नेपालगञ्जमा ला.गुऔ.षध कारोबारस्थलमै प्रहरीको छापा…

नेपालगञ्जमा ला.गुऔ.षध कारोबारस्थलमै प्रहरीको छापा…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भारतीय नागरिकले नेपालगञ्जमा कोठा भाडामा लिएर गर्दै आएको ला.गुऔ.षको कारोबारस्थलमा बाँके प्रहरीले छापा मारेको छ । नेपालगञ्ज उपमहनगरपालिका¬–१२ कोरियनपुरमा गएराति दुई भारतीय नागरिकसहित तीन व्यक्तिलाई ४३ ग्राम खैरो हिरोइनसहित प्रहरीले पक्राउ गरेपछि नेपालगञ्जमा भाडामा कोठा लिएर अवैध ला.गुऔ.षधको ठूलो कारोबार हुँदै आएको तथ्य फेला परेको हो ।

ला.गुऔ.ष.ध ब्यूरो नेपालगञ्जले प्राप्त गरेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले शुक्रबार राति नेपालगञ्ज–१२ कोरियनपुरस्थित तीनतले घरबाट भारतको बहराइच जिल्ला कोतवाली नानपारा बाइपासका २८ वर्षीय सलमान खान, भारत लखनऊ कोतवाली घर भएका २८ वर्षीय मुस्तकिम र नेपालगञ्ज¬–११ टाँगास्टेशन निवासी २१ वर्षीय आजाद कबडियालाई सो ब्रा.उन सु.गरसहित नियन्त्रणमा लिएको बाँकेका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिनुभयोे । उहाँका अनुसार छापा मा.र्दा कोठाबाट ला.गुऔ.षध तौल गर्ने डिजिटल तराजुसमेत ब.रामद भएको छ । पक्राउ परेका तीनै जनालाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयले थप अनुसन्धान शुरु गरेको छ ।

यो पनि – नेपाल एयरलाइन्स जहाजमार्फत मलेसियाबाट २४ जना नेपालीको शव नेपाल ल्याइयो

राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को जहाजले मलेशियाबाट २४ वटा नेपालीको शव नेपाल ल्याएको छ । निगमको वाइडबडी ए३३० जहाजले मलेशियाको राजधानी क्वालालम्पुरबाट एकैपटक २४ वटा शव र तीन वटा अस्तु नेपाल ल्याएको हो । वैदेशिक रोजगारीको सिलसिलामा मलेशियामा विभिन्न समयमा मृत्यु भएका नेपालीको शव बिहान वाइडबडी जहाजमार्फत नेपाल ल्याइएको निगमको उडान सञ्चालन विभागले जानकारी दिएको छ । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको समन्वयमा नेपाल ल्याइएका ती शव आजै आफन्तलाई जिम्मा लगाइएको छ ।

यसैबीच सरकारले चीनबाट खरिद गरिएको कोभिडविरुद्धको भेरोसेल खोप लिन निगको अन्तिम उडानको जहाज आइतबार चीनको बेइजिङ जाने उडान तालिका रहेको निगमले जनाएको छ । निगमले पछिल्लो पटक तीन उडानमार्फत चीनबाट खोप नेपाल ल्याएको छ । गत असार २५ गते पहिलो उडानमार्फत आठ लाख मात्र खोप नेपाल ल्याइएको थियो । त्यस्तै साउन १ गते थप मात्राको खोप ल्याइएको थियो ।

यो पनि – ९३ हजार बढीले लगाए कोरोनाविरुद्धको खोप

जिल्लामा ९३ हजार बढीले कोरोनाविरुद्धको पहिलो मात्रा खोप लगाएका छन् । दुई वटा फरक फरक कम्पनीका गरी ९३ हजार ३७२ ले खोप लगाएका हुन् । तीमध्ये २३ हजार ९३८ ले दोस्रो डोज लगाइसकेका छन् । स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपकप्रसाद तिवारीका अनुसार जिल्लामा गत माघबाट खोप अभियान सञ्चालन भएको हो । शुरुमा कोभिसिल्ड खोप लगाइएको थियो । पहिलो डोज ३९ हजार ८७९ ले लगाएकोमा दोस्रो डोज १३ हजार १७२ ले मात्रै लगाएका छन् । कोभिडसिल्ड अन्यलाई बाँकी रहेको छ ।

त्यस्तै भेरोसेल ५३ हजार ४९३ ले पहिलो मात्रा लगाइसकेका छन् । तीमध्ये १० हजार ७६६ ले दोस्रो मात्रा पनि लगाएको तिवारीले जानकारी दिनुभयो । हालसम्म चितवनको जनसङ्ख्याको १३.५ प्रतिशतलाई पहिलो मात्रा खोप लगाइसकिएको छ । जिल्लामा अनुमानित जनसङ्ख्या छ लाख ९७ हजार रहेको छ । समग्र देशको तुलनामा चितवनको खोप कभरेज बढी भएको तिवारीले बताउनुभयो । उहाँले भन्नुभयो, “समग्र देशको सात प्रतिशत हाराहारीलाई खोप लगाउँदा चितवनमा १३.५ प्रतिशतलाई खोप लगाइएको छ ।”

जिल्लामा खोप अभियान निरन्तर हुने भएको छ । यही साउन ११ गतेदेखि भेरोसेल र १४ गतेदेखि जन्सनको खोप अभियान सञ्चालन हुन लागेको छ । यी दुवै अभियान सम्पन्न भएपछि ५० वर्षभन्दा कम उमेर समूहका लागि अभियान सञ्चालन हुने भएको हो । स्वास्थ्य कार्यालय चितवनका प्रमुख तिवारीले भन्नुभयो, “खोप अब नियमित हुन्छ, सबैले खोप पाउने अवस्था सिर्जना भएको छ ।” उहाँले अगाडि भन्नुभयो, “आफ्नो समूहको पालो कुर्नुहोस्, धैर्य गर्नहोस्, सबैले खोप पाउनुहुन्छ ।” राज्यले नै प्राथमिकता तोकेर खोप वितरण गरिरहेको भन्दै उहाँले आ–आफ्नो समूहमा खोप लगाउन सबैसँग आग्रह गर्नुभयो ।

यसैबीच साउन ४ गतेदेखि सञ्चालित खोप अभियानमा मौज्दात सकिएका कारण स्थगन भएर भेरोसेल खोपको पहिलो मात्रा बाँकी रहेकालाई साउन ११ गतेबाट १३ गतेसम्म खोप लगाइने भएको छ । प्रमुख तिवारीका अनुसार ५५ वर्ष र सोभन्दा बढी उमेर समूहका, विद्यालय र विश्वविद्यालयका शिक्षक, कर्मचारी र प्राध्यापक, सार्वजनिक यातायातमा कार्यरत चालक, सहचालक र सरकारले तोकेका अत्यावश्यक सेवामा संलग्न खोप लगाउन बाँकी व्यक्तिलाई यो खोप लगाइने छ ।

यस्तै साउन १४ गतेदेखि जन्सनको खोप लगाउन शुरु गरिने तिवारीले जानकारी दिनुभयो । उहाँका अनुसार ५० देखि ५४ वर्ष उमेर समूहका, पूर्ण र अति अशक्त अपाङ्गता भएका, हाल नेपालमा बसोबास गरिरहेका शरणार्थी र यसअघि छुटेका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र सफाइकर्मीलाई जन्सन खोप लगाइने छ । अबका दिनमा खोप अभियान नियमित हुने भएकाले खोप तालिकाको प्रचारप्रसार र खोप केन्द्रको व्यवस्थापन सम्बन्धित पालिकामा रहेको नगर खोप समन्वय समिति नै गर्ने छ । यस्तै वडा खोप समन्वय समितिले सम्बन्धित वडाको खोपको व्यवस्थापन र प्रचारप्रसार गर्ने तिवारीले बताउनुभयो । ––– रासस