‘कांग्रेस महाधिवेशन निर्धारित मिति मै हुनुपर्छ’

‘कांग्रेस महाधिवेशन निर्धारित मिति मै हुनुपर्छ’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको महाधिवेशन निर्धारित मितिमै हुनुपर्ने बताउनुभएको छ । भक्तपुरको कौशलटारमा कांग्रेसका युवा नेता तथा लेखक गुरुराज घिमिरेको कविता सङ्ग्रह ‘मृत्युसँगको साक्षात्कार’ आज विमोचन गर्दै उहाँले निर्धारित मितिमा महाधिवेशन हुन नसके कांग्रेसको वैधानिकता गुम्ने खतरा हुने बताउनुभयो ।

अहिले आफ्नो एकमात्र अर्जुन दृष्टि भनेकै निर्धारित महाधिवेशन गर्नुनै रहेको छ भन्दै उहाँले पार्टीलाई वैधानिकताबाट बचाउन र दर्ता नै खारेजी हुनबाट जोगाउन प्रतिनिधिमूलक ढङ्गले भएपनि महाधिवेशन गर्नुपर्नेे धारणा राख्नुभयो । विधानले अप्ठ्ययारो नपार्ने विषयलाई मिलाउदै जान सकिने उहाँको भनाइ थियो ।  कार्यक्रममा नेता कृष्णप्रसाद सिटौलाले कांग्रेसको आज बिहान बसेको बैठकमा पार्टी सभापति शेरबहादुर देउवा र नेता पौडेलले निर्धारित मितिमै महाधिवेशन हुन्छ भने पनि आफूलाई भने आशंका लागेको बताउनुभयो । उहाँले भन्नुभयो, “पार्टीको क्रियाशिल सदस्यको विवाद अहिलेसम्म नमिलेको अवस्थामा निर्धारित मितिमै महाधिवेशन हुन्छ भन्ने विश्वास कसरी गर्ने ।”

कार्यक्रममा महामन्त्री डा शशांक कोइराला, नेताहरु शेखर कोइराला, डा.मीनेन्द्र रिजाल, बलबहादुर केसी, अर्जुन नरसिंह केसी, दिपक गिरी, डा. चन्द्र भण्डारी, बद्री पाण्डेलगायतले राजनीति र साहित्यमा सफलता हासिल गर्न शुभकामना व्यक्त गर्नुभयो । पूर्व मुख्य सचिव डा.विमल कोइरालाको सभापतित्वमा सम्पन्न कार्यक्रममा साहित्यकार डा. तुलसी भट्टराई, ज्ञानु अधिकारीलगायतले पुस्तकको समिक्षा गर्नुभयो । लेखक घिमिरेले विगत १० वर्षको अवधिमा आफूले छ वटा कृति लेखेको बताउँनुभयो ।रासस

यो पनि – जसपाका अध्यक्ष ठाकुरद्वारा सर्वोच्चमा रिट

जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष महन्थ ठाकुरले पार्टी विभाजन र आधिकारिकताको निर्णय रोक्ने आदेशको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको छ ।  बिहीबार निर्वाचन आयोगले यही साउन ११ गते कार्यकारिणी समिति सदस्यलाई बोलाउने आदेश सुनाएपछि आज अध्यक्ष ठाकुरले उक्त रिट निवेदन दायर गर्नुभएको हो ।

निर्वाचन आयोगले आधिकारिकताको विवादमा जसपाका कार्यकारिणी समिति सदस्यलाई परिचयपत्रको सक्कलप्रतिसहित उपस्थित हुन आदेश गरेको थियो । जसपामा भएका दुई अध्यक्ष उपेन्द्र यादव र ठाकुरमध्ये कार्यकारिणी समितिमा यादवको बहुमत देखिएको र अध्यक्ष ठाकुर पक्षको दाबी नै नपुग्ने देखिएपछि आफ्नो पार्टीको विभाजन र आधिकारिकताको निर्णय तत्काल रोक्न आदेशका माग गरिएको छ । रिट निवेदनमा आफूले कारबाही गरेपछि संशोधन गरेको कार्यकारिणी समितिलाई मान्यता दिनुपर्नेमा आयोगले हकदैया नै नभएको विषयवस्तुमा प्रवेश गरेको उल्लेख छ ।

यो पनि – राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच छलफल

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच आज साँझ राष्ट्रपति भवनमा समसामयिक विषयमा छलफल भएको छ । “सम्माननीय राष्ट्रपति र प्रधानमन्त्रीज्यूबीच समसामयिक विषयमा छलफल भएको हो । सम्माननीयज्यूहरूबीच यो नियमित भेटवार्ता हो”, छलफलबारे राससलाई सङ्क्षिप्त जानकारी दिँदै राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले भन्नुभयो ।

यो पनि – प्रधानमन्त्री देउवालाई बधाई

काठमाडौँ, ८ साउन । जनता समाज पार्टी नेपाल (जसपा) का महेन्द्रप्रसाद यादवले प्रधानमन्त्री देउवाको नेतृत्वमा रहेको गठबन्धन सरकारलाई मुलुकमा शान्ति र स्थिरता कायम गर्न, कोरोनाविरुद्धको खोप व्यवस्थापन एवं सङ्घीयता कार्यान्वयनका लागि कानून बनाउने ठूलो कार्यभार रहेको बताउनुभएको छ । प्रधानमन्त्री देउवालाई प्रतिनिधिभसाको आजको बैठकमा बधाई तथा शुभकामना दिँदै उहाँले ‘‘अदालतको ऐतिहासिक फैसलाबाट आगामी राजनीति र लोकतन्त्रलाई स्थायीत्व प्रदान गर्दै अघि बढ्न सफलता मिल्ने छ भन्नुभएको थियो । ’’

सोही पार्टीका नेता अनिलकुमार झाले प्रधानमन्त्री देउवाले आफनो कार्यकालमा मधेसका मुद्दालाई सम्वोधन गर्न, विकास र समृद्धिका कार्यक्रमलाई अघि बढाउन सफलता मिलोस भनी शुभकामना व्यक्त गर्दै बधाई ज्ञापन गर्नुभयो । उहाँले भन्नुभयो, “नयाँ सरकारले सबै नागरिकलाई कोरानाविरुद्धको खोप व्यवस्थितरुपबाट अघि बढाउन ठोस पहल हुनेछ । देश र जनताका पक्षमा राम्रा कार्यक्रम अघि बढने छ ।”

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का राजेन्द्र लिङदेनले मुलुकले अनुभवी नेता प्रधानमन्त्री पाएकाले स–साना कामबाटै असल शुरुआत गर्न सुझाव दिनुभयो । उहाँले भन्नुभयो, “जनताले एकै पटक ठूलो परिवर्तनको आशा यो सरकारबाट गरेका छैनन्, तर जति काम गर्नुहुन्छ, त्यो जनताले महसूस गर्ने खाले हुन् ।” राष्ट्रिय जनमोर्चाकी नेत्री दुर्गा पौडेलले पटक पटक प्रतिनिधिसभा विघटन गरी अघि बढ्न खोज्ने प्रतिगमनकारी प्रयासलाई जितेर बनेको सरकारप्रति जनताको ठूलो आशा र भरोसा रहेकाले सुझबुझपूर्ण तरिकाले जिम्मेवारी पूरा गर्न सुझाव दिनुभयो ।

उहाँले भन्नुभयो, “असल र राम्रा कामतर्फ सरकारको ध्यान जाओस्, सरकारलाई सफलताको शुभ कामना छ ।” नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले विशिष्ट व्यक्तिका नाममा राजसी ठाँट देखिएको प्रसङ्ग उल्लेख गर्दै असारे विकासे बजेट अन्त्य गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले कृषि वैज्ञानिकलाई अनुसन्धान गर्न प्रोत्साहन गर्नुपर्ने भन्दै राजनीतिक कार्यकर्तालाई अनुशासित तुल्याउन आवश्यक रहेको बताउनुभयो । रासस

यो पनि – वाचा पूरा गरेरै छाड्छौँ ः प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार गठनका सन्दर्भमा गरेका वाचा पूरा गरेरै छाडिने प्रतिबद्धता जनाउनुभएको छ । प्रतिनिधिसभामा दलका नेताबाट बधाई तथा शुभकामना दिने क्रममा उठाइएका जिज्ञासाका जवाफ दिँदै प्रधानमन्त्री देउवाले जति महँगो भए पनि ऋण वा सापट लिएर सबैलाई खोप उपलब्ध गराइने प्रतिबद्धता जनाउनुभयो । उहाँले समृद्धिको राष्ट्रिय आकांक्षा पूरा गर्ने विश्वास दिलाउँदै सबै राजनीतिक दलको साथ र सहयोगबाट मुलुकको हितमा देखिने गरी काम गरिने स्पष्ट पार्नुभयो ।

प्रधानमन्त्री देउवाले भन्नुभयो, “राष्ट्रपतिको आह्वानअनुसार हामीले सरकार गठनका लागि बहुमत सदस्यको हस्ताक्षरसहित निवेदन दिएका थियौँ, सोहीअनुसार राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गरेको भए त्यसबेला नै संसद्मा विश्वासको मत लिन सकिन्थ्यो तर राष्ट्रपतिबाट त्यो भएन ।” संविधानसभाका तत्कालीन अध्यक्षले अदालतको फैसलाबाट दलको चुनाव चिह्न र टिकटबाट उम्मेदवार भई जितेका सांसदलाई ह्विप नलाग्ने अवस्था हुन्छ र भनी राख्नुभएको जिज्ञासामा प्रधानमन्त्री देउवाले प्रतिप्रश्न गर्दै भन्नुभयो, “विश्वासको मत लिने सन्दर्भमा उपस्थितिका लागि सामान्य अनुरोध मात्र गरिएको हो, ह्विप लगाएको होइन ।” उहाँले ठूलो सङ्ख्याका सांसदको साथ पाएर प्रधानमन्त्री बनेकोमा उहाँहरुलाई धन्यवादसमेत दिनुभयो ।