मेची अस्पतालका डा कपुरीमाथि कु’टपिट

मेची अस्पतालका डा कपुरीमाथि कु’टपिट

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा, ४ साउन । मेची अस्पताल भद्रपुरका डा केवल कपुरीमाथि बिरामीका कुरुवाले कु’टपिट गरेका छन् । उहाँलाई हल्दिबारी गाउँपालिकाका ४० वर्षीय पुष्पराज निरौलाले आइतबार राति आकस्मिक उपचार कक्षमा कु’टपिट गरेका हुन् । श्रीमती बिरामी भएपछि उपचारका लागि अस्पतालको आकस्मिक कक्षमा भर्ना गरेका निरौलाले उपचारमा संलग्न डा कपुरीमाथि अनावश्यक विवाद गरी कु’टपिट गरेको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ड डा टङ्कप्रसाद बाह्रकोटीले बताउनुभयो ।

“हामीले असुरक्षा महसुस गरिरहेका छौं”, उहाँले भन्नुभयो, “बिरामीको उपचार गर्नु हाम्रो कर्तव्य हो, हामी कर्तव्यबाट च्यूत हुँदैनौं, तर उपचार गर्ने डाक्टरमाथि बिना कारण अस्पतालमै कु’टपिट गर्ने जुनसुकै दोषीमाथि कडा का’रवाही हुनुपर्छ ।” डा कपुरीले घटनाका दोषीमाथि का’रवाही गरिपाउँ भनी आजै जिल्ला प्रहरी कार्यालयमा उजूरी दिनुभएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राकेश थापाले उजूरीका आधारमा घटनाको छानबिन गरी दोषी देखिए का’रवाही गर्ने जानकारी दिनुभयो । घटनाको छानविन भएर दोषीलाई का’रवाही नभएसम्म स्वास्थ्यकर्मीले अस्पतालका सम्पूर्ण आकस्मिक सेवा बन्द गरेका छन् । रासस

यो पनि –सुदूरपश्चिममा ढिलो मनसुन शुरु

सुक्खा मौसमले चिन्तित कैलाली र कञ्चनपुर जिल्लाका किसान साउन लागेसँगै भएको मनसुनी वर्षाले खुशी भएका छन् । ती दुई जिल्लामा असार महिनाभरी पर्याप्तमात्रामा वर्षा हुन नसक्दा खडेरीले धान बालीमा प्रतिकूल असर पुगेको जनाउँदै किसान चिन्तित देखिएका थिए । “पर्याप्त पानी नपर्दा धान रोपाइँ गरिएको खेतमा चिरा परेर बाली बिग्रिन लागेको चिन्ता थियो”, धनगढी उपमहानगरपालिका–१३ किसान मोहन पाण्डेयले भन्नुभयो, “साउन लागेसँगै पर्याप्त वर्षा भएपछि अब बाली सप्रिने आसा जगाएको छ ।”

भरपर्दो सिँचाइ सुविधाको अभाव झेल्दै आएका ती जिल्लाका अधिकांश किसान आकासको पानीको भरमा धान रोपाइँ गर्दछन् । पर्याप्त पानी नहुँदा धान खेतमा झारपात उम्रिने र रोग किराको समस्या देखिने चिन्ता तीन दिनयता वर्षा भइरहँदा हटेको किसान अमरबहादुर चौधरीले बताउनुभयो ।  नेपालमा मनसुन वर्षेनी जुन १० मा प्रवेश गरेर सेप्टेम्बर २३ सम्म रहने गर्छ । सुदूरपश्चिम प्रदेशमा भने केही दिन ढिलो मनसुन प्रवेश गर्ने गर्दछ । यस वर्ष भने जुन १० गते नै मनसुन प्रवेश गरे पनि पर्याप्त वर्षा हुन नसक्दा प्रदेशका तराईका जिल्लामा असार महिनामा सुक्खा र खडेरीको मौसम देखिएको थियो । प्रदेशका पहाडी जिल्लामा भने मनसुनी वर्षाको प्रभाव तराईका जिल्लाको तुलनामा केही बढी देखिएको थियो । तराईमा देखिएको सुक्खा मौसमसँगै भएको उखरमाउलो गर्मीले जनजीवन पनि नराम्रोसँग प्रभावित भएको थियो ।

अत्तरियास्थित जल तथा मौसम विज्ञान विभागको महाकाली बेसिन फिल्ड कार्यालयले यस वर्ष मनसुन समयमै भित्रिएको भए पनि पश्चिमी वायुको प्रभावका कारण कैलाली र कञ्चनपुरलगायतका क्षेत्रमा जुन १० देखिको एक महिनासम्म ठूलो मनसुनी वर्षा हुन नसकेको जनाएको छ । “मनसुन जुन १० मा भित्रिएको भए पनि पश्चिमी वायुको प्रभावका कारण ठूलो वर्षा हुन सकिरहेको थिएन”, कार्यालयका सूचना अधिकारी सिङ्गल चौधरीले भन्नुभयो, “साउन लागेसँगै ठूलो वर्षा भइरहेको छ ।”

यस वर्ष गएको जुन १० देखि जुलाई १० सम्मको एक महिनामा जम्मा ३८० मिलिमिटर वर्षाको मापन भएको थियो । जबकी पछिल्लो पाँच दिनमै २९४ दशमलव पाँच मिलिमिटर वर्षा मापन भएको छ । गत वर्षको जुलाई १० सम्म पनि ठूलो वर्षा हुन सकेको थिएन । सुदूरपश्चिम प्रदेशको अत्तरिया, डडेलधुरा र दीपायलमा जल तथा मौसम विज्ञान विभागका फिल्ड कार्यालय सञ्चालनमा छन् ।

वर्षेनी जलवायुमा भइरहेको परिवर्तनका कारण चाहिएको समयमा वर्षा नहुने, वर्षा भइहालेमा बाढी र डुबानको ठूलो समस्या सिर्जना हुने बताइएको छ । यसैगरी बेमौसमा चक्रवात र आँधीबेहरीको समस्या देखिने, बालीमा विभिन्न रोगको सङ्क्रमणको समस्याका साथै मित्र जीवभन्दा शत्रु जीवको समस्या बढी हुने जस्ता समस्या देखिन थालेको छ । रासस