उत्तरी गोरखामा हिमचितुवाको आ.क्रमणबाट १७ खच्चड र घोडा मरे

उत्तरी गोरखामा हिमचितुवाको आ.क्रमणबाट १७ खच्चड र घोडा मरे

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

उत्तरी गोरखामा हिमचितुवाको आ’क्रमणबाट १७ घोडा र खच्चडको मृत्यु भएको छ । चुम्चेतको सुलेप लेकमा गएको दुई सातादेखि लगातार हिमचितवाले घोडा र खच्चड माथि आक्रमण गर्न थालेको चुमनुव्री गाउँपालिका–६ का वडाध्यक्ष लोप्साङ लामाले जानकारी दिनुभयो । “चुम्चेतको लेकको खर्कमा चराउन छाडिएकामध्ये १६ खच्चड र एक घोडा हिमचितुवाले मारिसकेको छ”, उहाँले भन्नुभयो, “अहिले बर्खाका बेला सामान ढुवानी गर्न बाटो नभएकाले लेकमा चराउन खच्चड र घोडा छाडिएका बेला चितुवाले धमाधम आक्रमण गर्न थालेको हो ।”

सडक यातायातको पहुँच नपुगेको उत्तरी क्षेत्रमा खच्चडबाट नियमितरुपमा सामान ढुवानी गर्ने गरिन्छ । “जेठ अन्तिम सातादेखि परेको अविरल वर्षाका कारण उत्तरी क्षेत्रमा पदैल र खच्चड हिँड्ने बाटोसमेत अवरुद्ध छ”, लामाले भन्नुभयो, “चरनका लागि लेकमा छाड्ने चलन छ, चितुवाले आक्रमण गरेर मार्न थालेपछि अब छाड्न पनि डर भएको छ ।” उहाँले चरनका लागि खर्कमा छाडिएका खच्चड र घोडा नभेटिएपछि खोजी गर्दा चितुवाले मारेको भेटिएको बताउनुभयो । वडाध्यक्ष लामाले स्थानीय आङ्दी लामा, बुझिमा लामा र चित्रबहादुर गुरुङले पाल्दै आएका घोडा र खच्चडलाई चितुवाले आक्रमण गरी मारेको जानकारी दिनुभयो ।

यो पनि -‘डोको बुन्ने र बाख्रा पाल्नेका हातमा १० लाख दिन्छौँ’

वाग्मती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले अति निम्न किसानको हातमा रु १० लाख दिएर उद्यमी बनाउन सरकार प्रयासरत रहेको बताउनुभएको छ । मन्त्रालयले यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले उक्त लगानीले कोरानाका कारण गाउँ गएका र हातमा सीप भएका विपन्न वर्गको आर्थिकस्तर उकास्ने बताउनुभयो । यस्ता लगानी साना पौरखी हातका लागि भएकाले उहाँले उक्त रकम मान्द्रो, डोको, ठेकी बनाउनेलाई उद्यमी बनाउनेतर्फउन्मुख हुनेमा जोड दिनुभयो ।

ठूलो रकम ऋण लगानी गर्दा टाठाबाठाको हातमा मात्र पुग्ने र लक्षित वर्ग प्रभावित नहुने कारण सानो रकम लगानी गरिएको मन्त्री ढुङ्गेलको भनाइ छ । गाउँमा मौरीपालन, पशुपालन र दुग्ध उत्पादनबाट मनग्य आम्दानी गर्नका लागि किसानलाई उक्त लगानी लिन उहाँको अनुरोध छ । उक्त लगानी आव २०७७÷७८ मा प्रदेश सरकारले साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमार्फत रु ६० करोड ५० लाख ७५ हजार छ । कृषि विकास बैंक लिबाट लगानी गरिएको रु ६० करोडमध्ये प्रदेशका ३५० कृषकले रु ५२ करोड ९३ लाख ६३ हजार रहेको मन्त्री ढुङ्गेलले बताउनुभयो ।

प्रदेशभित्र ६५ कृषि विकास बैंक लिमिटेडका शाखा कार्यालयमार्फत सो ऋण लगानी कार्यक्रम विस्तार तथा साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडका १८१ साना किसान कृषि सहकारीमार्फत ऋण लगानी कार्यक्रम सञ्चालन गरिएको उहाँको भनाइ छ । मन्त्री ढुङ्गेलले १३ वटै जिल्लामा अक्सिजन प्लान्ट, शीत भण्डारण, कभर्डहल, रङ्गशालालगायतका लागि बजेट विनियोजन गरिएको मन्त्री ढुङ्गेलले जनाउनुभयो ।

प्रदेशमा रु ६१ अर्ब राजस्व उठेको मन्त्रालयका सचिव दण्डुराज घिमिरेले बताउनुभयो । छुट र सुविधाका कारण लक्षित राजस्व उठाउन सफल भएको उहाँको भनाइ छ । आव २०७७÷७८ मा रु ६१ अर्ब राजस्व उठेको उहाँले जनाउनुभयो । प्रदेशको बेरुजु हिसाबमा पेश्की रहेका कारण यसमा पनि सफल भएको सचिव घिमिरेको भनाइ छ । बेरुजु हिसाब रु ९८ करोड ८३ लाख रहेको उहाँले जानकारी दिनुभयो ।