विषाक्त म.दिरा प्रकरण : मजदुरले खाएको खाना र मदिरा परीक्षणका लागि पठाइँदै

विषाक्त म.दिरा प्रकरण : मजदुरले खाएको खाना र मदिरा परीक्षणका लागि पठाइँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विषक्त म’दिरा सेवन गरेपछि बिरामी परेका चार जनाको मृत्यु भएको घटनामा अनुसन्धानका लागि घटनास्थल पुगेको प्रहरी सदरमुकाम फर्किएको छ । गलकोट नगरपालिका–७ मल्म पुगेको प्रहरी नायब उपरीक्षक इकवाल हवारीको पाँच सदस्यीय टोली घटनास्थलको स्थलगत अनुसन्धान गरेर फर्किएको हो । प्रहरीले घटनामा मृत्यु भएका र गम्भीर बिरामी परेका मजदुरले सेवन गरेको मदिरा र खानाको नमूना लिएर फर्किएको हो । प्रहरीले घटनास्थलबाट ल्याएको म’दिरा र खाना परीक्षणका लागि विधि विज्ञान प्रयोगशाला पठाउने तयारी भइरहेको प्रहरी उपरीक्षक कृष्णबहादुर पल्लीमगरले बताउनुभयो । गत सोमबार साँझ स्थानीय एक पसलबाट ल्याएको म’दिरा र चाउचाउ तथा दालमोठ खाएपछि बिरामी परेका चार जनाको मङ्गलबार बिहान मृत्यु भएको थियो । दुई जना गम्भीर बिरामी मजदुरको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । मृत्यु हुनेमा रोल्पाको सुनिल स्मृति गाउँपालिका–५ का ३० वर्षीय प्रवीन घर्ती, ५१ वर्षीय रेखबहादुर राना, २१ वर्षीय दीपेन्द्र पुनमगर र ३९ वर्षीय दूधबहादुर राना रहनुभएको छ ।

“त्यहाँ त के भेटिन्थ्यो र ? सोधपुछ गर्ने काम भयो, छिमेकीले पनि त्यहीँबाट रक्सी ल्याएर खाएको भन्छन्”, अनुसन्धानका लागि घटनास्थल पुगेका हवारीले भन्नुभयो, “अब खाना, म’दिरा र भिसेरा रिपोर्ट जे आउँछ त्यसको आधारमा अनुसन्धान अघि बढ्छ ।” घटनास्थलमा पुगेको प्रहरीले मजदुरले सधैँ मदिरा खाने गरेको र त्यो दिन पनि त्यसै भएको बताएका थिए । शव धौलागिरि अस्पतालको शवगृहमा राखिएको छ । रोल्पाबाट आफन्त बुधबार बिहानमात्रै बागलुङ आइपुगेका छन् । “उहाँहरु आएको खबर छ, जाहेरी आएपछि मात्रै परीक्षण हुन्छ”, प्रहरी उपरीक्षक पल्लीमगरले भन्नुभयोे “परीक्षणपछि भिसेरा र खाना तथा मदिरा एकैपटक विधि विज्ञान प्रयोगशाला पठाउँछौँ ।” आफन्तले भने रिपोर्ट आएपछि मात्रै शव बुझ्ने बताउँदै आएका छन् ।

यो पनि– विषाक्त म.दिरा पिएर चारजना मजदूरको प्रकरण ः प्रनाउको नेतृत्वमा अुनसन्धान समिति गठन

विषाक्त म.दिरा पिएर चारजना मजदूरको मृत्यु भएको घटनाको छानबिन गर्न प्रहरी नायब उपरीक्षक इकवाल हवारीको नेतृत्वमा अनुसन्धान समिति गठन भएको छ । बागलुङमा सोमबार साँझ विषाक्त म.दिरा पिएका ६ मध्ये चारजनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा गलकोट नगरपालिका–७ मल्मस्थित खानेपानी आयोजनामा काम गर्ने २१ वर्षीय दीपेन्द्र पुन, ३९ वर्षीय दूधबहादुर राना, ५१ वर्षी रेखबहादुर राना र ३० वर्षीय प्रवीन घर्ती रहेका छन् । उनीहरुको उपचारका क्रममा मृत्यु भएको बताइएको छ । त्यस्तै उनीहरुसँगै म.दिरा खाएका ३८ वर्षीय खेमराज घर्ती र २६ वर्षीय रवीन्द्र पुनको अवस्था गम्भीर रहेको र धौलागिरि अस्पतालमा उपचार सम्भव नभएपछि दुबै जनालाई गण्डकी अस्पताल पोखरा पठाइएको छ ।

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रवक्तासमेत रहनुभएका प्रहरी नायब उपरीक्षक हवारीको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन भएको प्रहरीले जनाएको छ । बागलुङमा पहिलोपटक चारजनाको विषाक्त रक्सी सेवनका कारण ज्यान गएपछि प्रहरी गम्भीर भएर अनुसन्धानमा लागेको प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक कृष्णबहादुर पल्लिमगरले बताउनुभयो । “सात दिनको समय दिएर डिएसपी सापको नेतृत्वमा टोली पठाएको छु”, उहाँले भन्नुभयो, “अहिलेसम्म दुईजना पक्राउ परेका छन्, मजदूरले खाएका चाउचाउ, दालमोठ र म.दिराका भाँडाहरुसमेत बरामद गरेका छौँ ।” पक्राउ पर्नेमा पसल सञ्चालक भद्रबहादुर थापा र स्थानीयवासी भक्तबहादुर बलाल रहेका छन् । उनीहरुसँग अहिले सोधपुछ चलिरहेको र शवपरीक्षणको रिपोर्ट आएपछि थप अनुसन्धान अगाडि बढाइने उहाँले बताउनुभयो ।

यो पनि – घरेलु र.क्सी सेवन गर्दा गम्भीर बिरामी परेका दुई जनालाई पोखरा पठाइयो

गलकोट नगरपालिकामा घरेलु र’क्सी सेवन गरी गम्भीर बिरामी परेका दुई जनालाई पोखरा पठाइएको छ । धौलागिरि अस्पतालमा उपचाररत रहेका रोल्पा सुनिल स्मृति गाउँपालिका–५ गजुलका ३८ वर्षीय खेमराज घर्ती र २६ वर्षीय रविन पुनलाई थप उपचारका लागि पोखरास्थित गण्डकी अस्पताल पोखरा पठाइएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा शैलेन्द्र बी पोखरेलले जानकारी दिनुभयो ।

दुवैको मिर्गाैलामा असर पु¥याएको जनाइएको छ । नगरपालिकामा मजदुरी गर्दै आएका चारजना मजदूरको भने आज बिहान म’दिरा सेवन गरेका कारण ज्यान गएको थियो । उनीहरुको चार जनाको धौलागिरि अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो । रोल्पा सुनिल स्मृति गाउँपालिका–५ का २१ वर्षीय दीपेन्द्र पुन, सोही स्थानका ३९ वर्षीय दूधबहादुर राना, ५१ वर्षीय रेखबहादुर राना र ३० वर्षीय प्रवीन घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक इकवाल हवारीले जानकारी दिनुभयो । प्रहरीले मदिरा पसल सञ्चालक तथा पसलका खाद्य सामग्री नियन्त्रणमा लिएको छ ।

यो पनि – बाग्लुङमा घरेलु म.दिरा पीएर ४ जनाको मृत्यु, २ जना गम्भी

बाग्लुङ, ५ श्रावन । बाग्लुङमा घरेलु म.दिरा पीएर ४ जनाको मृत्यु भएको छ । अन्य दुई जना गम्भीर बिरामी भएका छन । गलकोट नगरपालिकामा मजदुरी गर्दै आएका रोल्पा सुनिल स्मृति गाउँपालिका-५ का २१ वर्षीय दिपेन्द्र पुन, सोही स्थानका ३९ वर्षीय दुधबहादुर राना, ५१ वर्षीय रेखबहादुर राना र ३० वर्षीय प्रविन घर्तिको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक इकवाल हवारीले जानकारी दिए। रोल्पा सुनिलस्मृति गाउँपालिका- ५ गजुलका २६ वर्षीय रवीन्द्र पुन र ३८ वर्षीय खेमराज घर्ती गम्भीर बिरामी रहेका छन ।

ती मजदुर गलकोट नगरपालिका–७ को मल्मस्थित एक खानेपानी आयोजनामा काम गर्दै आएका थिए । म.दिरा पिएर सुत्न हिँडेका उनीहरूको स्वास्थ्य अवस्था गम्भीर भएपछि उपचारका लागि राति नै धौलागिरि अस्पताल ल्याइएको थियो । ति मजदुरहरुले पिएको म.दिरा पसल सञ्चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अ.नुसन्धानका लागि प्रहरीले लगेको छ ।

यो पनि – हराएका विजय शाहीले अमेरिकी मेमरी च्याम्पियनलाई घर मै बोलाएर उल्लु बनाएपछि (भिडियो हेर्नुहोस)

काठमाडौँ। मेमरी किङ भनेर चर्चामा आएका विजय शाही फेरी चर्चामा आएका छन । तर यो पाली भने उनि नेपाली मिडियामा आएर नभएर विदेशीको युट्युब च्यानलमा आएर चर्चामा आएका हुन् । बिजय शाहीको मेमरी पावरको बिषयमा यस अघि पनि जिज्ञाशा राखेका अमेरिकन मेमरी एथलेट नेल्सन डेलिसले बिजय शाहीलाई आफ्नो युट्युब च्यानल मार्फत ल्याएका छन । नेल्सन आफै अमेरिकाको चार पटक मेमरी च्याम्पियन भएका व्यक्ति हुन् ।

वास्तवमा नेल्सन नेपाल घुम्न आएको थाहा पाएका विजय शाही आफैले आफ्नो निवासमा बोलाएर आफ्नो कथित मेमरी पावर प्रमाणित गर्ने बताउछन । संयोगवस निषेधाज्ञाको कारण अन्तरास्ट्रिय उडान बन्द हुनाले गर्दा थप एक साता नेल्सन नेपाल मै रोकिनु पर्ने भएको हुदा उनि बिजय शाहीको निम्तो स्वीकार्दै क्यामेरा बोकेर उनि भएको ठाउ पुग्छन । जहा उनि पुग्नु अगाडी नै बिजय बाहेक थप तिन जना व्यक्तिहरु पनि उपस्थित भैसकेका हुन्छन । जस मध्ये दुई जना बिजयलाई अंग्रेजी ट्रान्सलेट गर्ने काम गरिरहेका हुन्छन । त्यस्तै अर्की एक युवती सहयोगी जस्तै गरेर चिया र पानी दिदै गरेको देखिन्छ । तर नेल्सनको युट्युब च्यानलमा अपलोड भएको भिडियोलाई अध्ययन गर्ने केहि युट्युबरहरुले भने ती युवती नै विजयको चटकको मुख्य पात्र भनेका छन् । विजय शाहीको योजना अनुसार ति युवतीले नेल्सनले परिक्षा लिएको कोठाको ढोका बाहिर मोबाइल मार्फत बिजयले परिक्षा लिन दिएको किताव पढ्दा अडियो रेकर्ड गरेको दावी दर्शकको छ ।

विजय शाही ति पात्र हुन्, जो नेपाली माझ गलत सावित भइसकेका छन् । उनले भने जस्तो त्यस्तो कुनै मेमरी शक्ति उनमा छैन भन्ने विभिन्न परिक्षामा प्रमाणित नै भईसकेको छ । विजयले जसरी नेपाली मिडिया सामू अनौठो हर्कत देखाउथे उनले त्यस्तै हर्कत नेल्सनको परिक्षामा पनि देखाएका छन । विजयले पढ्ने बेला सम्म सबैले हेर्न मिल्ने र जब लेख्ने बेला हुन्छ तब कसैले हेर्न नहुने र क्यामेराले समेत रेकर्ड गर्न नहुने जस्ता कुराले उनको शक्तिको विश्वासनियता हराउछ । जुन कुरा नेल्सनको भिडियोमा पनि देख्न सकिन्छ । नेल्सनले विजय शाहीलाई किताव मात्र पढाएनन केहि जायज प्रश्नहरु पनि गरेका छन । ति प्रश्नहरुको जवाफ दिने क्रममा विजय शाहीले आफु गलत भएको आफैले पोल खोलेको प्रमाणित हुन्छ । नेल्सनसंगको भिडियोमा विजय शाहीले अर्को नया कुरा पनि थपेका छन, ‘डिभाइन पावर’ । भन्नाले दैवीय शक्ति । जुन कुरा हाल सम्म उनले भनेका थिएनन । विजयलाई काली माताले शक्ति दिएको बताएका छन । त्यो सुनेर नेल्सनले खासै विस्वास नगरेपनि उनले यो कुरा दर्शकलाई नै जिम्मा दिएका छन ।

कुराकानीको क्रममा नेल्सनले विजयलाई अमेरिका झिकाउन चाहेको बताउदा विजय निक्कै हर्षित देखिन्थे । त्यस क्रममा विजयले नेपालीले आफुलाई विस्वास नगरेको र आफु अमेरिका नै जान चाहेको आशयमा टुटेफुटेको अंग्रेजीमा जवाफ दिन्छन । नेल्सनले आफ्नो युट्युब च्यानलमा सार्बजनिक गरेको उक्त भिडियोको कमेन्टमा लगभग सबैले विजय शाहीले नेपालको बेइज्जत गरेको बताएका छन । धेरैले नेल्सनसंग माफी माग्दै विजय शाहीको भ्रामक कुराको पछाडी नलाग्न अनुरोध समेत गरेका छन । विजय शाहीले नेल्सनको परिक्षामा गरेको चतुर्याईको बारे एक युट्युबरले यसरी स्पष्ट पारेका छन । भिडियो यहाबाट हेर्नुहोस ।

नेल्सनले विजय शाहीसंग गरेको परिक्षा र अन्तर्वार्ताको भिडियो यहाबाट हेर्नुहोस ।