दाङका पहाडी क्षेत्र जडिबुटी पकेट क्षेत्र बनाइँदै

दाङका पहाडी क्षेत्र जडिबुटी पकेट क्षेत्र बनाइँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– रञ्जिता अधिकारी देउखुरी, १७ साउन(रासस) : दाङका दुई स्थानीय तहका सात वडालाई जडिबुटीको पकेट क्षेत्रका रुपमा विकास गर्न थाालिएको छ । डिभिजन वन कार्यालय घोराहीले घोराही उपमहानगरपालिकाका वडा नं १८ र १९ तथा बङ्गलाचुली गाउँपालिकाका वडा नम्बर १ देखि ५ सम्मलाई जडिबुटी पकेट क्षेत्रका रुपमा विकास गर्न थालिएको हो ।

स्थानीयवासीको वैकल्पिक आम्दानीको स्रोत बनाउने, खेर गइरहेको जमिनको सदुपयोग गर्ने तथा मानव र वन्यजन्तुबीचको द्धन्द्धलाई घटाएर व्यावसायिकरुपमा जडिबुटी खेतीलाई प्रबद्र्धन गर्ने उदेश्यले जडिबुटी पकेट क्षेत्र घोषणा गरी काम थालिएको डिभिजन वन कार्यालयले जनाएको छ ।

सात वडामा यस वर्ष सहकारीमार्फत ७१ हजार बढी जडिबुटीका बिरुवा रोपण गरिएको छ । वन कार्यालयले सर्वोेत्तम बहुउदेश्यि सहकारी संस्था घोराहीसँगको समन्वयमा टिमुर, दालचिनी र मालागेडीका ७१ हजार ३० बिरुवा रोपण गरेको छ । विसं २०७५ मा पकेट क्षेत्र घोषणा गरी जडिबुटीको व्यावसायिक खेती गर्ने अभियान थालिएको हो । सहकारीमार्फत यस वर्ष पकेट क्षेत्रमा गरिएको जडिबुटी खेती विस्तार कार्यक्रमका विषयमा छलफलसमेत गरिएको छ ।

यस वर्ष ७१ हजार ३० र गत वर्ष ७५ हजार बढी जडिबुटीका बिरुवा रोपिएको वन कार्यालयका सूचना अधिकारी खिमबहादुर केसीले जानकारी दिनुभयो । दुई वर्षको अवधिमा करिब सात सय किसान जडिबुटी खेतीमा आबद्ध भएका उहाँको भनाइ छ ।

वैकल्पिक आम्दानीको स्रोत बनाउने, खेर गइरहेको जमिनको सदुपयोग गर्ने तथा मानव र वन्यजन्तुबीचको द्धन्द्धलाई घटाइ व्यवसायिकरुपमा जडिबुटी खेतीलाई प्रबद्र्धन गर्ने उदेश्य रहेको उहाँले जानकारी दिनुभयो ।

प्रोत्साहन रकम वितरण गर्न शुरू

दाङमा जडिबुटीका बिरूवा रोप्ने किसानलाई प्रोत्साहन रकम वितरण गर्न शुरू गरिएको छ । विशेषगरी जिल्लाका पहाडी भेगमा जडीबुटीका बिरूवा रोपेका किसानलाई प्रोत्साहनवापतको रकम वितरण गर्न शुरू गरिएको हो । डिभिजन वन कार्यालयको सहयोग र सर्वोत्तम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको आयोजनामा बंगलाचुलीका करिव छ सय बढी किसानलाई प्रोत्साहन रकम वितरण गर्न शुरू गरिएको हो ।

सहकारीमार्फत पकेट क्षेत्रमा जडिबुटी विस्तार कार्यक्रमअन्तर्गत बंगलाचुली र घोराहीका गरी सात वडामा ७० हजार बढी बिरूवा रोपिएको छ । त्यसमध्ये घोराहीका वडा नं १८ र १९ तथा बंगलाचुलीका वडा नं १, २, ३, ४ र ५ मा टिमुर, मालागेडी तथा दालचिनीका बिरूवा रोपिएको छ ।

बिरूवा रोपेका किसानलाई प्रति बिरूवा रु तीनका दरले प्रोत्साहन रकम प्रदान गरिने संस्थाका अध्यक्ष धु्रवराज पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार प्रोत्साहन रकम वितरणका लागि संस्थाले रु १० लाख रकम छुट्टाइएको छ । बंगलाचुलीका वडा नं ३, ४ र ५, घोराहीका वडा नं १८ र १९ तथा तुलसीपुर उपमहानगरपालिकाको वडा नं १९ लाई टिमुर पकेट क्षेत्र तोकिएको छ ।