ट्राफिक प्रहरीसंग आफ्नो बुबा पारसको ल.फडा परेपछि छोरी कृतिकाले मुख खोलिन

ट्राफिक प्रहरीसंग आफ्नो बुबा पारसको ल.फडा परेपछि छोरी कृतिकाले मुख खोलिन

13
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ श्रावन । बेला बेला बि.बादमा आइरहने पुर्व युवराज पारस शाह गत शुक्रबा बेलुकाको घ.टना पछी फेरी वि.वाद र चर्चामा आएका छन । धेरै अगाडी थाइल्याण्डमा भएको ल.फडा देखि युट्युबर सोनीकासंगको सम्बन्धको चर्चाले पारसको नाम मिडियामा आइरहेको थियो । तर गत शुक्रबार भने काठमाडौँको महाराजगंजस्थित ट्राफिक प्रहरीसंग भएको घ.म्साघ.म्सीले चर्चा पाएको छ । साझपख पुर्वयुवराज पारस आफ्नो हारली डेभिडसनमा हुइकीरहेका हुन्छन । त्यतिकै ड्युटीमा रहेका ट्राफिक प्रहरीको आखा उनि तिर पर्छ । कारण पारसले बिना हेल्मेट बाइक हाकीरहेका हुन्छन । त्यसमाथि अत्याधिक ध्वनि प्रदुषण गर्ने हारली डेभिडसन् । प्रहरीले नरोक्ने कुरै भएन ।

ट्राफिकले रोकेर सोधपुछ र सम्झाउने काम गर्दै जादा स्थिति असामान्य हुन्छ । त्यहि बीच त्यहाँ उपस्थित केहि बटुवाले भिडियो रेकर्ड गर्छन । सार्बजनिक भिडियोमा ट्राफिक प्रहरीले हातमा पक्रेर अन्त कतै लान खोजी रहेको देखिन्छ भने पारस चाहि ‘जान्न जान्न जान्न..’ भनिरहेको सुनिन्छ । तर अन्तत ट्राफिक प्रहरीले पारसलाई छोड्छन । उनलाई छोडे लगत्तै पारसका सहयोगी र समर्थकले पुन: बाइक सम्म पुर्याउछन । त्यस बखत केहिले पारसको जयजयकार गरेको पनि सुनिन्छ ।

यहि विषयलाई लिएर पुर्व युवराज पारसकी छोरी कृतिका शाहले पनि प्रतिक्रिया दिएकी छन । उनले ट्वीट गर्दै भनेकी छन – ‘हेलमेट छुटेको बिषयलाई प्रहरीले मर्यादापूर्वक व्यवहार गरि आफ्नो ड्युटी पूरा गर्नु पर्नेमा अ.पमानजनक ब्यबहार गरेको छ।’ यस विषयलाई लिएर पारस समर्थकहरुले भोली पल्टै उक्त स्थानमा टायर बालेर बि.रोध समेत गरेका थिए । पारसको छोरी कृतिकाको ट्वीट तल हेर्नुहोस ।

शुक्रबार साझ ट्राफिक प्रहरी र पारस बीच भएको ल.फडाको भिडियो यहाबाट हेर्नुहोस ।

यो पनि – मेलम्चीको मुहान देखि मेलम्ची बजार सम्म बाढीले पुर्याएको क्ष.ति यस्तो (१७ तस्विरमा हेर्नुहोस)

काठमाडौँ, १७ श्रावन । शनिबार बेलुका आएको भि.षण बाढीले मेलम्ची र हेलम्बुमा ठुलो क्ष.ति गरेको छ । गत असार एक गते आएको भि.षण बाढीले पुरेको घर र पुलहरु शनिबार आएको बाढीले बगाएको छ । हेलम्बु गाउँपालिका र मेलम्ची नगरको तटीय क्षेत्रमा रहेको ‘’५ वटा कच्ची र ७ वटा पक्की गरी एक दर्जन घर बगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिए ।

शनिबार बेलुका आएको बाढीले मेलम्ची बजारको ६ घर र हेलम्बुको किउल क्षेत्रको ६ घर बगाएको हो । त्यस्तै मेलम्चीमा दर्जनौ घर अझै जोखिममा छन। ग्याल्थुम बजारका पनि ३ दर्जन बढी घर जोखिममा छन् । शनिबार बाढी बढेसंगै जनप्रतिनिधि र सुरक्षाकर्मीको खबर र साइरनले गर्दा सुरक्षित स्थानमा गएको हुनाले कुनै मानवीय क्ष.ती भने नभएको अधिकारी बताउछन । सार्बजनिक तस्विरहरु तल हेर्नुहोस ।

फोटो सौजन्य : हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाको फेसबुकवालबाट

तस्बिर सौजन्य : एमडी राजा र देवराज सुवेदी

शनिबार रातिदेखि परेको पानीले मेलम्चीमा आएको बाढी । तस्वीर : देवराज सुवेदी÷रासस

यो पनि : आजको राशिफल : वि.सं.२०७८ साल साउन १७ गते । आईतबार । ईश्वी सन् २०२१ अगष्ट ०१ तारिख

वि.सं.२०७८ साल साउन १७ गते । आईतबार । ईश्वी सन् २०२१ अगष्ट ०१ तारिख । नेपाल संवत् ११४१ । रा.क्षस संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । श्रावण कृष्णपक्ष । तिथि– अष्टमी, बिहान ०८ बजेर २५ मिनेट उप्रान्त नवमी । नक्षत्र– भरुणी, बेलुकी ०८ बजेर ५२ मिनेट उप्रान्त कृतिका । योग– गंड , रातको १२ बजेर ०९ मिनेट उप्रान्त वृद्धि । करण– कौलव,बिहान ०८ बजेर २५ मिनेट उप्रान्त तैतिल,बेलुकी ०९ बजेर २० मिनेट उप्रान्त गर । आनन्दादिमा–काल योग । चन्द्रराशि–मेष । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर २७ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ५१ मिनेट । दिनमान ३३ घडी ३० पला ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) नयाँ प्रबिधिको प्रयोग मार्फत नया ज्ञान सिक्ने समय रहेकोछ । बिभिन्न अवसर प्राप्त हुने हुनाले जोस जागर बढेर आउनेछ । पढाई लेखाईमा अरुभन्दा एक कदम अगाडि बढि उत्कृष्ट नतिजा ल्याउन सकिनेछ । भौतिक सम्पति तथा सवारि साधन प्राप्तीको गतिलो योग रहेकोछ । माया प्रेममा नजिक भई भावना साटासाट गर्ने अवसर जुर्नेछ । समाजिक सञ्जाल तथा मिडिया मार्फत आफ्ना बिचारहरु अरु सामु लैजान सकिनेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) गलत साथि संगतमा लाग्नाले पढाई लेखाई बिग्रनेछ भने आफन्त तथा अग्रजहरुको चित्त बुझाउन मुस्किल पर्नेछ । माया प्रेमको यात्रामा उतार चडाब आउने योग रहेकोछ भने जीवन साथि सँग सामान्य कुरामा मनमुटाब सिर्जना हुनेछ । खानपानमा ध्यान नदिए स्वास्थ्य सम्बन्धि समस्या आई खर्च बढ्नेछ । आफन्त तथा अग्रज सँग सामान्य कुरामा राय बाजिनेछ । बिदेशी सामानमो व्यापार व्यावसाय फस्टाएर जानेछ भने बिदेशमा बसेर श्रम गर्ने तथा अध्ययन गर्नेहरुका लागी दिन फलदायि रहनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) समय दिए अनुहार प्रतिफल ढिला प्राप्त हुनेछ । प्राकृतिक स्रोत तथा सरकारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला अनाउबस्यक झन्झटमा फस्ने ग्रहयोग रहेकोछ । अध्ययनमा बाधा पुग्नेछ भने अरुका लागी समय खर्चिनु पर्नेछ । साना तिना स्वास्थ्य सम्बन्धि समस्याले सताउने हुदा दैनिक कामहरु प्रभावित हुन सक्छन् ध्यान दिनुहोला । प्रणय सम्बन्धमा मनमुटाब सिर्जना हुनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) कार्य सम्पादन गर्ने सवालमा समाजका अग्रज तथा बिशिष्ट ब्याक्तिहरु सँग भेटघाट हुनेछ । पढाई लेखाईमा अरुलाई पछि पारि नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । मांगलिक कार्य तथा सभा समारोहमा सहभागि भई आफन्त तथा परिवारका साथ मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ भने लामो समयदेखि भेटघाट नभएका साथिभाई तथा ईष्टमित्रसँग भेट हुँने हुँदा मन प्रशन्न हुनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) भाग्य तथा समयले साथ दिने हुदा सानो प्रयत्नले उपलब्धिमुलक कामहरु गर्न सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जाने हुनाले आर्थिक स्थिति बलियो हुनेछ । बुवा वा बुवा सरहका मानिसबाट तपाईले शुरु गरेको कामलाई सहयोग हुँनेछ भने पैत्रिक धन सम्पतिको प्रयोग मार्फत मनग्गे लाभ लिन सकिनेछ । पुराना साथिभाई सँग भेटघाट गरि रमाईलो ठाउँमा स्वादिष्ट परिकारका साथ रम्न सकिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) भौतिक सम्पति तथा सवारि साधनको कारोबार गर्दा वा प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्ययम रहेकोछ । अन्य क्षेत्र मध्ययम रहेपनि बैक तथा बित्तिय क्षेत्रमा गरिएको लगानि सुरक्षित हुनेछ । अध्ययन अध्यापनमा मन जाने हुनाले चाहेको उपलब्धि हासिल गर्न सकिनेछ । आटेको काम तत्काल नहुने योग रहेको भएपनि पछिको लागि जग बसाउने मौका मिल्नेछ । आफन्त तथा घरका मानिससँग सामान्य कुारामा राय बाजिने वा बिवाद हुने योग रहेकोछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) पढाई लेखाई अरु दिन भन्दा सुधार भएर जानेछ भने कुनैपनि प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई सजिलै हराउन सकिनेछ । शुभ तथा मांगलिक कार्यमा सहभागि भई बिभिन्न परिकारको स्वाद लिदै दिन कटाउँन सकिनेछ । माया प्रेममा नजिक हुने तथा बिश्वास गर्दै अगाडि बढ्न सकिनेछ । घर परिवार तथा जीवनसाथिको सहयोगले राम्रा तथा उपलब्धिमुलक कामहरु हुनेछन् ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) प्रतिस्पर्धिहरुलाई किनार लगाउँदै आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँन सकिनेछ भने बिवादित बिषयहरुको निर्णय तपाईकै पक्षमा आउँनेछन् । न्यायिक निर्णयहरु तपाई आफ्नै पक्षमा फैसला हुँने तथा सत्रुलाई परास्त गर्न सकिनेछ । अध्यानमा प्रगति हुनेछ भने सफलताको सिडि चुम्न सकिनेछ । व्यापार व्ययावसायमा लगानि बढाई आम्दानिका बाटाहरु फराकिला बनाउँन सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) तपाईको बौद्धिकतालाई सबैले सम्मान गर्नेछन् भने नया प्रबिधिको प्रयोग मार्फत खोजिमुलक काम गर्न सकिनेछ । शिक्षा क्षेत्र जस्तै स्कुल कलेज तथा यस्तै सस्थासँग सम्बन्धित कामहरुबाट मनग्गे आम्दानि गर्न सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जाने हुनाले आर्थिक रुपमा सम्पन्न हुने सकिनेछ । चिठ्ठा तथा उपहार प्राप्तीको गतिलो सम्भावना रहेकोछ भने माया प्रेममा निजिक भई भावना साटासाट गर्न सकिनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) खर्च बढ्ने तथा उपलब्धि हात नलाग्न सक्छ ध्यान दिनुहोला । पढाई लेखाईमा मन नजाद अरु भन्दा पछि परिनेछ । आमा तथा आफन्तबाट टाडिएरु लामो यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ । प्रेममा रमाउने चाहनेहरुका लागि समय उत्तम नहुन सक्छ । कृषि तथा पशुपालन व्यावसायबाट भने आम्दानि गर्न सकिनेछ । घर जग्गा तथा सवारि साधनको कारोबार गर्दा ध्यान दिनुहोला ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) छोटो समयमा गरिएको कामको उचित प्रतिफल पाईदा मन प्रशन्न हुनेछ । आर्थिक अवस्था राम्रो हुने हुनाले व्यापार व्यावसायमा लागनि गरि मनग्गे आम्दानि गर्न सकिनेछ । दाजुभाई तथा छिमेकिबाट तपाईको काममा सहयोग तथा समर्थन गर्ने हुनाले काम गर्न सहज हुनेछ । पराक्रम तथा आट गर्न सकिने हुनाले राम्रा तथा परिणाम मुखि काम गर्न सकिनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) पारिवारिक माहोलमा जमघट भई रमाईलो गर्दै मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । व्यापारमा बृद्धि हुने तथा मनग्गे नाँफा कमाउँन सकिनेछ । आर्थिक अवस्था सुदृड हुने हुनाले दैनिक सहज मात्रामा अगाडि बढ्नेछ । माया प्रेममा नजिक हुन सकिने तथा मिल्ने मित्रको साथ पाईने हुनाले मन प्रशन्न हुनेछ । बोलेर गर्ने कुनै पनि पेशा व्यावसाय फस्टाएर जानेछ ।

तपाईको दिन शुभ रहोस् ।

यो पनि – साप्ताहिक राशिफल : साउन १७ गते आईतबारदेखी साउन २३ गते शनिबारसम्मको

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) साताको पहिलो दिन अर्थात आईतबार समय मध्ययम रहेकोले आर्थिक ब्याबस्थापनको अभावले व्यापार व्यावसायमा आउँने बिभिन्न अवसरहरु गुम्नेछन् । तपाई आफ्नै कारणले घर परिवारमा तथा पति पत्नि बिच मनमुटाब बढ्नेछ । सोमबारदेखि समय उत्तम रहेकोले पदिय दायित्व बढ्नेछ भने निर्णय क्षमताको बिकाश हुनेछ । आत्मिय मित्र तथा शुभचिन्तकहरुको साथ पाईने हुनालेजस्तो सुकै चुनौतिको पनि सामना गर्न सहज हुनेछ । टाडिएका मित्रहरुसँगको भेटघाटले नयाँ योजना बनाउँन महत्वपुर्ण भुमिका निर्वाह गर्नेछ । नयाँ नयाँ काम गर्ने अवसर प्राप्त हुने तथा पदोन्नति हुने योग रहेको छ । कार्यक्षेत्रमा सबैको मन जित्न सकिनेछ भने तपाईको काम देखि सबै प्रभावित हुनेछन् । बिद्या तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई हटाउँदै नतिजा आफ्नै पोल्टोमा पार्न सकिनेछ । माया प्रेममा सामिप्यता बडेर जानुको साथै परिवारका मानिसबाट तपाईको काममा सहयोग तथा समर्थन प्राप्त हुनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) साताको सुरु र अन्तको समय राम्रो रहेकोले व्यावसायबाट प्रशस्त नाफा कमाउन सकिनेछ । पारिवारिक तथा ब्याबसायिक यात्राको क्रममा बिभिन्न ठाँउ तथा दृष्यहरुको अबलोकन गर्ने अवसर प्राप्त हुनेछ । भाग्यले साथ दिने हुदा थोरै लगानिबाट प्रशस्त आम्दानि हुने तथा सानु प्रयत्नले ठुलो काम बन्नेछ । सामाजमा तपाईको काम देखि सबै प्रशन्न हुनेछन् भने मान सम्मान तथा ईज्जत प्रतिष्ठा बढेर जानेछ । पुराना साथिभाई सँग भेटघाट गरि नँया योजना प्रस्तुत गर्न पाउँदा गर्बको महशुस हुनेछ । परिवार तथा आफन्त बाट तपाईको काममा रचनात्मक सहयोग हुनेछ । पढाई लेखाईमा सुधार हुनुको साथै खोज तथा अनुशन्धानको क्षेत्रमा राम्रो प्रगति गर्न सकिनेछ । सोमबार र मंगलबारको समय मध्ययम भएकोले हतार हतारमा काम गर्दा बिग्रन सक्छ होस पु¥याउनु होला । स्वास्थमा समस्या आई उपचार खर्च बढेर जानेछ । साथिभाई हरुले नै असहयोग गर्नेछन् भने अरुको स्वार्थको लागि प्रयोग होईनेछ । समस्या तथा चुनौतिहरुको सामना गर्नुपर्दा मानशिक तनाब बढ्नेछ ।

मिथुन (का, की, कू ,घ, ङ, छ ,के,को,हा) साता उत्तम रहेकोले न्यालयबाट हुने न्यायिक निर्णयहरु तपाईकै पक्षमा फैसला हुने हुनालेघर परिवारमा खुसियालि छाउँनेछ । प्रतिश्पर्धामा पतिश्पर्धिहरुलाई हराउँदै सम्मानजनक पद प्राप्त गर्न सकिनेछ भने बिपक्षिहरु आफै किनारा लाग्नेछन् । ब्याबसायिक यात्राको क्रममा नयाँ तथा सुन्दर दृष्यहरुको अवलोकन गर्न अवसर प्राप्त हुनेछ । नयाँ नयाँ साथिभाईहरु सँग भेटघाट गरि दिनलाई रङगिन बनाउन सकिनेछ भने माया प्रेम तथा पति पत्निबिचको सम्बन्धमा बिश्वासको बाताबरण मजभुत भएर जानेछ । पारिवारिक माहोलमा दिन बित्ने तथा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । बिपरित लिङग प्रतिको आकर्षण बढेर जाने तथा भौतिक सम्पति प्राप्तिको योग रहेको छ । अध्ययनमा समय दिने बिद्यार्थि वर्गहरुले थोरै समय लगानि गर्दानि उत्कृष्ट नतिजा हात पार्नेछन् । हप्ताको अन्तमा यात्राको अधिक सम्भावना रहेकोछ ।

कर्कट (ही,हू ,हे,हो,डा,डी,डु,डे,डो) नयाँ नयाँ कामको प्रस्ताब आउने तथा अल्झेर बसेका कामहरु फत्ते हुनेछन् । माया प्रेम तथा दाम्पत्य जिवनको गाठो झन् मजभुत भएर जानेछ भने जीवन साथिबाट भनेजस्तो सहयोग प्राप्त हुनेछ । अधिकार प्राप्तिको लागि गरिने संघर्षमा बिपक्षहिरुलाई हराउदै निर्णायक तहमा पुगिनेछ । बादबिवाद तथा प्रतिश्पर्धाको लडाईमा प्रतिश्पर्धिहरुले निर्बिरोध तपाईको समर्थन गर्नेछन् भने सामाजिक काम गरि अरुको मन जित्न सकिनेछ । काम गर्ने शैलि परिवर्तन गरेर आम्दानिका स्रोतहरु फराकिला पार्न सकिनेछ । थोरै स्रोत साधनको प्रयोगबाट असिमित आवस्यक्ताहरु पुरा गर्न सकिने हुनालेमन प्रशन्न रहनेछ । उत्पादन क्षेत्रमा गरिएको लागानिबाट आउने आम्दानिले भबिश्यको लागि भौतिक सम्पति तथा सवारि साधन जोड्न सकिनेछ । पढाई लेखाई अरु दिन भन्दा सुधार भएर जानेछ भने कुनैपनि प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई सजिलै हराउन सकिनेछ । बिबाह,बनभोज तथा यस्तै समारोहमा साथिहरुसँग सहभागि भई मिठा परिकार खादै रमाईलो गफ गरेर दिन कटाउन सकिनेछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) साताको पहिलोदिन आईतबार समय मध्ययम रहेकोले राजनिति तथा समाजसेवामा जनताको मन जित्न राम्रा काम गर्दा गर्दै पनि बिपक्षीहरुले अनाबस्यक भ्रम सिर्जना गरेर तपाईको साख गिराउन खोज्नेछन् ख्याल गर्नुहोला । सोमबारबाट समय राम्रो रहेकोले सवारि साधन तथा भौतिक सम्पति लाभ हुने तथा चिठ्ठा पर्ने योग रहेकोछ । बौद्धिक कार्यमा सहभागि भई बौद्धिक तथा प्राज्ञिक ब्यात्तित्व सामु गतिलो प्रश्तुति पस्कने अवसर प्राप्त हुनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा सकारात्मक नतिजा आउँने हुनालेमन प्रशन्न हुनेछ । नयाँ नयाँ कामको प्रस्ताब आउने तथा अल्झेर बसेका कामहरु फत्ते हुनेछन् । माया प्रेम तथा दाम्पत्य जिवनको गाठो झन् मजभुत भएर जानेछ भने जीवन साथिबाट भनेजस्तो सहयोग प्राप्त हुनेछ । ऋण,रोग तथा सत्रुबाट छुटकारा मिल्नेछ । संकट ब्याबस्थापनका लागी चालिएको कदमबाट सकारात्मक नतिजा आउने हुनालेमन प्रशन्न रहनेछ

कन्या (टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) साताको सुरु र अन्तको समय राम्रो रहेकोले पराक्रम बढ्ने हुनाले आटिलो तथा शाहसिलो काम गर्न जोस जागर बढेर जानेछ । उद्योग,व्यापार व्यावसायमा गरिएको लगानिबाट भरपुर आम्दानि गर्न सकिनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा सकारात्मक नतिजा आउँने हुनालेमन प्रशन्न हुनेछ । साथिभाई तथा परिवारका सदस्यहरुबाट आर्थिक तथा भावनात्मक सहयोग हुनेछ । व्यावसायबाट भनेजस्तो नाफा कमाउँन सकिने हुनालेअन्य क्षेत्रमा पनि रुपैया पैसा लगानि गर्न आट आउँनेछ । सोमबार र मंगलबारको समय मध्ययम रहेकोले सामाजिक तथा राजनितिक बिषयहरुको उठान आज नगर्नु नै उचित हुनेछ किनकि त्यस्ता बिषयसँग सम्बन्धित मुद्दाहरु आज किनारा लाग्ने छैनन् । आफ्नो भन्दा अरुकै काममा समय बित्ने हुदा आफ्नो काम थाति रहनेछन् । लामो दुरिको यात्रा हुने अधिक सम्भावना रहेकोछ । घर परिवार तथा आफन्त सँग छुट्टिएर यात्राको तय गर्नुपर्दा मनमा खिन्नता पैदा हुनेछ ।

तुला ( रा,री,रु,रे,रो,ता,ती,तू ,ते) पारिवारिक जमघटमा सहभागि भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर मिल्नेछ । कुटुम्ब सँगको सम्बन्धमा नयाँ आयामको बिकास हुनेछ । दाजुभाई तथा छिमेकिसँग गरिने व्यावसाय फस्टाएर जाने हुनाले प्रशस्त नाफा कमाउँन सकिनेछ भने अरुलाई प्रभाबित पारेर सजिलै काम लिन सकिनेछ । छोटो तथा रमाईलो यात्राको तय हुनेछ । जिवन शैलिमा सुधार हुनुको साथै समयको महत्व बुझ्दा अगाडि बढ्न सहज हुनेछ । सवारि साधन तथा घर जग्गाको खरिद बिक्रिबाट मनग्गे आम्दानि गर्न सकिनेछ । खोज तथा अनुशन्धानको क्षेत्र बलियो रहन तथा बिद्या तथा प्रतिश्पर्धामा सफलता प्राप्त हुनेछ । माया प्रेममा आफ्नो मायालुसँग दिनभरु सँगै रहेर भलाकुसारि गर्ने अवसर प्राप्त हुनेछ । कृषि तथा सहकारि क्षेत्रलाई समय सापेक्ष परिमार्जन गरि भने जस्तो रुपैया पैसा कमाउँन सकिनेछ । राजतिति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुने हुदा मन प्रशन्न रहनेछ । साताको अन्तको समय मध्ययम रहेकोले खानपानमा ध्यान दिनुहोला । बिदेश यात्राको गतिलो योग रहेकोछ ।

बृश्चिक (तो,ना,नी,नू ,ने,नो,या,यी,यू) धार्मिक प्रतिष्ठान तथा मन्दिर तिरको यात्राको तय गर्न सकिनेछ । कार्यक्षेत्रमा तपाईको प्रखर बोलिले सबैको मन जित्नेछ भने सार्वजनिक बिषयबस्तुको राम्रो सँग अध्ययन गरि गरिने निर्णयलाई सबैले सम्मान गर्नेछन् । गित संगित तथा मोडलिङ पेशा व्यावसाय अगाल्नेहरुलाई आजको दिन मनग्गे आम्दानि हुनेछ । पारिवारिक माहोलमा दिन बित्ने हुदा मन प्रशन्न रहनुको साथै मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । छोटो,रमाईलो तथा अर्थपुर्ण यात्राको तय गर्न सकिनेछ । लामो समय देखि अल्झेर बसेका बिवादित बिषयहरु हल भएर जानेछन् भने अदालत तथा न्यायलयबाट हुने न्यायिक निणय हरु तपाईकै पक्षमा हुनेछन् । मनग्गे रुपैया पैसा कमाईने हुदा अन्य क्षेत्रमा लगानि गर्ने जोस जागर आउँनेछ । पढाई लेखाइमा दुई चार कदम अगाडि बढेर प्रतिश्पर्धिहरुलाई हराउँदै नतिजा आफनो पक्षमा पार्न सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू ,ध,फा,ढा,भे) साताको पहिलो दिन अर्थात आईतबारको समय मध्ययम रहेकोले कार्यक्षेत्रमा आफुभन्दा अग्रज ब्यात्तित्वहरु सँग सैद्धान्तिक बिषयमा राय बाजिनेछ । आर्थिक अभावले कामहरु समयमा सम्पादन नहुदा मानशिक तनाब बढ्नेछ । सोमबारबाट जीवन साथिसँग रमाईलो स्थानको अवलोकन गर्न लामो दुरिको भ्रमण तय हुनेछ भने ब्याबसायिक यात्राको प्रशस्त सम्भावना रहेको छ । धार्मिक यात्राको प्रशस्त सम्भावना रहेकोछ । नयाँ कामको थालनि हुने तथा आर्थिक उन्नतिमा नयाँ अवसरहरु मिल्नेछन् । सम्मानित काम गरेर समाजमा नाम,दाम तथा ईज्जत प्रतिष्ठा कमाउँन सकिनेछ । तपाईको कामबाट बिशिष्ट ब्याक्तित्वहरु प्रफुल्लित हुनेछन् । राजनितिकर्मी तथा समाजसेवीहरुले जनताको काम गरेर प्रसिद्धि कमाउँने समय रहेको छ भने अरुलाई प्रभावमा पारेर आफ्नो काम फत्ते गर्न सकिनेछ । नयाँ काम पाउँने तथा गरिरहेको काममा बढुवा हुने योग रहेको छ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) साताको शुरु र अन्तको समय राम्रो रहेकोले थोरै पुँजी तथा सिमित स्रोत साधनबाट असिमित आवस्यकता पुरा गर्न सकिनेछ । आर्थिक सवालमा उठ्ने प्रश्नहरुको हल हुनेछ भने आम्दानिका नयाँ नयाँ बाटाहरु फेला पर्नेछन् । मान सम्मान तथा ईज्जत प्रतिश्ठामा बृद्धि भएर जानेछ भने महत्वपुर्ण जिम्मेवारि सम्पादन गर्ने जिम्मा तपाईको काँधमा आउनेछ । कला,साहित्य तथा नृत्य प्रतियोगितामा सहभागि भई प्रतिश्पर्धिहरुलाई हराई नतिजा आफ्नो पोल्टोमा पार्न सकिने हुनालेआफन्त तथा साथिभाईहरु खुसि हुनेछन् । माया प्रेम तथा पति पत्निबिच बिश्वासको बाताबरण बढेर जानेछ । सोमबार र मंगलबारको समय मध्ययम रहेकोले आफन्त तथा चेलीमाईति बिच राय बाजिनेछ । सवारि साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । ऋण,रोग तथा संकटले सताउँनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू ,से,सो,दा) नयाँ नयाँ काम पाउँने तथा नोकरिमा बढुवा हुने योग रहेको छ । निर्णय क्षमतामा बृद्धि भएर जाने तथा कार्यालयमा तपाईको निर्णय क्षमताको उच्च कदर हुनेछ । पढाई लेखाईमा अरुलाई पछि पारि नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । बिभिन्न किसिमका मानव निर्मित भौतिक साधनहरु लाभ हुनेछन् । प्रेम प्रशङगले यो साता रमाईलोका साथ बित्नेछ भने ईच्छित कामनाहरु पुरा हुने समय रहेको छ । अधुरा कामहरु पूरा हुनुका साथै नयाँ कामका अवसर आउनेछन् । व्यापार व्यावसायमा प्रशस्त आम्दानि हुनेछ । बिषेश गरि तरल पदार्थ तथा खनिज पदार्थ सँग सम्बन्धित बस्तुहरुको व्यावसाय फस्टायर जानेछ भने आम्दानिका नयाँ नयाँ स्रोतहरु फेला पर्नेछन् । हप्ताको अन्तमा भौतिक सम्पति तथा हार्डवयेर सँग सम्बन्धित काम गर्दा ध्यान दिनुहोला ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) पढाई लेखाईमा राम्रो प्रगति हुनेछ भने बौद्धिक कार्यमा सहभागि भई आफ्नो गतिलो प्रश्तुति पस्कने अवसर प्राप्त हुनेछ । परिवार तथा सन्तानबाट तपाईले गरेको काममा सहयोग हुनेछ । माया प्रेममा बिश्वासको बाताबरण बढेर जानेछ भने पति पत्निबिच मायाको डोरो झनै कसिलो हुनेछ । न्यायलयबाट हुने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् । बादबिवाद, प्रतिश्पर्धा तथा मुद्दा मामिलामा तपाईकै जित निश्चित छ । उद्योग व्यापार व्यावसायबाट मनग्गे आम्दानि हुने हँुनाले मन प्रशन्न रहनेछ । लेखन कलाको बिकाश हुनेछ भने लेखेरै आफ्ना कुराहरु जनमानसमा लैजान सकिनेछ । आत्मिय मित्रहरुबाट भने जस्तो आर्थिक तथा भावनात्मक सहयोग मिल्नेछ । साताको अन्तमा लामो दुरिको व्यावसायिक यात्रा हुने प्रवल योग रहेकोछ ।

तपाईको दिन शुभ रहोस ।