केराखेतीमा गवाँरो रोग लागेपछि किसान चिन्तित

केराखेतीमा गवाँरो रोग लागेपछि किसान चिन्तित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हिमाली जिल्ला म्याग्दीका कृषकले गरेको व्यावसायिक केरा खेतीमा गवाँरो रोग लागेर बोट सुक्न थालेपछि किसान चिन्तित भएका छन् । गत चैतमा पनि खपटे घुन र गवाँरो रोगले क्षति पु¥याएको केरा खेती तङ्ग्रिन नपाउँदै पुनः रोग फैलिएपछि यहाँ केरा खेती गरेका कृषक चिन्तित बनेका हुन् । पश्चिम म्याग्दीको मङ्गला, मालिका, धौलागिरि गाउँपालिका र बेनी नगरपालिकाको वडा नं २ खबरा, बगरफाँट, वडा नं ४ सिङ्गा, थामडाँडालगायत जिल्लाका विभिन्न क्षेत्रमा गरिएको व्यावसायिक केराखेतीमा किरा र रोगको प्रकोप देखिएपछि किसान मारमा परेका वेनी नगरपालिका–२ बगरफाँटका कृषक दुर्गाबहादुर थापाले बताउनुभयो ।

केरा गाउँको रुपमा परिचय बनाएको बेनी नगरपालिका–२ बगरफाँट गाउँमा खपटे घुन र गवाँरो रोगले सयौँ रोपनी क्षेत्रफलमा लगाएको केराका बोट सुक्न थालेका छन् । केराखेतीलाई मुख्य आम्दानीको स्रोत बनाएका खबराका चन्द्रबहादुर कार्कीले केराका बोट नपसाउँदै सुक्न थालेपछि आफू चिन्तित भएको बताउनुभयो । उहाँले सात रोपनी क्षेत्रफलको जग्गामा केराखेती गर्नुभएको छ । खपटे घुनले केराको बोट सुक्दै जाने र उत्पादन पनि घट्दै गएपछि पेशा सङ्कटमा परेको कृषक कार्कीको भनाइ छ ।

यहाँका किसानले धान फल्ने खेतमा केराखेती शुरु गरेका हुन् । शुरुआती समयमा सामान्य देखिए पनि केही समयपछि भने खपटे घुन र गवाँरोले व्यावसायिक केराखेतीमा ठूलो क्षति पु¥याएको उहाँको भनाइ छ । बगरफाँट र खबरामा मात्रै ४०० रोपनी क्षेत्रफलमा केराखेती गरिएको छ । केरा बेचेर खबरामा वार्षिक रु ५० लाखभन्दा बढी भित्रिने गरेको छ । रासस

यो पनि – सोलार नेपाल पहलको आरम्भ

काठमाडौँ विश्वविद्यालयको नवीकरणीय र दिगो ऊर्जा ल्याबोरोटरी (आरइएसएल) द्वारा सोलार नेपाल पहलको आरम्भ गरेको छ । भर्चुअल माध्यमबाट शुभारम्भ गरिएको यस पहलको उद्देश्य ऊर्जा क्षेत्रका विभिन्न सरोकारवालाको सहकार्यमा सौर्य ऊर्जाको प्रवद्र्धन गराई नेपालको अर्थतन्त्रलाई न्यून कार्बन हरित अर्थतन्त्र बनाउने रहेको छ ।

आरइएसएलका प्रमुख सहप्राध्यापक डा सुनिलप्रसाद लोहनीले नेपालको ऊर्जा क्षेत्रमा दिगो ऊर्जा मिश्रणको आवश्यकतामा जोड दिँदै नेपालले विद्युत् उत्पादनका लागि जलस्रोतको विकल्प सौर्य ऊर्जा हुनसक्ने बताउनुभयो । नेपालमा जलविद्युत् र सौर्य ऊर्जाको प्रशस्त सम्भावना रहेको र यी दुवै प्रतिस्पर्धी नभई पूरक प्रविधि भएकाले ठाउँ र अवस्थाअनुसार उपयोग गर्नेतर्फ सरकार, निजी लगानीकर्ताले ध्यान दिनुपर्ने उहाँको सुझाव छ ।

सो अवसरमा स्वतन्त्र विद्युत् उत्पादक सङ्घ (इपान) नेपालका कार्यकारी सदस्य कुवेरमणि नेपालले नेपालमा ऊर्जा क्षेत्रमा नीतिगत अस्पष्टता रहेको र सौर्य ऊर्जाका उपकरणको परीक्षण गर्ने पूर्वाधार नभएको बताउनुभयो । नवीकरणीय ऊर्जा परिसङ्घका अध्यक्ष गुणराज ढकालले सम्बन्धित एजेन्सीले प्रविधि विकासमा जोड दिएमा ऊर्जा मिश्रणमा कम्तीमा २० प्रतिशत सौर्य ऊर्जाको लक्ष्य प्राप्त गर्न सकिने बताउँदै सोलार नेपालमा आबद्ध हुने प्रतिबद्धता जनाउनुभयो ।

नेपाल सौर्य विद्युत् उत्पादक सङ्घका अध्यक्ष इन्द्र खनालले आपत्कालीन अवस्थामा ऊर्जा उत्पादनका लागि सौर्य ऊर्जा एक मात्र भरपर्दो विकल्पसमेत रहेकाले यसलाई मुख्य ऊर्जा स्रोतको रुपमा लिनुपर्ने धारणा राख्नुभयो । काठमाडौँ विश्वविद्यालय स्कूल अफ इञ्जिनीयरिङका डिन प्रा डा मनिष पोखरेल, नेपाल विज्ञान तथा प्रविधि एकेडेमी (नाष्ट) का वरिष्ठ वैज्ञानिक डा सुरेशकुमार ढुङ्गेल, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका उपकार्यकारी निर्देशक नवराज ढकाल, प्राडा रमेशकुमार मास्के र प्रा डा अमृतमान नकर्मीले पनि सोलार नेपाल पहलको आवश्यकता र यसले सम्पादन गर्ने कार्यका बारेमा विभिन्न सुझाव दिनुभएको थियो ।

सोलार नेपाल पहलमार्फत नेपालको वर्तमान ऊर्जा र आर्थिक मिश्रणमा सौर्य ऊर्जा र यसको प्रणालीलाई एकीकृत गर्ने लक्ष्य राखिएको सो अवसरमा जानकारी दिइयो । वेबिनारमा विभिन्न क्षेत्रका १३० भन्दा धेरै सहभागिता रहेको थियो ।