बाल विवाह अन्त्यका लागि रणनीति स्वीकृत

बाल विवाह अन्त्यका लागि रणनीति स्वीकृत

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लुम्बिनी प्रदेश सरकारले बाल विवाह अन्त्यका लागि प्रदेशको रणनीति स्वीकृत गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले शिक्षा तथा सामाजिक विकास मन्त्रालयको प्रस्तावमा रणनीति अनुमोदन गरेको हो ।  प्रदेश सरकारका प्रवक्ता वैजनाथ चौधरीले कानूनले बीस वर्षभन्दा कम उमेरमा हुने विवाहलाई बाल विवाह मानी निषेध गरेका कारण यसको अन्त्यका लागि रणनीति स्वीकृत गरिएको जानकारी दिनुुभयो । यो रणनीति कार्यान्वयनका लागि सबै पालिकासँग समन्वय गरिने उहाँको भनाइ छ ।

सन् २०३० सम्म बाल विवाहको अन्त्य गर्ने राष्ट्रिय लक्ष्य रहेको छ । यसैगरी आजको बैठकले प्रदेश खेलकूद नियमावली, २०७८ स्वीकृत गरेको छ । प्रदेश खेलकूद विकास ऐन, २०७६ को दफा ३२ मा प्रदेश खेलकूद परिषद्ले नियम बनाउने अधिकार भएको र सोही बमोजिम मस्यौदा गरिएको प्रदेश खेलकूद विकास नियमावली स्वीकृतका लागि शिक्षा तथा सामाजिक विकास मन्त्रालयले प्रस्ताव गरेको थियो । प्रदेश खेलकूद परिषद्लाई चलायमान बनाई लुम्बिनी प्रदेशको समग्र खेलकूद क्षेत्रलाई सुुव्यवस्थित एवम् मर्यादित बनाउन तथा प्रदेश खेलकूद विकास ऐन २०७६ को प्रभावकारी कार्यान्वयनका लागि नियमावली स्वीकृत गरिएको प्रवक्ता चौधरीले बताउनुुभयो ।रासस

यो पनि – खोप प्रभावकारी सञ्चालनको तयारी

कोभिड १९ रोकथाम र नियन्त्रणका लागि कञ्चनपुरमा खोप अभियानलाई प्रभावकारी रुपमा सञ्चालन गरिने भएको छ । जिल्ला कोभिड–१९ खोप समन्वय तथा अनुगमन समितिको बैठकले साउन १३ गते देखि १९ गतेसम्म खोप अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । पहिलो चरणमा भेरोसेल खोप साउन १३ गते देखि १६ सम्म र त्यसपछि ‘जोन्सन एण्ड जोन्सन’ खोप १७ देखि १९ गतेसम्म लगाउनका लागि सम्पूर्ण तयारी पूरा गरिएको छ ।

सरकारले भेरोसेलको ३६ हजार र जोन्सन एण्ड जोन्सनको २७ हजार मात्रा खोप जिल्लामा आपूर्ति गरेको छ । आपूर्ति गरिएको खोपलगायतका आवश्यक सामग्री खोप केन्द्रमा पु¥याउने कार्य भइरहेको स्वास्थ्य कार्यालय कञ्चनपुरका निमित्त प्रमुख नरेन्द्रसिंह रावलले बताउनुभयो । उहाँका अनुसार आपूर्ति भएको खोपमध्ये भेरोसेल खोप दिने लक्षित समूहमा ५५ वर्ष र सो माथि उमेर समूहका सबै नागरिकलाई लगाइने छ । यसका अतिरिक्त विश्वविद्यालय, विद्यालयका शिक्षक, कर्मचारी, बालविकास केन्द्रका शिक्षक तथा कर्मचारी, सार्वजनिक यातायातमा कार्यरत चालक, सहचालक, खोप अनिवार्य गरको विदेशमा जाने नेपाली नागरिकलाई खोप लगाइने छ ।

यसैगरी, समुदायमा कोभिड– १९ सङ्क्रमणको जोखिम उच्च रहेका समुदायमा अटो रिक्सा चालक, उद्योग वाणिज्य सङ्घ, होटल व्यवसायी, निर्माण व्यवसायी सङ्घका पदाधिकारी, खेलकूद प्रशिक्षक, कर्मचारी र सैलुन सञ्चालक, इन्टरनेट सेवा प्रदायक र फलफूल तथा तरकारी व्यवसायीलाईसमेत सो खोप लगाइने छ । जेन्सन एण्ड जोन्सन खोप ५० देखि ५४ वर्ष उमेर समूहका कोभिड विरुद्ध पहिलो मात्रा लगाउन बाँकी सबै नागरिकलाई लगाइने छ । पूर्ण र अति अशक्त अपाङ्गता(वर्ग क र ख) भएका नागरिक, स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी, सरसफाइकर्मी, सुरक्षाकर्मी र कर्मचारी र पत्रकारलाई लगाइने छ ।

खोप दिने आधारका रुपमा उमेर समूहको हकमा उमेर खुल्ने आधिकारिक प्रमाण, सार्वजनिक यातायात चालक, सहचालक र अटो चालकको हकमा आधिकारिक परिचयपत्र र शिक्षक, कर्मचारीको परिचयपत्रका आधारम खोप दिइने छ । खोप अनिवार्य गरेको देशमा जाने नेपाली नागरिकको हकमा राहदानी र भिसाको आधारमा, पूर्ण अति असक्त नागरिकको हकमा नेपाल सरकारले जारी गरको प्रमाणपत्रको आधारमा, जोखिम उच्च रहेको समुदायको हकमा परिचय खुल्ने आधिकारिक संस्थाको परियचपत्रको आधारमा खोप दिने व्यवस्था मिलाइएको छ ।

कम्तीमा स्वास्थ्य संस्थास्तरसम्म खोप केन्द्र एवं आवश्यकताको आधारमा थप खोप केन्द्र स्थापना गरी अभियान सञ्चालनको प्रबन्ध गरिएको छ । एक खोप केन्द्रमा दुईजना स्वयंसेवक र लक्षित सङ्ख्याको आधारमा स्वास्थ्यकर्मी परिचालन गर्ने व्यवस्था गरिएको छ । रासस