दाउद मियाँको ह’त्या आरोपित पाँचजना पक्राउ

दाउद मियाँको ह’त्या आरोपित पाँचजना पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सप्तरीको खडक नगरपालिका–९ का ७० वर्षीय दाउद मियाँको ह’त्या आरोपमा सप्तरी प्रहरीले आज पाँच जनालाई पक्राउ गरेको छ । हत्या आरोपमा प्रहरीले सप्तरीको खडक नगरपालिका–९ का ३२ वर्षीय नजबुल मियाँ, सोही ठाउँका ६० वर्षीय रफु भनिने रफुवा मियाँ, ४२ वर्षीय इजराइल मियाँ, ५५ वर्षीय वालिस भनिने कालिस मियाँ र उनको छोरा ३२ वर्षीय जाकिर मियाँलाई पक्राउ गरेको सप्तरी प्रहरीले जनाएको छ ।

वैदेशिक रोजगारीमा भएको ठगीका कारण उत्पन्न वि’वादका क्रममा गत शुक्रबार दाउदको ह’त्या भएको थियो । घटनापछि फरार आरोपितहरुलाई पक्राउ गर्न इलाका प्रहरी कार्यालय कल्याणपुरका उमाशङ्करप्रसाद साह, इलाका प्रहरी कडरबोनाका प्रहरी निरीक्षक वीरेन्द्र पासवान र इलाका प्रहरी भेडियाका प्रहरी नायब निरीक्षक सागिर राइनको टोलीले विशेष सुराकहरुका आधारमा आ’रोपितहरुलाई पक्राउ गरेको जनाइएको छ ।

यो पनि – जापान पठाइदिने भन्दै ४० लाख ठगी गर्ने चार जना पक्राउ

नेपाल प्रहरीले जापान पठाइदिने भन्दै विभिन्न व्यक्तिसँग रु ३९ लाख ६८ हजार ९९६ ठगी गर्ने चार जनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखा नयाँ बानेश्वरको टोलीले सामाजिक सञ्जालको प्रयोग गरी विभिन्न व्यक्तिसँग ठगी गर्ने मकवानपुरका ३७ वर्षीय शुभद्रा परियार, ईलामका ३३ वर्षीय पुजा राई, सिन्धुपाल्चोकका ३३ वर्षीय राजेन्द्र ढकाल र भक्तपुरका २१ वर्षीय दीपिका केसीलाई आज काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

सामाजिक सञ्जाल फेसबुकमा ‘टानाकायोका’ को नामबाट फेसबुकको प्रयोग गरी आफू जापानको अध्यागमनमा काम गर्ने नागरिक हो भन्दै ‘वर्किङ भिसा’ प्रक्रियाका लागि रकम पठाउनुपर्छ भनी ठगी गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । उनीहरुले पीडितलाई पैसा आफ्नो खातामा राख्न लगाएर जापान नपठाइ ठगी गरेको प्रहरीको भनाइ छ । पक्राउ परेका चारै जनालाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौँ पठाएको उक्त महाशाखाले जनाएको छ ।

क्रेनको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौँको नयाँ बजारमा क्रेनको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । पक्राउ काठमाडौँ महानगरपालिका–२६ मनाङगेट अगाडि सडकमा प्रदेश–३–०१–००३ क ४९९४ नम्बरको क्रेनले प्रदेश–२–०१९ प ९९५९ नम्बरमा सवार मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक टोखा नगरपालिका–४ बस्ने २० वर्षीय पुजन नगर्चीको आइतबार राति मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते नगर्चीको उपचारका क्रममा पिपल्स अस्पताल नयाँबजारमा उपचारका क्रममा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरीले दुर्घटनामा सङ्लग्न क्रेनका चालकलाई नियन्त्रणमा लिएको छ ।

यो पनि – बालबालिकालाई पूर्वीय दर्शनसँगै अतिरिक्त क्रियाकलापमा अब्बल बनाइँदै

नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोनाबाट बच्न निषेधाज्ञाका बेला फुर्सदिला बालबालिकालाई पूर्वीय दर्शनमा आधारित जीवनशैलीका विषयसँगै अतिरिक्त क्रियाकलापमा अब्बल बनाउन थालिएको छ । पूर्वीय दर्शनका विभिन्न विषयमा व्यावहारिक अभ्याससहित प्रशिक्षण गत वर्षको कोरोना महामारीदेखि नै शुरु गरिएको हो । पतञ्जली योग समितिको बाल संस्कारले जुम प्रविधिबाट प्रत्येक दिन बेलुकी एक घण्टा बालबालिका जम्मा पारेर योग अभ्यास, सूर्य नमस्कार, ध्यानलगायत पूर्वीय दर्शनमा आधारित ज्ञानसँगै चित्रकला, वक्तृत्वकला, वादविवाद, श्लोकान्ताक्षरीलगायत प्रतियोगिता गराइन्छ ।

बेलुकी पाँच बजेदेखि छ बजेसम्म हुने यो कार्यक्रममा ५०० जनाभन्दा बढी बालबालिका जुम प्रविधिका माध्यमबाट सहभागी हुने गरेको समितिका संयोजक लोकनाथ खनालले राससलाई जानकारी दिनुभयो । कार्यक्रममा प्रत्येक दिन योग आशन गराइन्छ । योग आशनपछि मन्त्रोच्चारणसहित प्रत्येक बार गरिने फरक फरक क्रियाकलाप पनि तोकिएको छ । जसअनुसार आइतबार कविता, सोमबार योग आसन विशेष, मङ्गलबार वैदिक मन्त्र विशेष, बुधबार चित्रकला, शुक्रबार गीत र शनिबार नृत्य प्रस्तुत गरिन्छ । बिहीबार भने यसबाहेकका अन्य क्रियाकलाप गरिने तालिका बनाइएको छ ।

समितिका प्रशिक्षकले एक घण्टा प्रशिक्षण दिने यो कार्यक्रममा एक घण्टा भने बालबालिकाबीच आन्तरिक अन्तरक्रियासमेत हुने गरेको छ । जसबाट बालबालिकाले जनसम्पर्क गर्ने, निषेधाज्ञाका कारण घरबाट निस्कन नपाएपनि प्रविधिलाई उपयोग गर्दै दौँतरी उमेरकाहरुसँग कुराकानी गर्ने अवसर पाएका छन् । यसले बालबालिकालाई फुर्सदका बेलामा कुलतमा लाग्नबाट समेत जोगाएको छ ।

यो कार्यक्रम गतवर्ष असोजमा एक महिना चलाइएको थियो । दशैँका कारण रोकिएको कार्यक्रम बालबालिकाले नै खोजी गरेपछि मङ्सिर २१ गतेदेखि पुन ः बेलुकी पाँच बजेदेखि छ बजेसम्म कार्यक्रमलाई निरन्तरता दिइएको हो । यो कार्यक्रममा सहभागी बालबालिकामा बिहान उठ्ने, पानी खाने, हिँडडुल गर्ने, योग अभ्यास गर्ने, बाआमासँग गर्ने व्यवहार परिवर्तन, बजारको भोजन कम प्रयोग, मोबाइल खेलाउने बानीमा कमी आएको लगायतका सकारात्मक परिवर्तन बालबालिकामा आएपछि अभिभावक पनि खुसी भएका छन् । बालबालिकाको रुचि र अभिभावकको पनि संस्कार सिकाउने चाहनाले कार्यक्रमलाई निरन्तरता दिइएको समिति संयोजक खनालले सुनाउनुभयो । कार्यक्रमलाई नयाँ स्वरुपमा निरन्तरता दिन चित्रकला प्रतियोगितालगायत विषयमा भर्चुअल माध्यमबाट नै प्रतियोगिता गरेर पुरस्कृत गरिने तयारीसमेत गरिएको जनाइएको छ । जुमबाट चार वर्षदेखि १४ वर्षसम्मका बालबालिका कार्यक्रममा जोडिने गरेका छन् ।

यिनै बालबालिकाकाबीच चित्रकला प्रतियोगिता पनि आयोजना गरिएको छ । प्रतियोगितामा ८५ जना बालबालिकाले भाग लिएका छन् । तीमध्ये उत्कृष्ट १० जनालाई पुरस्कृत गरिएको संयोजक खनालले सुनाउनुभयो । पुरस्कृत हुनेमा सिजल पुन, बुद्ध गुरुङ, वाटिका, ओजस्वी, पेरिस पुरी, श्रुति भट्टराई, एनी गुरुङ, जेसिका पोखरेल, इशा र प्रिमोस शिल्पकार पुरस्कृत भएका छन् । पुरस्कृत सबैलाई मोबाइल रिचार्जको व्यवस्था गरिएको जनाइएको छ ।