मा.दक पदार्थ सेवन गरि झ.गडा गर्दा पाँच महिने बालिकाको ह.त्या

मा.दक पदार्थ सेवन गरि झ.गडा गर्दा पाँच महिने बालिकाको ह.त्या

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा मा.दक पदार्थ सेवन गरेर झ.गडा गर्दा पाँच महिने बालिकाको ह.त्या भएको छ । जिल्लाको देवचुली–६ मिर्तुङमा मा.दक पदार्थ खाएर भएको पारिवारिक झग.डामा परी पाँच महिने बालिकाको ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले शुक्रबार देवचुली–६ बस्ने कर्णबहादुर सारुले मा.दक पदार्थ सेवन गरी आफ्नै मामा पदमबहादुर बाह्रघरेसँग झगडा गर्ने क्रममा मामाकी पाँच महिने छोरी धनमाया बाह्रघरेलाई उचालेर घरको पिँढीमा फालेका थिए । पिँढीमा फालिएर गम्भीर घाइते भएकी बालिकाको उपचारका क्रममा शनिबार स्थानीय प्राथमिक स्वास्थ्य केन्द्र दुम्कौलीमा ज्यान गएको गिरीले बताउनुभयो । घटनामा संलग्न सारुलाई शनिबार नियन्त्रणमा लिई क.र्तव्य ज्यान कसुरमा मुद्दा अगाडि बढाइएको गिरीले जानकारी दिनुभयो ।

छुट्टाछुट्टै दुर्घटनामा परी छ घाइते

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा भएको छुट्टछुट्टै दुर्घटनामा परी छ जना घाइते भएका छन् । जिल्लाको मध्यविन्दु–१५ र कावासोती–१ मा शनिबार भएका छुट्टाछुट्टै दुईवटा दुर्घटनामा परी छ जना घाइते भएका प्रहरीले जनाएको छ । शनिबार राति मध्यविन्दु–१५ मा पर्ने अरुणखोला र चोरमाराबीचको जङ्गलमा भएको सवारी दुर्घटनामा परी तीन जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गमा भएको उक्त दुर्घटनामा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्र३–०१–०२४च६३८१ नंको बोलेरो र विपरीत दिशाबाट आउँदै गरेको रा१ख ७६९ नंको ट्रक एकापसमा ठक्कर खाँदा भएको दुर्घटनामा तीन जना गम्भीर घाइते भएका हुन् । दुर्घटनामा परी ट्रक चालक सल्यानको शारदा नगरपालिका–५ का २६ वर्षीय घनश्याम बुढाथोकी, बोलेरो चालक मकवानपुरको हेटाँैडा उपमहानगरपालिका–९ का २८ वर्षीय मनिष तिमिल्सिना र बोलेरोमा सवार २३ वर्षीय रन्जित माझी घाइते भएको जिल्ला प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक गिरीले बताउनुभयो ।

त्यसैगरी शनिबार राति नै कावासोती–१ रिठ्ठेपानीको भित्री सडकखण्डमा रिठ्ठेपानीबाट कावासोतीतर्फ आउँदै गरेको लु३त ६२१५ नंको ट्र्याक्टर आफँै अनियन्त्रित भई पल्टिँदा ट्र्याक्टरमा सवार तीन जना घाइते भएका छन् । दुर्घटनामा परी मध्यविन्दु–६ का २४ वर्षीया सुनिता बोटे, ४५ वर्षीय लालमणि महतो र २५ वर्षीया लक्ष्मी कुमाल घाइते भएका छन् । घाइते सबैको मध्यविन्दु जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । रासस

यो पनि – गाउँसभा सदस्यको निधन भएपपछि शोकमा गाउँपालिका बन्द

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिकाको गाउँसभा सदस्यको निधनमा आज एक दिन गाउँपालिकाको सम्पूर्ण सेवा बन्द गरिएको छ । गाउँसभा सदस्य ६२ वर्षीया विष्णुमाया विकको यही साउन ८ गते उपचारका क्रममा मृत्यु भएको भन्दै शोकमा आज गाउँपालिका बन्द गरिएको हो । गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले शोक वक्तव्य जारी गर्दै विकको सम्मानमा आज गाउँपालिका बन्द हुने बताउनुभएको हो । वक्तव्यमा भनिएको छ, “दिवङ्गत विष्णुमायाको सम्मानमा २०७८ साउन १० गते एक दिन गाउँपालिकाको कार्यालय (मातहतका स्वास्थ्य संस्थाबाहेकका कार्यालय), सङ्घसंस्था तथा गाउँपालिकाभित्रको सबै सार्वजनिक निकायमा शोक बिदा दिँदै नियमित सेवा सञ्चालन नहुने व्यहोरा जानकारी गराउँदछौँ ।”

मृतक विक वडाको विकास, वडावासीको समृद्धिका साथै समग्र गाउँपालिकाको वृहत्तर हितमा अहोरात्र क्रियाशील, सरल र सहयोगी व्यक्ति भएको भन्दै अध्यक्ष पाण्डेले विकासप्रेमी अभिभावकको निधनले सिङ्गो गाउँपालिकालाई अपुरणीय क्षति पुगेको बताउनुभयो । विकको निधनले आफूहरु निकै मर्माहत र स्तब्ध भएको पाण्डेले बताउनुभयो ।

यो पनि – फुकोट कर्णाली जलविद्युत् आयोजनाको मुआब्जाप्रति स्थानीयवासी असन्तुष्ट

फुकोट कर्णाली जलविद्युत् आयोजनामा प्रभावित क्षेत्रका स्थानीयवासीले मुआब्जा निर्धारणमा असन्तुष्टि जनाएका छन् । जिल्लाको दरभन्दा प्रभावित क्षेत्रका जग्गा धनीहरुले मुआब्जा कम भएको भन्दै असन्तुष्टि जनाएका हुन् । जिल्ला दररेट निर्धारण समितिले हचुवाका भरमा निर्णय गरेको रास्कोट–८ का अनन्त बरालले बताउनुभयो । “ग्रामीण सडक आसपासका जग्गा प्रतिवर्गमिटर रु तीन हजार ६०० देखि पाँच हजार ७०० कायम गरिएको छ”, उहाँले भन्नुभयो, “कर्णाली करिडोर आसपास प्रतिवर्गमिटर रु एक हजार ५० तोकिएको छ ।”

मुआब्जा निर्धारण गर्दा ग्रामीण सडक र कर्णाली करिडोर क्षेत्रको जग्गा कसरी फरक मूल्य निर्धारण गरियो यसमा सच्याउने आशा गरेको बरालको भनाइ थियो । “पुनः मूल्याङ्कन गर्नका लागि हामीले जिल्ला दररेट निर्धारण समितिलाई आग्रह गरेका छौँ”, उहाँले भन्नुभयो, “यो पूर्णरूपमा सच्चिने आशा गरेका छौँ ।” कर्णाली नदीको पानीलाई टनेलमार्फत सान्नीत्रिवेणी–३ सिस्नेगडामा बाँध बनाएर सुरुङमार्फत भौरेकुनामा झार्ने आयोजनाको योजना छ । आयोजनाले रास्कोट, सान्नीत्रिवेणी र पचालझरनाको एक हजार २९४ कित्ता जग्गा अधिग्रहण गर्न लागेको हो ।

जिल्ला दररेट समितिले निर्धारण गरेको मुआब्जाका दिन प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा स्थानीयवासी र सरोकारवाला निकायको समन्वयमा जग्गाको मुआब्जा निर्धारण गरिएको आयोजना प्रमुख हीरामान वाइवाले बताउनुभयो । “प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जग्गाको मूल्य निर्धारण गरिएको हो”, उहाँले भन्नुभयो, “यसमा कसैलाई अन्याय गरिएको छैन ।”

जग्गाको मुआब्जाका लागि यस वर्ष रु ३६ करोड बजेट छुट्याइएको र नपुग बजेट पुनः माग गरी वितरण गरिने आयोजना प्रमुख वाइवाले बताउनुभयो । झण्डै रु एक खर्ब लागत अनुमान गरिएको आयोजनाले साढे एक किमी लामो र ११ मिटर व्यासको डाइभर्सन टनेलमार्फत कर्णाली नदीको पानी फर्काएर मुख्य बाँध निर्माण गर्नेछ । त्यसका लागि रास्कोटको शान्तिघाट, नडी, भात्तडी, पचाल झरनाको भुराबगर, घाटज्युला, शान्नित्रिवेणीको कोट, रेगिङ्ल र जाइकोटको जग्गा अधिग्रहण गरिनेछ आयोजना जनाएको छ ।

स्वदेशी लगानीमा निर्माण हुने आयोजनाका लागि ४९ प्रतिशत स्थानीय जनताको र ५१ प्रतिशत नेपाल सरकारको लगानी रहने आयोजना प्रमुख वाइवाले जानकारी दिनुभयो । त्यसमध्ये आयोजना क्षेत्रका बासिन्दालाई १० प्रतिशत शेयर दिने र प्रभावित क्षेत्रका बासिन्दालाई रोजगारी दिने आयोजनाको उद्देश्य रहेको उहाँको भनाइ छ ।

जिल्लामा बन्न लागेको आयोजनाका विषयमा कसैले विवाद गर्न आवश्यक नरहेको भन्दै जिल्ला मालपोत कार्यालय कालिकोटका प्रमुख नेत्रबहादुर शाहीले खेती उत्पादन हुने जग्गा, बाँझो जग्गा, पाखो जग्गा गरेर मुआब्जाको मूल्य निर्धारण गरिएको बताउनुभयो । “जिल्लामा बन्न लागेको आयोजनाको कसैले विवाद गर्न जरुरी छैन”, उहाँले भन्नुभयो, “जिल्लाको दररेट जग्गाको मूल्याङ्कन गरेर नै मुआब्जाका लागि जग्गाको मूल्य तोकिएको हो ।” रासस