कालीकोटमा कोभिड–१९ को सङ्क्रमण बढ्दो

कालीकोटमा कोभिड–१९ को सङ्क्रमण बढ्दो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कालीकोटमा पछिल्लो चरणमा कोभिड–१९ सङ्क्रमणको दर बढ्दै गएको छ । निषेधाज्ञा खुकुलो बनाएसँगै यहाँ कोभिड–१९ को सङ्क्रमण बढ्दै गएको हो । निषेधाज्ञा खुकुलो बनाएका कारणले नागरिक तथा सरोकारवाला निकायले कोभिड–१९ को मापदण्ड पालना नगर्दा कोभिडको सङ्क्रमण दर बढेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

शनिबार २३ व्यक्तिको परीक्षण गर्दा १३ मा कोरोना सङ्क्रमण देखिएको जिल्ला जनस्वास्थ्य कार्यालयका निमिक्त व्यवस्थापक कटकबहादुर महतले बताउनुभयो । उहाँले भन्नुभयो, “केही समयअघि शून्यमा झरेको कोभिड–१९ को सङ्क्रमण दर पछिल्ला दिनमा बढ्दै गएको छ ।” सङ्क्रमण दर बढ्दै गएकाले जिल्ला कोभिड–१९ व्यवस्थापन समितिको बैठकले आजदेखि यही साउन २१ गतेसम्म लागू हुने गरी निषेधाज्ञा जारी गरेको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले बताउनुभयो । “शैक्षिक संस्था, सबै प्रकारका सभा, जुलुश, ¥याली, गोष्ठी, तालीम, सेमिनार, प्रदर्शन, भेला, सम्मेलन र सबै प्रकारका खेल प्रस्तुतिमा रोक लगाइएको छ”, उहाँले भन्नुभयो, “जिल्लामा कोभिड–१९ को महामारीको सङ्क्रमण दर बढ्दै गएका कारणले जोखिम न्यूनीकरणका लागि निषेधाज्ञा जारी गरिएको हो ।”

हाल जिल्लामा सक्रिय सङ्क्रमित ७८ जना रहेका र त्यसमध्ये ३७ महिला र ४१ पुरुष रहेका छन् । तीमध्ये कोभिड–१९ विशेष अस्पतालमा २० को उपचार भइरहेको, आइसोलेशन सेन्टरमा २५ को उपचार भइरहेको र होम आइसोलेशनमा ३३ जना रहेका जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

यो पनि – सबैलाई कोभिड खोप लगाइने

वाग्मती प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री रामेश्वर फुयाँलले चालू आर्थिक वर्षको प्रथम चौमासिकभित्रै प्रदेशका १८ वर्ष माथिका सबै नागरिकलाई कोभिड खोप लगाउन पहल गरिने बताउनुभएको छ ।  यसका लागि सङ्घीय सरकारसँगको समन्वयमा अन्तर्राष्ट्रिय खोप बिक्रेता कम्पनीसँग सम्पर्क गरिरहेको आज रासससँगको संक्षिप्त कुराकानीमा उहाँले सो जानकारी दिनुभएको हो ।

लिच्छवि र मल्लकालीन सम्पदा पुनःनिर्माणका लागि नेपाली मौलिकता र सांस्कृति झल्किने गरी पुननिर्माण गर्न प्राविधिकलाई निर्देशन दिइसकिएको र चालू आवको दोस्रो चौमासिकभित्रै सम्पन्न गर्ने लक्ष्य रहेको उहाँले उल्लेख गर्नुभयो । चालू आर्थिक वर्षभित्रै थप कूल एक हजार ४८८ हेक्टर जमीनमा नयाँ सिँचाइ आयोजना निर्माण गरी पानी उपलब्ध गराउने लक्ष्यअनुरुप बजेट विनियोजन गरिसकिएको जानकारी दिँदै मन्त्री फुयाँलले चितवनको नारायणीमा लिफ्ट सिँचाइ आयोजनाको पम्प हाउस ‘ए’ लाई आधुनिकीकरण गर्न बजेट विनियोजन गरी काम थालिएको चर्चा गर्नुभयो ।

प्रदेशको सबै जिल्लामा भौतिक पूर्वाधार निर्माणका लागि प्राविधिक क्षमता अभिवृद्धि गरिने, काठमाडौँको चन्द्रज्योति, फर्पिङ् र सुन्दरीजल जलविद्युत् गृह संरक्षण गरी नेपाल विद्युत प्राधिकरणसँगको समन्वयमा यस मन्त्रालयमा उच्चस्तरीय विज्ञहरुलाई अध्ययन, अनुसन्धानका लागि छुटृै महाशाखा स्थापना गरिने र यस प्रदेशभित्र पूर्ण उज्यालो कार्यक्रमअन्तर्गत दोलखा, रसुवा र नुवाकोटमा वैकल्पिक ऊर्जा प्रविधि जडानका लागि काम भइरहेको पनि उहाँले जाकारी दिनुभयो ।

मन्त्री फुयाँलले चालू आर्थिक वर्षमा विभिन्न जिल्लामा पक्की पुल र सडक निर्माणका आयोजनास्थलको अनुगमन गरिएको र विद्युतीय बस खरीद गरी सञ्चालनमा ल्याउन अनतर्राष्ट्रियस्तरमा बोलपत्र आह्वान भई ३० वटा बस खरीदका बोलपत्र आह्वान गर्नाका साथै विसं २०७९ जेठ मसान्तभित्र काठमाडौँलगायत विभिन्न स्थानमा बस सञ्चालनमा ल्याइने छ भन्नुभयो ।

हेटौँडा, भरतपुर, काठमाडौँ, बनेपा, त्रिशूली र सिन्धुलीमा विद्युतीय बसको चार्जिङ स्टेशन निर्माणका लागि नेपाल विद्युत् प्राधिकरण आगामी वैशाख महिनाभित्रै निर्माण सम्पन्न गर्ने गरी काम अघि बढेको, त्रिभुवन राजपथ अन्तर्गत पर्ने हेटौँडा–वीरगञ्ज सडकखण्डको चुरीयामाईमा रहेको १०४ वर्ष पुरानो करीब २०० मिटर लामो सुरुङमार्ग पुनःसञ्चालनका लागि काम थालिएको र काठमाडौंँ उपत्यकाबाहेक १० जिल्लामा कृषि उत्पादन भण्डारण गर्न १० वटा वातावरणीय शीत भण्डार गृह निर्माणका साथै हेटौँडास्थित सिसौँंघारीमा धुलो दूध उत्पादनका लागि जोड दिइएको उहाँको भनाइ थियो।