दमौली, १७ साउन (रासस) : कारितास नेपाल धोविघाट ललितपुरले तनहुँको घिरिङ गाउँपालिकालाई रु दुई लाख भन्दा बढीको स्वास्थ्य सामग्री सहयोग गरेको छ । कोभिड–१९ सँग जुध्न उक्त संस्थाले गाउँपालिकालाई रु दुई लाख १८ हजार ५३७ बराबर स्वास्थ्य सामग्री सहयोग गरेको हो । कोभिड–१९ रोकथाम तथा नियन्त्रणमा सहयोग पु¥याउने उद्देश्यले सामग्री हस्तान्तरण गरिएको संस्थाका प्रतिनिधि प्रकाशचन्द्र चाडले जानकारी दिनुभयो ।
गाउँपालिकाका अध्यक्ष रनबहादुर रानाले स्वास्थ्य सामग्रीले कोभिड नियन्त्रणका लागि सहयोग पुग्ने जनाउँदै उक्त संस्थाप्रति धन्यवाद व्यक्त गर्नुभयो । गाउँपालिकालाई मास्क, स्यानीटाइजर, पिपिई, पञ्जा, फेसशिल्ड, स्यानीटाइजरलगायतका सामग्री सहयोग गरिएको छ ।
यसअघि सोही संस्थाले दमौली अस्पताल र शुक्लागण्डकीस्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रलाई रु ३० लाख ५२ हजार १५७ बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको थियो । दमौली अस्पताललाई रु १९ लाख १५ हजार १२३ र जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रलाई रु ११ लाख ३७ हजार ३४ बराबरको स्वास्थ्य सामग्री सहयोग गरिएको थियो । उक्त संस्थाले गण्डकी प्रदेशका सात अस्पताललाई रु एक करोड २० लाख ९८ हजार ४११ बराबरको स्वास्थ्य सामग्री सहयोग गरिसकेको छ ।
यो पनि – बसपार्क निर्माणमा ढिलासुस्ती
राजविराज, १७ साउन (रासस) : नगरवासीको चाहना र सपनाका रुपमा लामो समयदेखि बसपार्क निर्माणमा ढिलासुस्ती हुँदा अलपत्र परेको छ । सप्तरीको राजविराजस्थित राजदेवी टोलमा रहेको व्यवस्थित बसपार्क निर्माण कम्पनीको ढिलासुस्तीले गर्दा अहिलेसम्म ५० प्रतिशत पनि काम भएको छैन ।
निर्माण कार्यको समय अवधिसमेत समाप्त भएको सात महिना बितिसकेको बताइएको छ । शहरी विकास मन्त्रालयबाट रु १६ करोड ३८ लाख ९६ हजार ५१९ मा काम गर्ने ठेक्का पाएको काठमाडौँको कुलेश्वरस्थित सिनर्जी विल्डर्स प्रालीले उक्त बसपार्क निर्माणका लागि २०७४ पुस १६ गते सम्झौता गरेको थियो ।
निर्माण कम्पनीले २०७७ साल पुस १८ गतेभित्र बसपार्क निर्माण गरिसक्नुपर्ने समय निर्धारण गरिएको थियो । सुस्तगतिमा काम गर्दा म्याद सकिएको सात महिना भन्दाबढी भइसक्दा पनि ५० प्रतिशत काम मात्र भएको पाइएको छ ।
निर्माण कम्पनीले कहिले कोरोनाको बहना, निर्माण सामग्रीको अभाव तथा मन्त्रालयबाट समयमै रकम निकासा नपाएको भन्दै निर्माण कार्यप्रति आलटाल गरिरहेको राजदेवी टोलका चन्दन यादवको भनाइ छ । बसपार्क समयमा निर्माण नहँुदा यहाँका रुपनी सडक, गजेन्द्रचोक, नेता चोक, कुनौली मोड, राममन्दिर मोड र सखडा रोडलगायतका स्थानबाट अहिले लामो तथा छोटो दूरीका सवारीसाधन सचालनमा छन् ।
राजविराजका नगर प्रमुख शम्भुप्रसाद यादवले विभिन्न कारणले समयमा निर्माणकार्य सम्पन्न गर्न नसकेका ठेकेदार कम्पनीलाई पटकपटक सचेत गराइएको जानकारी दिँदै अब पनि ढिलाइ गरे ठेक्का रद्द प्रक्रिया अघि बढाउन पहल गरिने बताउनुभयो ।
प्रतिक्रिया