बाघको छालासहित दुई जना पक्राउ

बाघको छालासहित दुई जना पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बाघको छाला बोकी हिडेका दुई जनालाई प्रहरीले आज पक्राउ गरेको छ । जाजरकोट भेरी नगरपालिका–९ का ३२ वर्षीय रामबहादुर दमाइँ र रुकुम पश्चिम मुसिकोट नगरपालिका–१० का ५४ वर्षीय पूर्णसिंह सुनारलाई पक्राउ गरिएकोे जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता मुकुन्द रिजालले बताउनुभयो । अभियुक्तद्वयले आज बिहान घोराही उपमहानगरपालिका–३ गोग्लीमा सिमेन्टको बोरामा सामान बोकी हिँडिरहेका बेला खटिएका प्रहरीे टोलीले शङ्का लागि खानतलासी गर्दा पाँच फिट दुई इन्च लामो बाघको छाला ४ इन्च लामो नङ्ग्रा र जुँगा बरामद गर्नाका साथै उनीहरुलाई पक्राउ गरी अनुसन्धान थालिएको जनाइएको छ ।

यो पनि – वन्यजन्तुको आ’क्रमणबाट गत बर्षमा १४ जनाको मृत्यु

चितवन राष्ट्रिय निकुञ्ज र डिभिजन वन कार्यालय क्षेत्रमा गत आर्थिक वर्ष वन्यजन्तुको आक्रमणबाट १४ जनाले ज्यान गुमाएका छन् । यसरी ज्यान गुमाउनेहरुमा निकुञ्ज क्षेत्रका ११ जना छन् भने डिभिजन वन कार्यालयको चितवन र नवलपरासी क्षेत्रका तीनजना छन् । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार वन्यजन्तुबाट मृत्यु हुनेमा सबैभन्दा बढी बाघ र गैँडाको आक्रमणबाट पाँच÷पाँचजना छन्।

हात्तीको आक्रमणबाट दुई, बँदेलको आक्रमणबाट एक र गौरी गाईको आक्रमणबाट एक जनाको मृत्यु भएको थियो । सोही अवधिमा निकुञ्ज र वन कार्यालय क्षेत्रमा जङ्गली जनावरको आक्रमणबाट ४३ जना घाइते भएका थिए ।  घाइतेमध्ये २५ सामान्य र १८ जना सख्त घाइते भएको उहाँले जानकारी दिनुभयो । आर्थिक वर्ष २०७६÷७७ मा निकुञ्जमा वन्यजन्तुको आक्रमणबाट आठ जनाको मृत्यु भएको थियो । तीमध्ये डिभिजन वन क्षेत्रमा एक जनाको मृत्यु भएको थियो । सोही अवधिमा ३१ घाइते भएका थिए ।
घाँस दाउरा काट्न, निगुरो टिप्न, गाईबस्तु चराउन जाने क्रममा निकुञ्ज र डिभिजन वन क्षेत्रभित्र प्रवेश गर्दा वन्यजन्तुले आक्रमण गर्ने गरेको उहाँले जानकारी दिनुभयो । कोरोना सङ्क्रमणसँगै निषेधाज्ञाको समयमा मानिस फुर्सदिला भएर जङ्गल प्रवेश गर्ने गरेकाले पनि वन्यजन्तुको आक्रमण बढेको हो ।

निकुन्जले वन्यजन्तुको आक्रमणबाट ज्यान गुमाएका तथा घाइतेको परिवारलाई राहतस्वरुप रु एक करोड ७४ लाख, ८४ हजार ९२२ वितरण गरेको छ । यो रकम मृतकका परिवारलाई रु १० लाखका दरले क्षतिपूर्ति र घाइतेलाई उपचार खर्चस्वरुप अवस्था हेरी रु २० हजारदेखि दुई लाखसम्म वितरण गरिएको थियो ।
यस्तै घरगोठ, पशुधन, अन्नबाली, बाली भण्डारणजस्ता क्षेत्रमा वन्यजन्तुले पु¥याएको क्षतिबापत पनि राहत वितरण गरिएको थियो । रासस

यो पनि -बाँकेमा बाढी र डुबानबाट हुने जोखिम कम गर्न पूर्वतयारी

बाढी र डुबानबाट हुने जोखिम कम गर्न बाँकेमा आवश्यक स्रोतसाधन र तालीम प्राप्त जनशक्ति तयारी अवस्थामा राखिएको छ । बाढी र डुबानको उच्च जोखिममा रहेको बाँकेमा हुनसक्ने धनजनको क्षतिलाई कम गर्न यसवर्ष आवश्यक स्रोतसाधन र तालीम प्राप्त जनशक्ति तयारी अवस्थामा राख्नुका साथै बाढीबाट सर्वसाधारणलाई जोगाउने पर्याप्त पूर्व तयारी गरिएको जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताउनुभयो ।

उहाँका अनुसार, बाँकेमा गृह मन्त्रालय, केयर नेपाल र एक्सन एड नेपाललगायतका सङ्घ संस्थाले विभिन्न किसिमका २२ हजार ७६९ थान विपद् उद्धार तथा राहत सामग्री भण्डारण गरिएको छ । नेपालगञ्जस्थित नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बाँकेको भण्डारण कक्षमा १०० सेट गैर खाद्य सामग्री तयारी अवस्थामा रहेको छ, भने नेपाल खाद्य संस्थान नेपालगञ्जमा ३५० मेट्रिक टन खाद्यान्न, साल्टट्रेडिङमा ३० हजार मेट्रिक टन नून मौज्दात छ । बाढी र डुबानबाट हुनसक्ने जोखिमलाई मध्यनजर गरेर र राप्ती सोनारी र नरैनापुर गाउँपालिकामा पाँच–पाँच, डुडुवामा तीन, नेपालगञ्जमा दुई र अन्य स्थानीय तहमा एक–एकवटा गरी बाँकेका आठ वटै स्थानीय तहमा १९ वटा हेलिप्याड तयारी अवस्थामा राखिएको जिल्ला विपद् व्यवस्थापन समितिका सूचना अधिकृत रुपन ज्ञवालीले जानकारी दिनुभयो ।

उहाँका अनुसार, बाढी र डुबानबाट हुनसक्ने जोखिमको पूर्व तयारीस्वरुप बाँकेमा १२ थान रबरबोट तयारी अवस्थामा राखिएको छ । बाढीपीडितको उद्धारमा खटिनका लागि दुई हजार ५५० तालीम प्राप्त जनशक्ति तयारी अवस्थामा रहेको छ । समितिका अनुसार नेपाली सेनाका ११५ जना जनशक्ति तालीम प्राप्त छन् ।यस्तै, नेपाल प्रहरीसँग १५ जना, सशस्त्र प्रहरीसँग ५० जना र नेपाल रेडक्रस सोसाइटी, बेस, बिगु्रप, बाँके युनेस्को क्लब, आइएनएफ आदि संस्थासँग २७३ जना तालीम प्राप्त जनशक्ति मौजुद रहेका छन् । यस बाहेक नेपाली सेनाका एक हजार, नेपाल प्रहरीका ७००, सशस्त्र प्रहरीका ८०० र रेडक्रस सोसाइटी, बेस, बिगु्रप, बाँके युनेस्को क्लब, आइएनएफ आदि संस्थाका ५० जना जनशक्ति उद्धारमा खटिन तयारी अवस्थामा रहेको विपद् व्यवस्थापन समितिका सूचना अधिकृत ज्ञवालीले बताउनुभयो ।

राप्ती नदीलगायत अन्य साना ठूला खोलामा आउने बाढीका कारण बाँकेका ११४ गाउँ उच्च जोखिममा छन् । आठ स्थानीय तहमा पर्ने ३५ वडाका ११४ गाउँ राप्ती नदी, डुडुवा खोला, मानखोलालगायत साना–ठूला खोलामा आउने बाढीको उच्च जोखिममा रहेको नक्शाङकन गरिएको जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रले जनाएको हो ।

जिल्लामा सबैभन्दा धेरै राप्ती सोनारीका नौवटै वडाका ४३ गाउँ, नरैनापुर गाउँपालिकाका पाँच वटा वडाका २० गाउँ बाढीको जोखिममा रहने गरेका छन् । बैजनाथ गाउँपालिका वडा नं २, ३, ४, ५, ६, ७ र ८ वडाका केही स्थान बाढीको जोखिममा रहेको ज्ञवालीले जानकारी दिनुभयो । उहाँका अनुसार, जानकी गाउँपालिका– वडा १ एकको साइगाउँ, शिवपुरी, पन्चपोखरा, बढैया गाउँ बाढीको उच्च जोखिममा रहेका छन् । यसैगरी नेपालगञ्ज उपमहानगरपालिकाको वडा नं २० मा पर्ने मदनापुर डुडुवा खोलाको जोखिममा रहेका छन् । रासस