विद्युतीय बसको चार्जिङ स्टेशनका लागि जग्गा

विद्युतीय बसको चार्जिङ स्टेशनका लागि जग्गा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वाग्मती प्रदेश सरकारले विद्युतीय बसको चार्जिङ स्टेशन निर्माणका लागि काठमाडाँैं उपत्यकालगायत सात स्थानमा जग्गा उपलब्ध गराएको छ ।  आगामी २०७९ साल जेठको तेस्रो हप्तादेखि उक्त बस सञ्चालन गर्न हेटौँडास्थित वाग्मती प्रदेश यातायात व्यवस्थापन बोर्डलाई काठमाडौँको बसपार्क, चितवनको भरतपुर बसपार्क, नुवाकोटको विदुर बसपार्क र मकवानपुरको हेटौँडा बसपार्कमा विद्युतीय चार्जिङ स्टेशन निर्माणका लागि सरकारले आवश्यक जग्गा उपलब्ध गराएको हो ।

यसैगरी धादिङको गजुरी गाउँपालिकाको बेलटार, काभ्रेको धुलिखेल र सिन्धुलीको बसपार्कमा जग्गा उपलब्ध गराउन कानूनी प्रक्रिया पूरा भइसकेको बोर्डका कार्यकारी निर्देशक जगदिशप्रसाद ढुङ्गानाले जानकारी दिनुभयो । आगामी भदौ मसान्तभित्रमा काठमाडौँलगायत छ वटा बसपार्कमा विद्युत् चार्जिङ स्टेशन निर्माण गरिने भएको छ ।विद्युतीय बस सञ्चालनका बोलपत्र आह्वान गरिएकामा अहिले दुईवटा अन्तर्राष्ट्रियस्तरको बोलपत्र दर्ता भएको र हाल बोलपत्रको मूल्याङ्कन भइरहेको बोर्डका कार्यकारी निर्देशक ढुङ्गानाले राससलाई बताउनुभयो ।उहाँका अनुसार सरकारी निकायसँग समन्वय गरेर विद्युतीय बस खरीद प्रक्रियालाई पारदर्शी र निष्पक्षताका साथ सार्वजनिकरण गरिनेछ ।

तीसवटा बस खरिद गरिनेमा २० वटा काठमाडौँ उपत्यकामा र १० वटा उपत्यकाबाहिर सञ्चालनमा ल्याइने तयारी भइरहेको छ ।सर्वसाधारणले उक्त बसमा यात्रा गर्दा ज्यादै न्यून भाड तिनुपर्ने जनाइएको छ ।

खोलाले बगाउँदा एक महिलाको मृत्यु

मकवानपुरगढी गाउँपालिका–४ स्थित सामरी खोलाले बगाउदा एक महिलाको मृत्यु भएको छ । सोही गाउँपालिका–६ निवासी ४२ वर्षीया तुलसीमाया घलानलाई बुधबार साँझ उक्त खोलाले बगाएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले बताउनुभयो । मृतक घलान बुधबार साँझ दूघ बेचेर घर फर्कने क्रममा खोला तर्न लाग्दा बगाएको थियो । स्थानीयवासीले शव खोलाको किनारमा आज देखेपछि प्रहरीलाई खबर गरेका थिए ।प्रहरीले मृतकको शव परीक्षणका लागि हेटौँडा अस्पतालस्थित शव गृहमा ल्याएको र घटनाबारे थप अनुसन्धान भइरहेकोे जनाइएको छ ।