ट्यूनिशियामा राष्ट्रपतिद्वारा संसद निलम्बनको समर्थन र विरोध गर्दै प्रदर्शन, झडपमा सयौँ घाइते

ट्यूनिशियामा राष्ट्रपतिद्वारा संसद निलम्बनको समर्थन र विरोध गर्दै प्रदर्शन, झडपमा सयौँ घाइते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ट्युनिसियामा राष्ट्रपतिले निर्वाचित प्रधानमन्त्रीलाई अ.पदस्थ गरी सत्ता आफ्नो हातमा लिएसँगै समर्थन र विरोधमा ठाउँठाउँमा प्रदर्शनहरू भएका छन् । दुई समूहबीच भएका झ.डपहरूमा सयौँ मानिस घाइते भएका बताइएको छ ।  राष्ट्रपति काइस साइदले आइतबार प्रधानमन्त्री हिसेम मेशीशीलाई हटाई नयाँ प्रधानमन्त्रीको सहयोगमा नेतृत्व आफुुले लिने बताउनुभएको थियो । यहाँको सबैभन्दा ठूलो दल एन्नाहधाले राष्ट्रपतिको कदमलाई ‘कू’ को सज्ञा दिएको छ ।

प्रधानमन्त्री मेशीशीलाई हटाई संसद निलम्बन गरेसँगै उहाँको समर्थनमा हजारौँ मानिस सडकमा ओर्लिएका थिए । सोमबार राष्ट्रपतिले चालेको ‘अप्रजातान्त्रिक’ कदमको विरोधमा एन्नाहधा लगायतका दलले आफ्ना कार्यकर्तालाई राष्ट्रपतिको विरोधमा उत्रिन आह्वान गरेको छन् । कोभिड–१९ को महामारी नियन्त्रणमा सरकारले अपेक्षाकृत भूमिका खेल्न नसकेको भन्दै ट्यूनिशियाली नागरिकले सुशासनका लागि आन्दोलन गर्दै आएका थिए । पछिल्ला दिनहरूमा प्रदर्शनकारी र प्रहरीबीच झ.डपहरू भएपछि राष्ट्रपतिले संसद् निलम्बन गर्नुभएको हो ।

“ट्यूनिशियामा सामाजिक शान्ति पुनर्बहाल नभएसम्म र हामी राष्ट्रलाई सुरक्षित नतुल्याएसम्मका लागि राजनीतिक नेतृत्व नयाँ प्रधानमन्त्रीको सहयोगमा हामीमा निहीत रहनेछ,” साईदले टेलिभिजनमार्फत् गरेको सम्बोधनका क्रममा भन्नुभयो । राष्ट्रपति कार्यालयमा आपत्कालीन सुरक्षा बैठक गरेपछि टेलिभिजनमार्फत् देशबासीका नाममा सम्बोधन गर्नुभएको हो । घोषणासँगै ट्यूनिससहित अन्य थुप्रै सहरमा झडपहरू भएका छन् । त्यस क्रममा प्रहरीले अश्रुग्यास प्रहार गर्नुका साथै थुप्रै प्रदर्शनकारीलाई गिरफ्तार गरेको छ । राष्ट्रपति साईदले थप हिं.साहरू भए त्यसलाई नियन्त्रणमा लिन सेनाको प्रयोग गरिने चे.तावनी दिनुभएको छ ।

“म चेतावनी दिन चाहन्छु कि जोसुकैले पनि यदि अस्त्र उठाउनेबारे साचेमा र जोसुकैले पनि गो.ली चलाउँछ भने सशस्त्र फौजहरूले गो.लीको जबाफ गो.लीमार्फत् दिनेछन्,” उहाँले भन्नुभयो । संसद्माथि ‘सम्भावित ख.तरा’ छ भने त्यसलाई निलम्बन गर्ने अधिकार संविधानले आफूलाई प्रदान गरेको राष्ट्रपतिको दाबी छ । तर निलम्बनमा परेको संसद्का सभामुख राशिद गनुशीले ट्यूनिशियाको ‘क्रान्ति र संविधानमाथि कू गरिएको’ प्रतिक्रिया दिनुभएको छ ।

यो पनि -चिनियाँ नेतृत्वविरूद्ध ‘बद्नाम’ नगर्न बेइजिङद्वारा अमेरिकालाई आग्रह

अमेरिकामा जो बाइडन राष्ट्रपति निर्वाचित बनेपछि उहाँको सरकारका एक वरिष्ठ प्रतिनिधिसँगको उच्चस्तरीय वार्तामा बेइजिङले अमेरिकालाई चिनियाँ नेतृत्वको ‘बद्नाम’ गर्ने काम रोक्न आग्रह गरेको छ । चीनका उपविदेशमन्त्री शी फङले अमेरिकाले चीनलाई ‘कल्पित शत्रु’ का रूपमा हेरेको हुनाले दुई देशबीचको सम्बन्धमा ‘तिक्तता’ बढेको बताउनुभएको हो ।

अमेरिकी उपविदेशमन्त्री वेन्डी शर्मनसँगको वार्तामा चिनियाँ नेताले उक्त कुरा बताउनुभएको हो । उहाँ नयाँ सरकार गठनपछिको धेरै महिनापछि चीन भ्रमण गर्ने वरिष्ठ अमेरिकी अधिकारी हुनुहुन्छ । बाइडनले चीनप्रति विशेषतः मानवाधिकार र प्रतिबन्धजस्ता विषयमा कडा नीति अवलम्बन गरेका छन् । चीनको विदेश मन्त्रालयले प्रकाशित गरेको विज्ञप्तिका अनुसार शीले अमेरिकाले ‘आफ्नै संरचनागत समस्याका लागि पनि चीनलाई दोष दिने गरेकोे’ दावी गर्नुभयो ।

सोमवार सम्पन्न हुने दुईदिने भ्रमणका क्रममा शर्मनले दुवै दिन चीनको उत्तरपूर्वमा रहेको तियानजिन सहरमा विताउनुभएको छ । धेरैले अमेरिका–चीनको यो वार्तालाई बाइडन र सी चिनफिङबीच हुन सक्ने भेटको तयारीका रूपमा लिएका अथ््र्याएका छन् ।