सङ्क्रमणको जोखिम अझै रहनाका साथै साथै डेल्टा भेरियन्टसमेत देखिएकाले चितवनमा निषेधाज्ञा थप

सङ्क्रमणको जोखिम अझै रहनाका साथै साथै डेल्टा भेरियन्टसमेत देखिएकाले चितवनमा निषेधाज्ञा थप

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, ७ साउन । जिल्लामा नयाँ भेरियन्टसहितको कोभिड–१९ को सङ्क्रमणको जोखिम अझै रहनाका साथै साथै डेल्टा भेरियन्टसमेत बिरामीमा देखिएकाले जिल्ला प्रशासन कार्यालयले जिल्लामा एक हप्ताका लागि निषेधाज्ञा थप गरेको छ । प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेद्वारा जारी आदेशमा आज राति १२ बजेदेखि लागू हुनेगरी साउन १४ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको जनाइएको छ ।

कोरोना भाइरसको सङ्क्रमण उच्च रहेका कारण जिल्लामा गत वैशाख १६ गते राति १२ बजेदेखि निषेधाज्ञा लागू गरिएको थियो । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र ९डिसिसीएमसी०को सिफारिसमा प्रमुख जिल्ला अधिकारीले आज आदेश जारी गर्दै जिल्लामा निषेधाज्ञा थप गर्नुभएको हो । निषेधाज्ञाका समयमा जिल्लाभित्र सार्वजनिक सवारीसाधन सञ्चालन गर्नका लागि मापदण्ड तयार गर्नाका साथै अघिल्लो निषेधाज्ञाका बेला लागू गरिएको नियम पालना गर्न भनिएको छ । स्थानीय मार्गमा सञ्चालन हुने सवारीसाधन जोरबिजोर नम्बरमा चल्नुपर्ने, सिट क्षमताअनुसार मात्रै यात्रु राख्नुपर्ने, सवारीसाधनलाई दैनिक निसङ्क्रमण गर्नुपर्ने आदेशमा जनाइएको छ ।

क्याम्पसले लिने परीक्षा तथा प्रवेश परीक्षामा पूर्णरुपमा स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने, परीक्षा सञ्चालन गर्दा एउटा कोठामा २५भन्दा बढी परीक्षार्थी राख्न नपाइने, एउटा बेञ्चमा एक विद्यार्थी मात्रै राख्नुपर्ने, विद्यार्थीको भौतिक दूरी कायम गराउनुपर्ने, तथा कोभिड सङ्क्रमित विद्यार्थीलाई परीक्षा शुरु भएको ३० मिनेटपछि मात्रै परीक्षामा सहभागी गराउनुपर्ने र ३० मिनेटपछि मात्रै परीक्षार्थीलाई कोठाबाट बाहिर निस्कन दिनुपर्ने आदेशमा भानिएको छ । रासस

यो पनि –चितवनमा तीन सय बढीको कोरोनाका कारण मृत्यु

जिल्लामा कोरोना सङ्क्रमणका कारण ३१८ को मृत्यु भएको छ । स्वास्थ्य कार्यालयका अनुसार बिहीबारसम्म कोरोनाका कारण सो सङ्ख्यामा मृत्यु भएको हो । कार्यालयले मृत्यु हुनेमा भरतपुर महानगरपालिकाका धेरै रहेका जनाएको छ । महानगरपालिकाभित्र २०२ व्यक्तिको मृत्यु भएको कार्यालयको तथ्याङ्कले देखाएको छ । तथ्याङ्कअनुसार खैरहनी नगरपालिकाका २१, माडी नगरपालिकाका ११, रत्ननगर नगरपालिकाका ३२, राप्ती नगरपालिकाका २९ र कालिका नगरपालिकाका २० व्यक्ति छन् । जिल्लाको एक मात्र गाउँपालिका इच्छाकामनामा कोरोना सङ्क्रमणले तीन व्यक्तिको मृत्यु भएको छ ।

यहाँका विभिन्न अस्पतालमा उपचारका क्रममा र होमआइसोलेसनमा रहेको समयमा उनीहरुको मृत्यु भएको कार्यालयका जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालले जानकारी दिनुभयो । ढकालका अनुसार जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या १९ हजार नजिक पुगेको छ । हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या १८ हजार ८७७ पुगेको उहाँले जानकारी दिनुभयो । त्यसमध्ये १६ हजार ८४५ ले सङ्क्रमणमुक्त भइसकेका छन् । अहिले एक हजार ७१४ जना सक्रिय सङ्क्रमित रहेको उहाँले बताउनुभयो । त्यसमध्ये सार्वजनिक आइसोलेसनमा १०, अस्पतालमा ११२ र होमआइसोलेसनमा एक हजार ५९२ व्यक्ति रहेका छन् ।