एक वर्षमा १३२ सवारी दुर्घटना, ४६ ले ज्यान गुमाए

एक वर्षमा १३२ सवारी दुर्घटना, ४६ ले ज्यान गुमाए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा एक वर्षको अवधिमा सवारी दुर्घटनामा परी ४६ जनाले ज्यान गुमाएका छन् । गत आर्थिक वर्ष २०७७/७८ मा भएको १३२ सवारी दुर्घटनामा परेर उक्त सङ्ख्यामा ज्यान गुमाएका हुन् । ज्यान गुमाउनेमा सबैभन्दा बढी पुरुष ४० जना रहेका छन् भने महिला चार र ज्यान गुमाउने बालकको सङ्ख्या दुई रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पूर्वी नवलपरासीको तथ्याङ्कमा उल्लेख छ । दुर्घटनामा परी गम्भीर घाइते हुनेमा १३५ जना छन् । गम्भीर घाइते हुने पुरुष १००, महिला २०, बालक आठ र बालिका सात रहेका छन् । यसैगरी सामान्य घाइते हुनेको सङ्ख्या ८५ रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

गत वर्ष ८६ वटा मोटरसाइकल दुर्घटनामा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी पदम बडूले जानकारी दिनुभयो । त्यसपछि जिप÷कार २६, ट्रक/ट्याङ्कर २३, ट्र्याक्टर १५, बस १३, टेम्पो १०, साना सवारी आठ, टिपर पाँच, माइक्रो तीन र अन्य एक गरेर गत वर्ष जिल्लामा १९० सवारी दुर्घटनामा परेको बडूले बताउनुभयो ।

सबैभन्दा बढी दुर्घटनामा पर्ने मोटरसाइकल रहेको छ । दुर्घटना पर्नेमा अधिकांश पुरुष छन् भने त्यसमा पनि धेरैजसो युवाले ज्यान गुमाएका छन् । दुर्घटनाको मुख्य कारणमध्ये एक चालकको लापरवाही हो । युवापुस्ताहरुले तीव्रगतिमा सवारी चलाउने, सवारी चलाउँदा मोबाइल फोनको प्रयोग गर्ने तथा जस्तो ठाउँमा पनि ओभरटेक गर्दा मोटरसाइकल बढी दुर्घटनामा पर्ने गरेको पाइएको उहाँले बताउनुभयो । पूर्व–पश्चिम राजमार्गको नवलपुर खण्डमा सडक जीर्ण भएकाले समेत कतिपय दुर्घटना हुने गरेका छन् । चार लेनमा सडक विस्तारको क्रममा रहेको छ । यस क्रममा धेरैजसो ठाउँमा लामो समयसम्म सडक मर्मत नगर्दा ठूला–ठूला खाडल परेका छन् । यसले समेत दुर्घटना बढाएको छ ।

यसैबीच गत आवमा जिल्ला ट्राफिक प्रहरी कार्यालय पूर्वी नवलपरासीले रु एक करोड ११ लाख ५४ हजार ५०० राजश्व सङ्कलन गरेको छ । विभिन्न सवारी साधन गरी १८ हजार १४५ वटा सवारी कारवाहीबाट उक्त रकम राजश्व सङ्कलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी बडूले बताउनुभयो । रासस

यो पनि – म.दिरा सेवनपछि मृत्यु भएका मजदुरको शव तीन दिनपछि आफन्तलाई जिम्मा

यही साउन ४ गते साँझ म.दिरा सेवनपछि बिरामी परेर मृत्यु भएका मजदुरको शव तीन दिनपछि परिवारको जिम्मा लगाइएको छ । काजकिरिया खर्चसहित उनीहरुको शव परिवारको जिम्मा लगाइएको हो । परिवारलाई गलकोटको मल्ममा सञ्चालनमा रहेको बृहत् खानेपानी आयोजनाले काजकिरिया खर्च उपलब्ध गराएको हो । “तत्कालका लागि किरिया खर्च दिने सहमति भयो”, छलफलमा सहभागी चन्द्रबहादुर थापा ‘शिखर’ले भन्नुभयोे, “राहत होइन तत्कालीन खर्च दिइएको हो, खानेपानी उपभोक्ता समितिले बेहोर्ने गरी तत्काल स्थानीयवासीसँग भएको नगद उठाएर पठाएका छौँ ।”

रोल्पाबाट शव बुझ्नका लागि बागलुङ आएका मृतक मजदुर परिवारका सदस्यले प्रहरीमा जाहेरी दिएपछि शव परीक्षण गरेर परिवारको जिम्मा लगाइएको प्रहरी उपरीक्षक कृष्णबहादुर पल्लीमगरले बताउनुभयो । साउन ४ गते सोमबार साँझ स्थानीय एक पसलबाट ल्याएको मदिरा, चाउचाउ तथा दालमोठ खाएपछि बिरामी परेका चार जनाको साउन ५ गते मङ्गलबार बिहान मृत्यु भएको थियो । दुई जना गम्भीर बिरामी मजदुरको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

मृतकका परिवारलाई प्रतिमृतक रु एक लाखका दरले काजकिरिया खर्च उपलब्ध गराइएको हो । मृतक चारै जनाको रोल्पामा सामूहिक दाहसंस्कार हुने भएको छ । परिवारका सदस्यले रोल्पामै दाहसंस्कार गर्ने निर्णय गरेको रोल्पाको सुनिल स्मृति गाउँपालिका–५ का वडाध्यक्ष नमराज थापाले बताउनुभयो । शव परीक्षणपछि भिसेरा र खाना तथा म.दिरा विधि विज्ञान प्रयोगशाला पठाइएको छ । रिपोर्ट आएपछि राहत तथा कारवाहीको विषयमा थप छलफल हुने प्रहरीले जनाएको छ । रासस