स्रोत नखुलेको ४० लाखसहित झापाबाट एक जना पक्राउ

स्रोत नखुलेको ४० लाखसहित झापाबाट एक जना पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

स्रोत नखुलेको रु ४० लाखसहित झापा गाउँपालिका–२ बेलाइतिबारीबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा बेलाइतिबारीका ५० वर्षीय गौरी मण्डल रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले बताउनुभयो । उहाँका अनुसार भारतबाट नेपालतर्फ ल्याउँदै गरेको स्रोत नखुलेका रु ४० लाख ३७ हजार ६७० सहित इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलील उनलाई शनिबार दिउँसो पक्राउ गरेको हो । पक्राउ परेका मण्डललाई आवश्यक कारवाहीका लागि आइतबार भद्रपुर भन्सार कार्यालयमा बुझाइने उहाँले जानकारी दिनुभयो ।

यो पनि – गाई काट्दै गरेको अवस्थामा छ पक्राउ

सङ्खुवासभाको मादी नगरपालिका–९ मा गाई काटेको अभियोगमा प्रहरीले छ जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा मादी–९ का सुदीप लिम्बू, निखिल लिम्बू, मिलन गुरुङ, प्रेमबहादुर श्रेष्ठ, मनबहादुर लिम्बू र सुदीप दर्जी रहेका छन् । मादी–९ स्थित दमाई खोल्सामा गाई काट्दै गरेको अवस्थामा उनीहरुलाई शुक्रबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक शुभेष अधिकारीले बताउनुभयो । प्रक्राउ परेको सबै जनामाथि गौवधसम्बन्धी मुद्दा चलाएको प्रहरीले जनाएको छ । सो मुद्दामा तीन वर्षसम्म कैद हुने कानूनी व्यवस्था छ ।

त्यस्तै सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ चेप्चेवा भिरबाट खसेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिलिचोङ–१ केवाडाँडाका २१ वर्षीय दिनेश राई रहेको प्रहरीले जनाएको छ । आज दिउँसो साढे २ बजे सिलिचोङ–१ स्थित स्वास्थ्यचौकीको फर्निचर बोकेर आउँदै गर्दा २१ वर्षीय राईको चेप्चेवा भिरबाट सिसुवा खोलामा खसेर मृत्यु भएको प्रहरी निरीक्षक अधिकारीले जानकारी दिनुभयो ।

यो पनि – इलामको फाकफोकथुममा जङ्गली च्याउ खाँदा बाबु छोराको मृत्यु

इलामको फाकफोकथुममा जङ्गली च्याउको तरकारी खाँदा बाबु–छोराको मृत्यु भएको छ ।  मृत्यु हुनेमा फाकफोकथुम–१ का ५१ वर्षीय लेखबहादुर लिम्बू र उनका छोरा १२ वर्षीय दिवस लिम्बू रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार गत साउन ३ गते घर नजिकैको जङ्गलबाट ल्याएको च्याउको तरकारी खाँदा बिरामी परेका दुबै जनालाई उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल भर्ना गरिएको थियो । उपचारकै क्रममा दुबै जनाको अस्पतालमा मृत्यु भएको हो जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर थापाले जानकारी दिनुभयो ।

खम्बाले किचेर बालकको मृत्यु

खेल्ने क्रममा सिमेन्टको खम्बा लडेर किच्दा इलाम नगरपालिका–१ नेपालटारमा आठ वर्षीय एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बालक ग्रेसदीप रिजाल रहेको प्रहरीले जनाएको छ । हर्कबहादुर गुरुङको घरको भित्तामा ठड्याएर राखेको खम्बा लडेर किच्दा गम्भीर घाइते भएका बालकको उपचारका क्रममा इलाम अस्पतालमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक थापाले बताउनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो पनि – पछिल्लो २४ घन्टामा थप ३ हजार ११४ जनामा कोरोना संक्रमण पुष्टि,१६ जनाको मृत्यु

काठमाडौं, ९ साउन । नेपालमा पछिल्लो २४ घण्टामा देशभर ३ हजार ११४  जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १०,६२५ पीसीआर र ४,२८४ एन्टीजेन परीक्षणमा ३,११४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो संगै हालसम्म नेपालमा पिसीआरबाट कोरोना संक्रमण पुष्टि भएकाको संख्या ६ लाख ७९ हजार १७ पुगेको छ । भने एन्टीजेन पोजिटिभ भएकाहरुको संख्या ५४ हजार २४३ पुगेको छ ।

त्यसैगरी, पछिल्लो २४ घण्टामा २,१९७  जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै निको हुनेको संख्या ६ लाख ४१ हजार ५६५ पुगेको छ । त्यसै गरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १६ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ६९५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 

 

यो पनि – रोकिएन कोरोना सङ्क्रमण बढ्ने क्रम, काठमाडौँ उपत्यकामा थप जोखिम

काठमाडौँ, ९ साउन (रासस) : नेपालमा कोराना सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा सङ्क्रमितको सङ्ख्या बढेर तीन हजार ११४ पुगेको छ । यससँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या सात लाख ७९ हजार १७ पुगेको छ । शुक्रबार सङ्क्रमितको सङ्ख्या दुई हजार ९७७ थियो ।

पछिल्लो २४ घण्टामा थप १० हजार ६३५ जनाको पिसिआर परीक्षण तथा चार हजार २८५ जनाको एन्टिजेन परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पिसिआर विधिबाट दुई हजार ३०९ तथा एन्टिजेन विधिबाट परीक्षण गर्दा ८०५ जनामा सङ्क्रमण पुष्टि भएको हो । हालसम्म छ लाख ४१ हजार ५६५ जना कोरोना भाइरसबाट मुक्त भइ घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा देशभर दुई हजार १९७ सङ्क्रमित निको भइ घर फर्किएको मन्त्रालयले जनाएको छ ।

काठमाडौँ उपत्यकामा ६१५ सङ्क्रमित थपिए

काठमाडौँ उपत्यकामा पछिल्लो समय ६१५ सङ्क्रमित थपिएका छन् । थपिएकामध्ये काठमाडौँका ४२१, भक्तपुरका ८६ तथा ललितपुरका १०८ जना रहेका मन्त्रालयले जनाएको छ । काठमाडाँै उपत्यकामा सात हजार ६१९ सक्रिय सङ्क्रमित रहेका छन् । काठमाडौँमा पाँच हजार ५७४, ललितपुरमा एक हजार ११३ तथा भक्तपुरमा ९३२ सक्रिय सङ्क्रमित रहेका छन् ।

थप १६ सङ्क्रमितको मृत्यु

पछिल्लो समय नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट थप १६ सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या नौ हजार ६९५ पुगेको मन्त्रालयले जनाएको छ । शुक्रबार कोरोनाबाट १८ जनाले ज्यान गुमाएका थिए ।

यो पनि : सुर्खेत र धनगडीपछी नेपालगंजबाट पनि विजय शाहीले लाखौ रुपैया ठ.गेको भन्दै मिडियामा आए पिडितहरु (भिडियो)

काठमाडौँ, ९ श्रावन । अमेरिकी मेमरी च्याम्पियन नेल्सन डेलिससंगको अन्तर्वार्ता पछी पुन: आ.लो.चित बनिरहेका आफुलाई मेमरी किङ्ग बताउने विजय शाहीको अर्को क.र्तुत बाहिरिएको छ । शाहीले नेपालको पश्चिम क्षेत्रमा महिनौ अगाडी देखि नै ठ.गि गर्दै आएको खुलेको हो । सुरुमा विजय शाहीबाट लाखौ रुपैया ठ.गिएको भन्दै सुर्खेतका पिडितहरु मिडियामा आएका थिए । त्यस लगत्तै धनगडी हुदै नेपालगंजका पिडितहरु पनि आफु ठ.गिएको भन्दै मिडियाको सम्पर्कमा आएका छन ।

उनीहरुले आफुले तिरेको रसिद सहित आफु ठ.गिएको भन्दै मिडियामा आएका हुन् । पिडित मध्यका एक जना विवेक साउदका अनुसार शाहीका मान्छे पुस्कल शर्मा र ओम प्रकास शर्मा लगायतले त्यहाँबाट रकम उठाएका थिए । सुर्खेतमा जनही पाँच हजार उठाएका उनीहरुले नेपालगंजमा भने जनही पैतिस सय उठाएका थिए । त्यहाँ चार सय जना भन्दा बढीबाट झन्डै १५ लाख रुपैया विजय शाहीले उठाएको पिडित साउदले बताए । पिडितसंग पुग्य गौतमले गरेको कुराकानी यहाबाट हेर्नुहोस ।

काठमाडौँ, ८ श्रावन । विजय शाहीले सुर्खेतको विद्यालयबाट आफ्नो विद्या सिकाउने भन्दै करिब ४५ लाख रुपैया लिएको खुलासा भएको छ । शाहीले ६ महिना अगाडी विद्यार्थीहरुलाई क्लास दिन्छु भनेर करिब ९०० विद्यार्थीबाट प्रतिव्यक्ति पांच हजारको दरले ४५ लाख उठाएको सुर्खेत कै पिडित बसन्त वि.ष्टले बताएका छन ।

ति विद्यार्थीहरुसंग २० दिन मै मेमरी सिकाउने भन्दै पैसा उठाएको वि.ष्टले बताए । पिडितहरु अहिले एक आपसमा रकम तिरेको रसिद संकलन गरेर आफ्नो ठ.गिएको पैसा फिर्ता लिन मिडियाको सहारा लिन थालेका छन । विजय शाहीलाई सम्पर्क गर्दा मिडियामा नजानु भन्ने गरेको वि.ष्टले बताए । तर पछिल्लो समय आएर शाहीले फोन नै नउठाएपछि उनीहरु मिडियाको सम्पर्कमा आएका हुन् । विजय शाहीले आफ्ना मान्छेहरु सुर्खेतमा खटाएर रकम उठाएर ठ.गिमा लागेको पिडितहरुको आ.रोप छ । पिडितहरुका अनुसार पुस्कल शर्मा र ओम प्रकास शर्माले त्यहाँबाट रकम उठाएका थिए । विजय शाहीको कुरामा विस्वास गरेर कोहि पनि न.फ.स्न सुर्खेतका पिडितहरुले सल्लाह पनि दिएका छन । पिडितहरुसंग गरिएको कुराकानी यहाबाट हेर्नुहोस ।

यो पनि – हराएका विजय शाहीले अमेरिकी मेमरी च्याम्पियनलाई घर मै बोलाएर उल्लु बनाएपछि (भिडियो हेर्नुहोस)

काठमाडौँ। मेमरी किङ भनेर चर्चामा आएका विजय शाही फेरी चर्चामा आएका छन । तर यो पाली भने उनि नेपाली मिडियामा आएर नभएर विदेशीको युट्युब च्यानलमा आएर चर्चामा आएका हुन् । बिजय शाहीको मेमरी पावरको बिषयमा यस अघि पनि जिज्ञाशा राखेका अमेरिकन मेमरी एथलेट नेल्सन डेलिसले बिजय शाहीलाई आफ्नो युट्युब च्यानल मार्फत ल्याएका छन । नेल्सन आफै अमेरिकाको चार पटक मेमरी च्याम्पियन भएका व्यक्ति हुन् ।

वास्तवमा नेल्सन नेपाल घुम्न आएको थाहा पाएका विजय शाही आफैले आफ्नो निवासमा बोलाएर आफ्नो कथित मेमरी पावर प्रमाणित गर्ने बताउछन । संयोगवस निषेधाज्ञाको कारण अन्तरास्ट्रिय उडान बन्द हुनाले गर्दा थप एक साता नेल्सन नेपाल मै रोकिनु पर्ने भएको हुदा उनि बिजय शाहीको निम्तो स्वीकार्दै क्यामेरा बोकेर उनि भएको ठाउ पुग्छन । जहा उनि पुग्नु अगाडी नै बिजय बाहेक थप तिन जना व्यक्तिहरु पनि उपस्थित भैसकेका हुन्छन । जस मध्ये दुई जना बिजयलाई अंग्रेजी ट्रान्सलेट गर्ने काम गरिरहेका हुन्छन । त्यस्तै अर्की एक युवती सहयोगी जस्तै गरेर चिया र पानी दिदै गरेको देखिन्छ । तर नेल्सनको युट्युब च्यानलमा अपलोड भएको भिडियोलाई अध्ययन गर्ने केहि युट्युबरहरुले भने ती युवती नै विजयको चटकको मुख्य पात्र भनेका छन् । विजय शाहीको योजना अनुसार ति युवतीले नेल्सनले परिक्षा लिएको कोठाको ढोका बाहिर मोबाइल मार्फत बिजयले परिक्षा लिन दिएको किताव पढ्दा अडियो रेकर्ड गरेको दावी दर्शकको छ ।

विजय शाही ति पात्र हुन्, जो नेपाली माझ गलत सावित भइसकेका छन् । उनले भने जस्तो त्यस्तो कुनै मेमरी शक्ति उनमा छैन भन्ने विभिन्न परिक्षामा प्रमाणित नै भईसकेको छ । विजयले जसरी नेपाली मिडिया सामू अनौठो हर्कत देखाउथे उनले त्यस्तै हर्कत नेल्सनको परिक्षामा पनि देखाएका छन । विजयले पढ्ने बेला सम्म सबैले हेर्न मिल्ने र जब लेख्ने बेला हुन्छ तब कसैले हेर्न नहुने र क्यामेराले समेत रेकर्ड गर्न नहुने जस्ता कुराले उनको शक्तिको विश्वासनियता हराउछ । जुन कुरा नेल्सनको भिडियोमा पनि देख्न सकिन्छ । नेल्सनले विजय शाहीलाई किताव मात्र पढाएनन केहि जायज प्रश्नहरु पनि गरेका छन । ति प्रश्नहरुको जवाफ दिने क्रममा विजय शाहीले आफु गलत भएको आफैले पोल खोलेको प्रमाणित हुन्छ । नेल्सनसंगको भिडियोमा विजय शाहीले अर्को नया कुरा पनि थपेका छन, ‘डिभाइन पावर’ । भन्नाले दैवीय शक्ति । जुन कुरा हाल सम्म उनले भनेका थिएनन । विजयलाई काली माताले शक्ति दिएको बताएका छन । त्यो सुनेर नेल्सनले खासै विस्वास नगरेपनि उनले यो कुरा दर्शकलाई नै जिम्मा दिएका छन ।

कुराकानीको क्रममा नेल्सनले विजयलाई अमेरिका झिकाउन चाहेको बताउदा विजय निक्कै हर्षित देखिन्थे । त्यस क्रममा विजयले नेपालीले आफुलाई विस्वास नगरेको र आफु अमेरिका नै जान चाहेको आशयमा टुटेफुटेको अंग्रेजीमा जवाफ दिन्छन । नेल्सनले आफ्नो युट्युब च्यानलमा सार्बजनिक गरेको उक्त भिडियोको कमेन्टमा लगभग सबैले विजय शाहीले नेपालको बेइज्जत गरेको बताएका छन । धेरैले नेल्सनसंग माफी माग्दै विजय शाहीको भ्रामक कुराको पछाडी नलाग्न अनुरोध समेत गरेका छन । विजय शाहीले नेल्सनको परिक्षामा गरेको चतुर्याईको बारे एक युट्युबरले यसरी स्पष्ट पारेका छन । भिडियो यहाबाट हेर्नुहोस ।

नेल्सनले विजय शाहीसंग गरेको परिक्षा र अन्तर्वार्ताको भिडियो यहाबाट हेर्नुहोस ।

यो पनि – साप्ताहिक रासिफल : साउन ०३ गते आईतबारदेखी साउन ०९ गते शनिबारसम्मको

मेष (चू ,चे, चो, ला, लि, लू, ले, लो,अ) समय मध्ययम रहेकोछ । बोल्दा तथा कुनैपनि निर्णय गर्दा ख्याल गर्नुहोला तपाईको निर्णय आ.त्मघाति पनि हुन सक्छ । सामाजिक सभा समारोहमा सहभागि भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त भए पनि खानपानको तालमेल नमिल्दा स्वास्थ्यमा समस्या आउनेछ । दाजुभाई तथा छिमेकि सँग घरायसि कुरामा सामान्य बि.वाद बढ्नेछ भने व्यापार व्यावसायमा लागनि गर्नको लागि केहि समय पर्खनु उचित हुनेछ । आट गर्न नसक्दा हातमा आईसकेको काम अरुकै पोल्टोमा जान सक्छ ध्यान दिनुहोला । ब्याबस्थापन ज्ञानको कमिले आर्थिका कारोबारहरु बिग्रन सक्छन् ध्यान दिनुहोला । काममा सहयोग गर्नेहरु भन्दा अल्मल्याउने हरु हाबि हुने हुनालेमहत्वपुर्ण कामहरु थाति रहन सक्छन् । मुद्दा मामिला तथा न्यायिक निर्णयहरु तपाईको पक्षमा नहँुन सक्छन् । आफु भन्दा ठुला मानिसको सुझाब तथा सल्लाह लिएर अगाडि बढ्न सके गन्तब्यमा पुग्न सहज हुनेछ । कृषि,सहकारि तथा पशुपालन व्यावसायलाई आधुनिकिकरण गरि मनग्गे आम्दानि गर्न सकिनेछ भने अन्य व्यावसायमा नाफा कमाउन निकैनै संघर्ष गर्नुपर्नेछ ।

बृष (ई,ऊ,ए,ओ, वा, वी, वू, वे, वो) साता राम्रो रहेकोछ । नयाँ नयाँ कामको प्रस्ताब आउँनेछ भने आर्थिक ब्याबस्थापनका मुद्दाहरु सजिलै हल गर्न सकिनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा थोरै समय लगानि गर्दानि उत्कृष्ट नतिजा आउँदा खुसिले उँचाई नाघ्नेछ । तपाईको प्रखर बोलिले सबैको मन जित्नेछ भने थोरै बोलेर धेरै आय आर्जन गर्न सकिनेछ । पारिवारिक माहोलमा दिन बित्ने हुदा मन प्रशन्न रहने तथा मिठो मसिनो परिकार ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । कुटुम्ब तथा आफन्तजन तपाईको कामदेखि प्रशन्न हुनेछन् । माया प्रेम तथा दाम्पत्य जीवनलाई थप सुमधुर बनाउँन सकिनेछ । न्यायिक निकायबाट हुने निर्णयहरु तपाईकै पक्षमा हुने हुनालेमन प्रशन्न रहनेछ । हितैसि मित्रहरु सँग मिलेर गरिने कुनै पनि व्यावसायबाट प्रशस्त आम्दानि गर्न सकिनेछ । छोटो तथा रमाईलो यात्राको तय हुनेछ भने यात्राको शिलशिलामा मनमोहक दृष्यहरुको अवलोकन गर्ने अवसर जुर्नेछ । बिद्या तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई हराउँदै अगाडि बढ्न सकिनेछ ।

मिथुन (का, की, कू ,घ, ङ, छ ,के,को,हा) साता उत्तम रहेको छ । बैदेशिक क्षेत्रसँग सम्बन्धित व्यापार व्यावसाय फस्टायर जानेछ भने बिदेशमा बसेर काम गर्नेहरुका लागि यो साता फलदायि रहनेछ । लामो दुरिको यात्राको अधिक सम्भावना रहेको छ । नयाँ नयाँ फेसेनेवल समानको प्रयोग गरि अरुको मन आफुतिर आकर्षित गर्न सकिनेछ । जोस जागर बढ्ने तथा कलात्मक तथा सिर्जनात्मक कार्यमा मन जानेछ । निर्णय क्षमतामा बृद्धि हुनेछ भने तपाईको सहि निर्णयको प्रभावले समाजमा मान सम्मान तथा ईज्जत प्रतिष्ठा बडेर जानेछ । राजनिति तथा समाजसेवामा जनताको प्रत्यक्ष सहभागिता सहितको गतिलो समर्थन प्राप्त हुनेछ । सामाजिक सञ्जाल तथा मिडिया मार्फत आफ्ना भनाईलाई जनमानसमा लैजान सकिनेछ । सभा समारोहमा सहभागि भई आत्मिय मित्रहरुका साथ मिष्टान्न भोजन ग्रहण गर्दै दिन कटाउँन सकिनेछ । आफुले माया गर्ने मान्छेलाई आफ्नै आँखा वरिपरि देख्न तथा सँगै बसेर भलाकुसारि गर्ने अवसर प्राप्त हुनेछ । कुटुम्बसँग मिलेर गरिने कुनै पनि व्यावसायबाट प्रशस्त लाभ लिन सकिनेछ ।

कर्कट (ही, हू ,हे, हो,डा,डी,डु,डे,डो) आम्दानि भन्दा खर्च बढ्ने हुनाले आर्थिक ब्याबस्थापन गर्न कठिन हुनेछ । कामहरु समयमा सम्पादन नहुने तथा व्यापार व्यावसायमा नाफा कमाउँन निकै संघर्ष गर्नु पर्नेछ भने बिदेशबाट आयात हुने सामानको व्यापार व्यावसाय बाट प्रशस्त आम्दानि हुनेछ । बैदेशिक यात्रा तथा यात्रासँग सम्बन्धित कामहरु हुनेछन् । सुधारात्मक कार्यमा खर्च बड्नेछ भने अनाबस्यक ठाउँमा बल तथा बुद्धि प्रयोग हुनेछ सजक रहनुहोला । मान सम्मान तथा प्रतिष्ठामा दाग लाग्न सक्छ सजक रहनुहोला । पढाई लेखाईमा खासै ध्यान नजादा नतिजा अरुकै पक्षमा जानेछ । प्रेम प्रशंगमा सामान्य घटपट हुने तथा पति पति बिच अबिश्वासको बाताबरण सिर्जना हुनेछ । बुधबार दिउसो देखि समय परिवर्तन भएर तपाईकै पक्षमा आउँने हुनालेजनचाहाना अनुशार काम हुने हुनालेमान सम्मान तथा र्ईज्जत प्रतिश्ठामा बृद्धि भएर जानेछ । सत्रु परास्त भएर जानेछन् भने प्रतिश्पर्धिहरु आफै किनारा लाग्नेछन् । तपाईको ब्याक्तित्वको सबैतिर चर्चा हुनेछ भने वनभोज तथा मांगलिक सभा समारोभमा सहभागि भई मिठा मिठा परिकार ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।

सिहं (मा, मी, मू , मे, मो, टा, टी, टू ,टे) साताको शुरु आईतबारको समय राम्रो भएकोले नयाँ नयाँ काम पाउँने तथा नोकरिमा बढुवा हुने योग रहेको छ । निर्णय क्षमतामा बृद्धि भएर जाने तथा कार्यालयमा तपाईको निर्णय क्षमताको उच्च कदर हुनेछ । पढाई लेखाईमा अरुलाई पछि पारि नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । सोमबार देखि समय परिवर्तन भई तपाईको पक्षमा नहुने हुनालेआम्दानि भन्दा खर्च बढ्ने हुनाले आर्थिक ब्याबस्थापन गर्न कठिन हुनेछ । स्वास्थ्य सम्बन्धि साना तिना समस्याले पिरोल्ने तथा उपचार खर्च बढेर जानेछ । बिद्या तथा प्रतिश्पर्धामा अरुभन्दा पछि परिने चिन्ताले सताईरहनेछ । कामहरु समयमा सम्पादन नहुने तथा व्यापार व्यावसायमा नाफा कमाउँन निकै संघर्ष गर्नु पर्नेछ भने सवारि साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । माया प्रेममा धोका हुनेछ भने पति पत्निबिच अनाबस्यक बिषयमा बिवाद सिर्जना हुनेछ । साताको अन्तमा बैदेशिक लगानिबाट सञ्चालित सस्थाबाट आर्थिक लाभ हुने तथा बिदेश यात्राको गतिलो सम्भावना रहेको छ ।

कन्या (टो,पा,पी,पु,ष,ण,ठ,पे,पा) साताको पहिलो दिन अर्थात आईतबार समाजसेवी तथा राजनिती गर्नेहरुले आज जनताको समर्थन पाउने तथा प्रतिपर्धिहरुलाई सजिलै हराउन सक्नेछन् । प्रशासनिक क्षेत्रमा तपाईको बर्चश्व कायम रहने छ । सोमबार देखि समय तपाईको पक्षमा नहुने हुनालेसामाजिक कामको सिलसिलामा ब्यास्त हुने समय रहेको भएपनि प्रतिफल शुन्य जस्तै हुनेछ । सामाजसेवा तथा राजनिति गर्नेहरुले जनताबाट अपमान तथा आलोचना सहनु पर्नेहुदा काम गर्दा अलि बडि ख्याल गर्नुहोला । निति निर्माण तहमा तपाईको सहभागिताले महत्वपुर्ण भुमिका खेल्ने भएपनि आफ्नै साथिहरुको आलोचना खप्नु पर्नेछ । व्यापार व्यावसायमा प्रसस्त समय खर्चिय पनि भने जस्तो आम्दानि नहुने हुनाले आर्थिक ब्याबस्थापन गर्न कठिन हुनेछ । खानपानमा ध्यान नदिय स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउनेछ । अध्ययन तथा अध्यापनको क्षेत्र तपाई आफ्नै कारणले कमजोर रहनेछ भने नतिजा अरुकै पोल्टोमा पर्नेछ ।

तुला ( रा, री रु, रे, रो, ता, ती, तू ,ते) समय राम्रो रहेकोछ । शैक्षिक तथा धार्मिक यात्राको प्रशस्त सम्भावना रहेको छ । परम्परा धर्म सस्कृति तथा रितिरिवाज जोगाउन आवाज बुलन्द गर्ने कार्य हुनेछ । शैक्षिक क्षेत्र तथा व्यापार व्यावसायमा लगानि बढाई प्रशस्त आम्दानि गर्न सकिनेछ । बनभोज तथा कुनै मांगलिक कार्यमा सहभागि भई स्वादिष्ट भोजनका .साथ दिनलाई रंगिन बनाउँन सकिनेछ । प्रशासनिक तथा सरकारि क्षेत्रमा तपाईकै बर्चश्व रहनेछ । राजनिति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुनेछ । समाजको मन जित्ने काम गर्ने अवसर जुर्ने हुनालेमान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । निर्णायक पदमा हुनुहुन्छ भने तपाईबाट गरिने निर्णयहरु समाजका पक्षमा हुनेछन् । योजनाहरु चुश्तरुपमा अगाडि बढ्नेछन् भने चुनौतिहरुका पर्खालहरु आफै ढल्नेछन् । नयाँ काम पाउँने तथा बढुवा हुने योग रहेको छ । व्यापार व्यावसायमा प्रशस्त आम्दानि गर्न सकिनेछ । कृषि तथा पशुपालन व्यावसायबाट राम्रै आम्दानि हुनेछ । पति पत्नि बिचको सम्बन्ध सुदृड हुनुको साथै माया प्रेमको गाठो गसिलो भएर जानेछ । गित संगितमा बिषेश रुचि बढ्नेछ भने बिद्या तथा प्रतिश्पर्धामा अरुभन्दा अगाडि बढ्न सकिनेछ ।

बृश्चिक (तो, ना, नी, नू ,ने, नो, या,यी, यू) हतार हतारमा काम गर्दा बिग्रन सक्छ होस पु¥याउनु होला । स्वास्थमा समस्या आई उपचार खर्च बढेर जानेछ । साथिभाई हरुले नै असहयोग गर्नेछन् भने अरुको स्वार्थको लागि प्रयोग होईनेछ । समस्या तथा चुनौतिहरुको सामना गर्नुपर्दा मानशिक तनाब बढ्नेछ । समस्याका खाडलहरु पुर्नको लागि अथक प्रयास गर्नुपर्नेछ । संकट ब्याबस्थापनका लागि चालिएका प्रयासमा बाधा हुनेछ भने फसाउनेहरु हाबि हुनेछन् । भौतिक सामाग्रीको प्रयोग गर्दा वा सवारि साधन चलाउँदा ध्यान दिनुहोला अप्रिय घट्ना घट्न सक्छ । बैक तथा बित्तिय क्षेत्रमा गरिएको लगानि भने सुरक्षित रहनेछ । बिहिबार बिहानबाट समय तपाईकै पक्षमा आउँने हुनालेपढाई लेखाई अरु दिन भन्दा सुध्रिएर जाने हुनालेनतिजा तपाईकै पोल्टोमा पर्नेछ । आफ्नो सस्कार तथा सस्कृतीको जगेर्ना गर्ने काममा समय दिनु पर्नेछ । लामो दुरिको धार्मिक तथा शैक्षिक यात्राको तय हुनेछ । भाग्यले साथ दिने हुदा थोरै लगानिबाट प्रशस्त आम्दानि हुने तथा सानु प्रयत्नले ठुलो काम बन्नेछ । सामाजमा तपाईको काम देखि सबै प्रशन्न हुनेछन् भने मान सम्मान तथा ईज्जत प्रतिष्ठा बढेर जानेछ ।

धनु (ये, यो, भा, भी, भू , ध, फा, ढा, भे) बादबिवाद तथा प्रतिश्पर्धाको लडाईमा प्रतिश्पर्धिहरुले निर्बिरोध तपाईको समर्थन गर्नेछन् भने सामाजिम काम गरि अरुको मन जित्न सकिनेछ । अधिकार प्राप्तिको लागि गरिने संघर्षमा बिपक्षहिरुलाई हराउदै निर्णायक तहमा पुगिनेछ । पढाई लेखाईमा ध्यान जानुका साथै खोज मुलक क्षेत्रमा रुचि बढ्नेछ । साथिभाई तथा आफन्तजनबाट उत्साहजनक सहयोग प्राप्त हुनेछ भने शुभ तथा मांगलिक कार्यमा सहभागि भई मिठा मिठा परिकार ग्रहण गर्ने अवसर जुर्नेछ । माया प्रेम तथा पति पत्नि बिचको सम्बन्धको गाठो कसिलो भएर जानेछ । व्यापार बिस्तारको सवालमा ब्यापारिक तथा पारिवारिक यात्राको तय हुनेछ भने साझेदारि व्यावसायमा प्रशस्त नाफा कमाउन सकिनेछ । बिहिबार बिहान देखि समय परिवर्तन हुने भएकोले कार्यक्षेत्रमा प्रसस्त समय दियपनि न्यून पारिश्रमिकमा चित्त बुझाउनु पर्नेछ भने आर्थिक अभावले कामहरु समयमा सम्पादन नहुदा मानशिक तनाब बढ्नेछ । व्यापार व्यावसायमा नाफा कमाउन बढीनै समय दिनु पर्नेछ भने नयाँ काम तत्काल शुरु नगर्नुहोला ।

मकर (भो, जा, जी, जू, जे, जो, ख, खी, खू,खे, खो, गा, गी) साताको शुरु आईतबार पढाई लेखाईमा ध्यान जानुका साथै खोज मुलक क्षेत्रमा रुचि बढ्नेछ । साथिभाई तथा आफन्तजनबाट उत्साहजनक सहयोग प्राप्त हुनेछ भने शुभ तथा मांगलिक कार्यमा सहभागि भई मिठा मिठा परिकार ग्रहण गर्ने अवसर जुर्नेछ । सोमबारदेखि समय मध्ययम रहेकोले बिद्या तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरु हावि हुनालेनतिजा उनिहरुकै पोल्टोमा जान सक्छ । व्यावसायमा नाफा कमाउँन बढिनै संघर्ष गर्नुपर्नेछ भने लगानि बढाउँन केहि समय कुर्नु उपयुक्त हुनेछ । माया प्रेममा बिगतका यादहरुले सताउँने हुदा दैनिक काम गर्न मन जानेछैन । स्वास्थ्यमा सामान्य समस्या बढ्न सक्छ खानपानमा ध्यान दिनुहोला । घर परिवारमा दैनिक आउँने समस्याले सताउने हुदा मानशिक तनाब बढेर जानेछ । माया प्रेममा आफुले माया गरेको मान्छेसँग मनमुटाब बढ्ने छ भने दाम्पत्य जीवनमा सामान्य घटपटको योग रहेको छ । ऋण, रोग तथा संकटको सामना गर्नुपर्नेछ । गोप्य कुराहरु बाहिर आउन सक्छन् ध्यान दिएर काम गर्नुहोला । धन सम्पति तथा अचल सम्पति हराउन तथा लुटिन सक्छ सजक रहनुहोला ।

कुम्भ (गू , गे , गो, सा, सी, सू , से, सो, दा) समय उत्तम रहेकोले सवारि साधन तथा घर जग्गाको खरिद बिक्रिबाट मनग्गे आम्दानि गर्न सकिनेछ । खोज तथा अनुशन्धानको क्षेत्र बलियो रहने हुनालेनयाँ कुराहरु पत्ता लगाउँन सकिनेछ । माया प्रेममा आफ्नो मायालुसँग दिनभरु सँगै रहेर भलाकुसारि गर्ने अवसर प्राप्त हुनेछ । कृषि तथा सहकारि क्षेत्रलाई समय सापेक्ष परिमार्जन गरि भने जस्तो रुपैया पैसा कमाउँन सकिनेछ । सन्तान तथा छोराछोरिको प्रगतिमा रमाउँने समय रहेकोछ भने आफन्तले उत्साहजनक समर्थन गर्नेछन् । कुनै पनि क्षेत्रमा हुने प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई हराई नतिजा आफ्नो पक्षमा पार्न सकिनेछ । सत्रु परास्त हुनेछन् भने अदालत तथा न्यायिक निकायबाट हुने निर्णयहरु तपाईकै पक्षमा आउनेछन् । राजनिति तथा समाजसेवामा समय लगानि गर्नेहरुले आज बिपक्षीहरुलाई सजिलै हरायर समाजमा आफ्नो प्रभुत्व जमाउँन सकिनेछ । व्यापारमा प्रशस्त लगानि बढाउन सकिने हुदा आम्दानिका स्रोतहरु फराकिला हुनेछन् ।

मीन (दी दू थ झ ञ दे दो, चा ची) दाजुभाई तथा छिमेकिसँग नयाँ कामको सम्झौता हुने तथा सम्झौता अनुसार काम भए तपाईलाई प्रसस्त फाईदा हुनेछ । साथिभाई तथा आफन्तका साथ आन्तरिक यात्राको तय हुनेछ । पराक्रम बढ्ने हुनाले आटिलो तथा शाहसिलो काम गर्न जोस जागर बढेर जानेछ । सोमबार तथा मंगलबार समय तपाईको पक्षमा नभएकोले राजनिति तथा समाजसेवामा जनताको मन जित्न राम्रा काम गर्दा गर्दै पनि बिपक्षीहरुले अनाबस्यक भ्रम सिर्जना गरेर तपाईको साख गिराउन खोज्नेछन् ख्याल गर्नुहोला । आधुनिक कृषि तथा पशुपालन व्यावसायलाई आधुनिकिकरण गरि प्रशस्त आम्दानि गर्न सकिनेछ भने अरु व्यावसायमा नाफा कमाउन निकैनै संघर्ष गर्नुपर्नेछ । बुधबार बाट समय पुनह तपाईकै पक्षमा आउँने भएकोले बिद्या तथा प्रतिश्पर्धामा पर्तिपर्धिहरुलाई हराउँदै नतिजा आफ्नै पोल्टोमा पार्न सकिनेछ । बौद्धिक तथा प्राज्ञिक ब्यात्तित्वहरुको भेटघाटमा शैक्षिक गुणस्तर स्तर उन्नती गर्ने बिषयमा गहन छलफल हुनेछ । आत्मिय मित्र तथा आफ्नो प्रिय पात्रबाट प्रशस्त आर्थिक सहयोग प्राप्त गर्न सकिने हुनालेमन प्रशन्न रहनेछ ।

तपाईको दिन शुभ रहोस ।