सम्पर्कमा रहेर काम गर्ने आफ्नो अभिलाषा प्रकट गर्नुभएको छ । रासस

यो पनि – प्रधानमन्त्री देउवालाई १६५ सांसदद्वारा विश्वासको मत

काठमाडौँ, ३ साउन (रासस) : प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ । प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधानअनुसार प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा उहाँले विश्वासको मत लिनुभएको हो ।

आज भएको मतदानमा प्रधानमन्त्रीका पक्षमा १६५ मत र विपक्षमा ८३ मत परेको छ । मतदानमा २४९ सांसदले भाग लिनुभएको थियो । सभामुख अग्निप्रसाद सापकोटाले एकजना सांसदले मतदान नगर्नुभएको जानकारी दिनुभयो । सभामुखले नेपालको संविधानको धारा ७६ को उपधारा ६ बमोजिम प्रधानमन्त्री देउवाले विश्वासको मत प्राप्त गर्नुभएको घोषणा गर्नुभयो ।

प्रतिनिधिसभामा नेकपा (एमाले)का १२१, नेपाली कांग्रेस ६१, नेकपा (माओवादी केन्द्र) ४९ र जनता समाजवादी पार्टी नेपालका ३४, नेपाल मजदूर किसान पार्टी, राष्ट्रिय जनमोर्चा र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक–एक तथा स्वतन्त्र एक सांसद छन् । गत असार २८ गते अदालतको फैसलाबाट प्रतिनिधिसभा पुनस्र्थापित भएपछि असार २९ गते प्रधानमन्त्रीमा देउवा नियुक्त हुनुभएको थियो । संविधानको धारा ७६ (५) बमोजिम नियुक्त प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था छ । प्रतिनिधिसभाको अर्काे बैठक यही साउन ८ गते दिनको १ बजे बस्नेछ ।

यो पनि – प्रधानमन्त्री देउवालाई जसपाको समर्थन

जनता समाजवादी पार्टी(जसपा)का अध्यक्ष महन्थ ठाकुरले आफ्नो दलले प्रधानमन्त्री शेरबहादुर देउवालाई समर्थन गर्ने स्पष्ट गर्नुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पष्ट पार्न विश्वास मतका लागि पेश गर्नुभएको प्रस्तावमाथिको छलफलमा उहाँले नेपाली कांग्रेसले मतका लागि गरेको लिखित पत्राचारका आधारमा पार्टीले समर्थन गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।

पूर्वप्रधानमन्त्री केपी शर्माले पार्टीले उठाएका केही विषय सम्बोधन गरेको स्मरण गर्दै उहाँले विगतका सरकारले मधेश आन्दोलनका सम्बन्धमा भएका सहमति कार्यान्वयन नभएकाप्रति गम्भीर ध्यानाकर्षण गराउनुभयो । सोही दलका सङ्घीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले संविधानको भावना विपरीत प्रतिनिधिसभा पटकपटक विघटन गर्ने कार्यले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो तुल्याउन नसक्ने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “सर्वाेच्चको फैसलाले देश र सबै नागरिकको हित गरेको छ, त्यसको सम्मान गरौँ, संरक्षण गरेर अघि बढौँ । जनताको सार्वभौमस्थल प्रतिनिधिसभालाई नमान्नेविरुद्ध निर्णय आएको छ ।”

गत पुसदेखि जेठसम्ममा भएका निर्णय मुलुक र लोकतन्त्र विरुद्धमा गएपछि अदालतले त्यसलाई रोक्न सफल भएको बताउँदै पूर्वप्रधानमन्त्री भट्टराईले दलहरू एक ठाउँमा उभिएर संविधान र लोकतन्त्रलाई बचाउने कार्यमा योगदान पु¥याउन आग्रह गर्नुभयो । मधेश मुद्दालाई सत्तामा चढ्ने भ¥याङ नबनाउन सुझाव दिँदै उहाँले सहमति कार्यान्वयनमा इमान्दर हुन सरकारसँग आग्रह गर्नुभयो । रासस