पाँच फरार प्रतिवादी पक्राउ

पाँच फरार प्रतिवादी पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जिल्ला प्रहरी कार्यालय सुर्खेतले पाँच फरार प्रतिवादीलाई पक्राउ गरेको छ । जुवा मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–४ सुर्खेतका ३१ वर्षीय लोकेन्द्र थापा, सोही नगरपालिका–५ निवासी ३८ वर्षीय धनबहादुर गुरुङ, वडा नं ६ बस्ने ४० वर्षीय दीपेन्द्र सुनार, ३७ वर्षीय सन्दीप श्रेष्ठ र रोशन भट्टराईलाई बिहीबार पक्राउ रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिनुभयो ।

विसं २०७१ मङ्सिर १५ गतेको जिल्ला प्रशासन कार्यालय सुर्खेतको फैसला आदेशले लगत नं १०६२ मा लगत कसिएको जनही रु २०० असुलउपर गर्ने प्रयोजनका लागि विशेष सूचनाका आधारमा ती फरार प्रतिवादीलाई पक्राउ गरी जिल्ला प्रशासन कार्यालय सुर्खेतमा बुझाइएको प्रहरी नायब उपरीक्षक घर्तीले बताउनुभयो । रासस

यो पनि – व्यासमा एक हजार २४५ योजना सम्पन्न

तनहुँको व्यास नगरपालिकाले एक वर्षको अवधिमा एक हजार २४५ योजना सम्पन्न गरेको छ । आर्थिक वर्ष २०७७÷७८ मा उपभोक्ता समिति र बोलपत्रमार्फत उक्त योजना सम्पन्न भएको नगरपालिकाले जनाएको छ । उपभोक्ता समितिमार्फत एक हजार २०३ योजना सम्पन्न भएका छन् । बोलपत्र प्रक्रियामार्फत ७३ योजना सञ्चालन गरिएकामा ४२ योजना सम्पन्न भएका छन् । बाँकी योजना कोभिड तथा विपद्का कारण सम्पन्न हुन नसकेको नगरपालिकाका प्रवक्ता एवं वडाध्यक्ष मोहनकुमार श्रेष्ठले जानकारी दिनुभयो । “कोभिड सङ्क्रमणका कारण केही समय काम पनि रोकियो, विपद्ले पनि काममा असर प¥यो”, उहाँले भन्नुभयो, “३१ योजना अधुरा छन् ।”

बिहीबार सम्पन्न नगर कार्यपालिकाको बैठकले नगर क्षेत्रभित्र बाढीले पु¥याएको क्षति पुनःस्थापन गर्न आफँैले जाली बुन्ने कार्यमा पूर्वाधार तथा योजना शाखालाई जिम्मा दिने निर्णय गरेको छ । नगरपालिकाले नगरप्रमुखको अध्यक्षतामा नगरस्तरीय र वडाध्यक्षको वडाध्यक्षमा वडा विपद् व्यवस्थापन समिति संशोधित ऐनअनुसार पुनःगठन गर्ने निर्णय भएको श्रेष्ठले जानकारी दिनुभयो ।

यसैगरी नगरपालिकाका साविक स्थानीय निकायका कर्मचारीको समायोजन तथा स्तरवृद्धि गरिएकामा बैठकबाट अनुमोदन गर्ने निर्णय भएको छ । नगरपालिकाले व्यास–१० दुम्सी आधारभूत स्वास्थ्य केन्द्रमा २५ शय्याको नगर कोभिड अस्पताल व्यवस्थापन गर्न वडाध्यक्ष तुलसीराम सापकोटाको अध्यक्षतामा पाँच सदस्यीय समिति गठन गरेको छ । साथै सोही अस्पतालमा पिसिआर प्रयोगशालासमेतलाई आवश्यक जनशक्ति करार सेवामा लिन प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा छनोट समिति गठन गरिएको छ ।

व्यास–७ शेषमटारमा व्यास नगर समता विद्यालय सञ्चालन गर्न सम्बन्धित वडाध्यक्ष शतिषचन्द्र न्यौपानेको अध्यक्षतामा पाँच सदस्यीय व्यवस्थापन समिति गठन गरिएको छ भने कर्मचारी समायोजन एवं स्तरवृद्धिपछि नगरपालिका सङ्गठन संरचनामा संशोधन गर्नुपर्ने भई विशेष नगरसभा बस्नुपर्ने भएकाले संशोधन प्रस्ताव १५ दिनभित्र पेश गर्न उपप्रमुख मीरा जोशीको संयोजकत्वमा प्रस्ताव समिति गठन गरिएको छ ।

जनप्रतिनिधिको अध्ययन भ्रमणको बजेट कटौती गरी राहत

शुक्लागण्डकी नगरपालिका–८ ले कोरोनाबाट मृत्यु हुनेका परिवारलाई रु २० हजारका दरले राहत वितरण गरेको छ । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोनाबाट मृत्यु भएका वडाभित्रका परिवारलाई रु २० हजारका दरले राहत वितरण गरिएको हो । जनप्रतिनिधिको अध्ययन अवलोकन भ्रमण शीर्षकमा छुट्याइएको रकमबाट कोरोनाले मृत्यु भएका परिवारका सदस्यलाई राहत वितरण गरिएको वडाध्यक्ष कृष्णप्रसाद रेग्मीले जानकारी दिनुभयो । यो वडामा कोरोना सङ्क्रमणबाट १० जनाको मृत्यु भएको थियो । मृतक परिवारको सदस्यको शिक्षादीक्षामा खर्च गर्ने गरी उक्त रकम प्रदान गरिएको रेग्मीले बताउनुभयो । सबैलाई बैंक खातामार्फत रकम पठाइएको छ । “कोरोना कहरले जनतालाई आक्रान्त बनाइरहेका बेला अध्ययन भ्रमणमा जानु उचित ठानेनौँ । थोरै भए पनि राहत हुने भएकाले कोरोनाले सदस्य गुमाएका परिवारको राहतमा खर्चियौँ”, उहाँले भन्नुभयो ।

अनुगमन अध्ययन भ्रमण शीर्षकमा वडाले रु एक लाख ५० हजार विनियोजन गरेको थियो । पशुधन सुरक्षण शीर्षकबाट बचत भएको रु ५० हजार गरी रु दुई लाख वितरण गरिएको हो । कोरोना नियन्त्रणमा यहाँका जनप्रतिनिधिले जनताको मन जितेका थिए । यहाँका जनप्रतिनिधि कोरोना सङ्क्रमितको आत्मबल बढाउन घर–घरमा पुग्ने गरेका थिए ।