‘पार्टी एकताका लागि अधिकतम प्रयास गरिन्छ’

‘पार्टी एकताका लागि अधिकतम प्रयास गरिन्छ’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले पार्टी एकताका लागि अधिकतम प्रयास गर्ने बताउनुभएको छ । खिर खाने कार्यक्रममा अज उहाँले १० बुँदे सहमतिअनुसार नै पार्टी एकता कायम गर्न अधिकतम लचकता अपनाउने बताउनुभयो ।

एकता गर्ने नाममा अनिश्चिता नराख्ने उहाँको भनाइ छ । “देशभरिका नेता कार्यकता, पार्टीका समर्थकले पनि अनन्त, अनिश्चिता राख्नु हुँदैन भन्ने भावना प्रकट गर्नुभएको छ”, उहाँले भन्नुभयो, “त्यसैले कार्यदल सहमति गरेको १० बुँदे प्रस्तावलाई नै कार्यन्वयन गरेर पार्टी एकता चाँडै गर्नुपर्दछ ।”

महासचिव पोखरेलले पार्टीका शीर्ष नेताको सहमतिमा नै दुवै पक्षको कार्यदलले १० बुँदे सहमति गरेको उल्लेख गर्दै १० बुँदे सहमति कार्यन्वयन गर्ने तदारुकता नदेखिएकाले एकतालाई निष्कर्षमा पु¥याउन नसकिएको स्पष्ट पार्नुभयो । “शुक्रबारसम्म कार्यदलसँग सम्बन्धित सबै साथीलाई पार्टी अध्यक्षले १० बुँदे सहमति कहाँ अडकिएको छ, विचार नमिलेको कुरा ल्याउनुहोस्, ती कुरालाई छलफलबाट सहमति गर्न सकिन्छ भन्नुभएको छ”, उहाँले भन्नुभयो, “सम्भवत आज बेलुकासम्म केही कुरा होला । त्यो नभएपनि हामी नरोकि अगाडि बढ्छौँ ।”

पार्टीभित्र देखिएका विवाद समाधान गर्नका लागि आफूहरूले अधिकतम लचकता अपनाउने उहाँको भनाइ छ । अधिकतम लचकता विधि, विधानअनुसार हुनपर्ने बताउनुभयो । “पार्टीभित्रको देखिएको बिग्रहकारी स्थिति अन्त्य हुनुपर्दछ”, उहाँले भन्नुभयो, “त्यसको लागि सबै पक्षले भूमिका खेल्नुपर्दछ । पार्टी विधि विधान, पद्दतिअनुसार पार्टी चल्नुपर्दछ । विसं २०७५ जेठ २ गते अगाडिको पार्टी विधानलाई सबैले पालना गर्नुपर्दछ ।” उहाँले पार्टीको वैधानिकता कायम गर्नका लागि तोकिएको समयमा अधिवेशन सम्पन्न हुने बताउनुभयो । उहाँका अनुसार पार्टी महाविधेशन २०७९ वैशाख १० गतेभित्र गरिसक्नुपर्ने कानूनी व्यवस्था रहेको छ ।

यो पनि -जसपाका तीन प्रदेशसभा सदस्य पदमुक्त

लुम्बिनी प्रदेशसभाका तीन जना सदस्य पदमुक्त भएका छन् । जनता समाजवादी पार्टीका तर्फबाट प्रदेशसभा सदस्य बनेका सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेय पदमुक्त भएको प्रदेशसभा सचिवलायका सचिव दुर्लभकुमार पुन मगरले आज सूचनामार्फत जानकारी गराउनुभएको छ । तीनै जना प्रदेशका मन्त्री हुनुहुन्छ ।

सन्तोषकुमार पाण्डेय भौतिक पूर्वाधार विकास, विजयबहादुर यादव भूमि व्यवस्था कृषि तथा सहकारी र कल्पना पाण्डेय उद्योग, वन तथा वातावरण मन्त्री रहनुभएको छ ।निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई पार्टीको आधिकारकता दिएपछि शङ्कर पोखरेलको नेतृत्वको सरकारमा सहभागी भएको भन्दै जसपाको केन्द्रीय समितिले यी तीन सांसदलाई स्पष्टिकरण सोधी कारवाही गरेको थियो । त्यसका आधारमा जसपा संसदीय दलले बिहीबार प्रदेशसभामा उनीहरुलाई निष्कासन गरेको पत्र दर्ता गरेको थियो ।