बस पल्टिँदा एकको मृत्यु, एक दर्जन यात्रु घाइते

बस पल्टिँदा एकको मृत्यु, एक दर्जन यात्रु घाइते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लहान, ६ साउन । सिरहाको जिरोमाइल–बडियारपट्टी सहायक सडकअन्तर्गत धनगढीमाई नगरपालिका–५ सन्तनगरमा गए राति यात्रुबाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १३ यात्रु घाइते भएका छन् । जिरोमाइलबाट बडियारपट्टी जाने क्रममा बा२ख ७१ नंको बस पल्टिँदा बसमा सवार बरियारपट्टि गाँउपालिका–३ निवासी ३५ वर्षीय गणेश मुखियाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

तीव्रगतिमा गइरहेको बस अनियन्त्रित भई दुर्घटना हुँदा मुखियाको घटनास्थलमै मृत्यु भएको जनाएको छ । दुर्घटनामा परी घाइते भएका १३ जनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनालगत्तै चालक फरार रहेकाले खोजीकार्य जारी रहेको जनाएको छ । रासस

यो पनि –दुई सातापछि सिधा सवारी सञ्चालन

गलेश्वर, ६ साउन । हिमालपारिको जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक दुई सातापछि पुनः सञ्चालन भएको छ । गत असार २४ गतेदेखिको अविरल वर्षाका कारण ७६ किलोमिटर उक्त सडकका विभिन्न ठाउँमा पहिरो गएपछि सडक अवरुद्ध भएको थियो ।

म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ राहुघाट गलेश्वर र अन्नपूर्ण गाउँपालिका–३ रुप्से छहरा, काभ्रेभिरलगायतका स्थानमा पहिराले अवरुद्ध बनेको सडकलाई निर्माण कम्पनी परिचालन गरी पहिरो पन्छाएर सञ्चालन गराइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । करिब दुई साता सो सडकखण्डमा कुनै पनि सवारी साधन सिधा सञ्चालन हुनसकेका थिएनन् । सडक अवरुद्ध हुँदा मुस्ताङ र उत्तरी म्याग्दीका बासिन्दा बीचबाटोमै अलपत्र परेका थिए ।

सडक अवरुद्ध भएपछि मुस्ताङका लागि नेपाल सरकारले पठाएको कोरोनाविरुद्धको भ्याक्सिन पनि मान्छेले बोकेर नै मुस्ताङ पु¥याएका बेनी–जोमसोम सडकका सुपरभाइजर इन्द्रसिंह शेरचनले जानकारी दिनुभयो । बेनी–जोमसोम सडकखण्डको स्तरोन्नतिमा परिचालन भएका निर्माण कम्पनीलाई परिचालन गरी अवरुद्ध बनेको सडक सञ्चालन भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक वीरेन्द्रराज गुरुङले बताउनुभयो । रासस