एकताबद्ध एमाले बनाउन लागिपरेका छौँ : नेता गुरुङ

एकताबद्ध एमाले बनाउन लागिपरेका छौँ : नेता गुरुङ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपाल कम्युनिष्ट पार्टी (एमाले) स्थायी कमिटीका सदस्य एवं गण्डकी प्रदेशका निर्वतमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सबैलाई एकै ठाउँमा ल्याएर पार्टीलाई एकताबद्ध बनाउने प्रयास भइरहेको बताउनुभएको छ । पार्टी निकट युवासङ्घ नेपाल गण्डकी प्रदेशको आज पोखरामा कार्यालय उद्घाटन गर्दै उहाँले पार्टी अनुशासन तोडेर हिँडेकालाई पार्टीमा फर्केर गल्ती स्वीकार गरे आममाफी दिइने बताउनुभयो । उहाँले भन्नुभयो, “सकेसम्म माधव नेपालसहितको एकताबद्ध पार्टी बनाउँछौँ । त्यसो हुन नसके प्रभाव भएका नेताहरूलाई ल्याएर एमालेलाई नयाँ शिराबाट अघि बढाउँछौँ ।”

एमाले कमजोर हुँदा राष्ट्रिय स्वाधिनता कमजोर हुने र विकास निर्माणलगायतका काममा असर पर्ने भएकाले समेत जनताको चाहनासमेत एकतावद्ध एमाले भएको नेता गुरुङको भनाइ छ । आगामी स्थानीय तह, प्रदेश र सङ्घीय चुनावमा एमालेले एकल बहुमत प्राप्त गर्ने गरी सङ्गठन निर्माण, विकास निर्माण र रुपान्तरणको काममा केन्द्रित हुन युवालाई उहाँले आग्रह गर्नुभयो ।

युवासङ्घका पूर्वअध्यक्ष एवं गण्डकी प्रदेशसभा सदस्य राजीव पहारीले केपी शर्मा ओली सरकार र प्रदेशमा पृथ्वीसुब्बा गुरुङको सरकारले गरेका राम्रा कामको जनतामा प्रचार–प्रसार गर्दै निर्वाचनको तयारीमा लाग्नुपर्ने बताउनुभयो ।

यो पनि – प्रभावकारी ढङ्गले सरकार सञ्चालन गर्ने गठबन्धनको निर्णय

पाँच दलीय गठबन्धनलाई थप प्रभावकारी बनाउँदै सरकार सञ्चालनमा सहयोग गर्ने शीर्ष नेताहरूबीच सहमति भएको छ । प्रधानमन्त्री निवासमा आज साँझ भएको बैठकमा प्रभावकारी ढङ्गले सरकार सञ्चालन गर्ने निर्णय भएको हो । बैठकमा मन्त्रिपरिषद् विस्तार, समसामयिक राजनीतिक परिस्थिति, सरकारका भावी योजना, महामारी नियन्त्रणको प्रयासलगात विषयमा शीर्ष नेताहरूबीच गम्भीर विचारविमर्श भएको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)का प्रेस विज्ञ विष्णु सापकोटाले जानकारी दिनुभयो ।

बैठकमा प्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा(माओवादी केन्द्र)का अध्यक्ष दाहाल, नेकपा(एमाले)का नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसी सहभागी हुनुहुन्थ्यो । आजै माओवादी केन्द्रका अध्यक्ष दाहाल र पूर्व प्रधानमन्त्री नेपालबीच कोटेश्वरस्थित नेता नेपालको निवासमा समसामयिक विषयमा छलफल भएको थियो ।

यो पनि – सीमा समस्या कूटनीतिक तरिकाबाट समाधान गरिनुपर्छ : मुख्यमन्त्री भट्ट

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सीमासम्बन्धी विवाद कूटनीतिक तवरबाट समाधान गरिनुपर्ने बताउनुभएको छ । बेलौरी नगरपालिकामा आज आयोजित छलफल कार्यक्रममा उहाँले सीमा क्षेत्रमा देखिने विवादका बारेमा पटक–पटक केन्द्रीय सरकारलाई समाधानका लागि दबाब दिइँदै आएको बताउनुभयो । “अन्तर्राष्ट्रिय सीमा समस्या हल गर्ने अधिकार प्रदेश सरकारलाई छैन”, उहाँले भन्नुभयो, “समस्या समाधानका लागि दबाब सिर्जना गर्ने कार्य हुँदै आएको छ ।” सीमा समस्याबारे केन्द्रीय सरकारलाई सुझाव दिने कार्य हुँदै आएको उहाँले बताउनुभयो ।

मुख्यमन्त्री भट्टले सीमासम्बन्धी विवाद हुँदा आम नागरिकलाई तनाव हुने गरेको उल्लेख गर्नुहँुदै सीमा क्षेत्रका बासिन्दाले देखाएको राष्ट्रभक्तिले सीमा क्षेत्रको रक्षा भएको बताउनुभयो । बेलौरीस्थित छोटी भन्सार कार्यालयको स्तरोन्नतिका लागि केन्द्रीय सरकारसमक्ष कुरा राख्ने उहाँले बताउनुभयो  यसैबीच, आजै कृष्णपुर नगरपालिका–१ पहरियामा राष्ट्रिय माध्यमिक विद्यालयले आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री भट्टले सामुदायिक विद्यालयको लगानीअनुरुपको गुणस्तर कायम हुन नसकेकोप्रति असन्तुष्टि व्यक्त गर्नुभयो ।

“सरकारी विद्यालय खोल्न जति जोड गर्दछौँ । विद्यालय सञ्चालनमा आएपछि व्यवस्थापनमा चासो दिइँदैन”, उहाँले भन्नुभयो, “त्यसको समीक्षा हुनु जरुरी छ ।” सरकारको विद्यालयमा लगानी धेरै छ, लगानीअनुरुपका प्रतिफल नआउनुको कारण खोज्नुपर्ने बेला आएको उहाँले बताउनुभयो । “म प्रदेशको मुख्यमन्त्री हुँ, मेरा छोराछोरी सरकारी विद्यालयमा पढ्छन्”, उहाँले भन्नुभयो, “विद्यालयमा पढाउने शिक्षकले आ–आफ्ना छोराछोरीलाई संस्थागत विद्यालयमा पढ्नका लागि पठाउने गरेका छन् । आफैँले पढाएको विश्वास नभएर पठाउने गरेका हुन् वा अन्य कुनै कारण छ यसको खोजी गरिनुपर्छ ।”

मुख्यमन्त्री भट्टले घरपछिको शिक्षा दिने ठाउँ विद्यालय रहेको चर्चा गर्नुहँुदै विद्यार्थीमा नैतिकताको पाठ सिकाइनुपर्ने बताउनुभयो । शिक्षा क्षेत्रको विकासका लागि प्रदेश सरकारले नयाँ नीति ल्याउन लागेको जानकारी पनि उहाँले दिनुभयो । सामाजिक विकासमन्त्री लालबहादुर खड्काले शिक्षा, स्वास्थ्य र खेलकूदलगायतका क्षेत्रमा देखिने गरी प्रगति भइरहेको बताउनुभयो । मुख्यमन्त्री भट्ट, सामाजिक विकासमन्त्री खड्का तथा प्रदेशसभा सदस्यद्वय महेशदत्त जोशी र कुलवीर चौधरीसहितको टोलीले आज बेलौरी कलुवापुर सडकखण्ड, कलुवापुर नाइल–बुडर सडकखण्ड र दैजी–लिप्ना सडकखण्डको स्थलगत अवलोकन गरेको छ ।रासस

यो पनि – संविधानको रक्षा, कानूनको पालनामा जोड दिन्छौँ : महास

नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले संविधानको रक्षा, कानूनको पालना, शान्तिपूर्वक प्रतिस्पर्धाको राजनीतिमा जोड दिने बताउनुभएको छ । राष्ट्रिय युवा सङ्घको युथफोर्स काठमाडौँ उपत्यका कमाण्ड घोषणा तथा शपथग्रहण समारोहलाई सम्बोधन गर्दै उहाँले संविधानको रक्षा, कानूनको पालना र प्रतिस्पर्धाको राजनीतिलाई कमजोर बनाउनेसँग पार्टीले सम्झौता नगर्ने बताउनुभयो ।

उहाँले शान्तिपूर्व राजनीतिक प्रतिस्पर्धामा विश्वास गर्ने पार्टी भएकाले त्यसविरुद्ध जान नसकिने धारणा राख्नुभयो । “शान्तिपूर्ण राजनीतिक प्रतिस्पर्धाको विरुद्ध कोही जान्छ भने त्यसलाई कामजोर बनाउन र संवैधानिक प्रक्रियालाई अवरोध गराउन खोज्दछन् भने हाम्रो युथफोर्सले त्यसविरुद्धमा खबरदारी गर्नेछ”, उहाँले भन्नुभयो । हिजोका सरकारले गरेका राम्रा कामलाई ध्वस्त बनाउन खोजियो भने छिमेकी देशसँगको सम्बन्धलाई कमजोर बनाउन खोजियो भने त्यसविरुद्ध पार्टीसँगै युथफोर्स अगाडि बढ्ने उहाँको भनाइ छ ।

युथफोर्स कानून र राज्यको संरचनालाई तोडमोड र जनताका जनादेशलाई लत्याउन खोजिए त्यो सह्य नभएको बताउनुभयो । उहाँले एमालेको रक्षा गर्ने खम्बाका रूपमा युथफोर्स रहेको भन्दै कहीँकतै असुरक्षित र त्रास फैलाइएको वा नेता कार्यकर्तामाथि हमला गरिन्छ भने त्यसको प्रतिवाद युथफोर्सले गर्ने चेतावनी दिनुभयो । उहाँले भन्नुभयो, “उत्पादनका कुरा, जनतालाई उत्पादन काममा सहयोग र रोजगारीका पक्षमा अभियान चलाउनु पर्दछ ।”

कार्यक्रममा एमालेका केन्द्रीय सदस्य महेश बस्नेतले युथफोर्स भ्रष्टाचार र अनियमितताविरुद्ध रहेको बताउनुभयो । “सरकारका राम्रो काममा हामी सहकार्य गर्न तयार छौँ”, उहाँले भन्नुभयो, “पूरक बजेट ल्याउने, संविधान संशोधन गरेर मन्त्रिमण्डलको सङ्ख्या थप्नेजस्ता कुरा स्वीकार्य छैन ।” उहाँले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएर एमाले पार्टी फुटाउन खोजे त्यसको प्रतिवाद गर्ने बताउनुभयो ।