टोकियो ओलम्पिक : ५१ पदकसहित चीन शीर्ष स्थानमा कायमै

टोकियो ओलम्पिक : ५१ पदकसहित चीन शीर्ष स्थानमा कायमै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकूदमा चीन ५१ पदकसहित शीर्ष स्थानमा कायमै रहेको छ । अमेरिका र जापानलाई उछिन्दै चीन शीर्ष स्थान ओगट्न सफल भएको हो । चीनले हालसम्म २४ स्वर्ण, १४ रजत र १३ कास्य पदक प्राप्त गरेको छ । अमेरिका दोस्रो तथा जापान तेस्रो स्थानमा रहेका छन् । अमेरिकाले २० स्वर्ण, २३ रजत र १६ कास्य पदक प्राप्त गरेको छ भने जापानले १७ स्वर्ण, पाँच रजत र नौ कास्य प्राप्त गर्न सफल भएको छ । यस्तै अस्ट्रेलिया १४ स्वर्ण, तीन रजत र १४ कास्य पदक प्राप्त गर्दै चौंथो स्थानमा उक्लेको छ ।

यसैगरी रसियन ओलम्पिक कमिटी पदक तालिकाको पाँचौँ स्थानमा झरेको छ । उसले १२ स्वर्ण, १९ रजत र १३ कास्य पदक प्राप्त गरेको छ । बेलायत १० स्वर्ण, १० रजत र १२ कास्यसहित छैटौँ, फ्रान्स पाँच स्वर्ण, १० रजत र ६ कास्यका साथ सातौँ, दक्षिण कोरिया पाँच स्वर्ण, चार रजत र आठ कास्य जित्दै आठौँ, इटाली चार स्वर्ण, आठ रजत र १५ कास्यका साथ नवौँ तथा नेदरल्याण्डस् चार स्वर्ण, सात रजत र ६ कास्यका साथ पदक तालिकाको १०औँ स्थानमा रहेको टोकियो ओलम्पिकको वेभसाइटमा उल्लेख छ । टोकियो ओलम्पिकमा सहभागी २०५ देशमध्ये हालसम्म ७६ देशले पदक प्राप्त गर्न सफल भएका छन् ।

नेपालबाट चार खेलमा पाँच खेलाडी टोकियो ओलम्पिकमा सहभागी भएका थिए । सुटिङकी कल्पना परियार, जुडोकी सोनिया भट्ट, पौडीका एलेक्स शाह र गौरिका सिंह तथा एथलेटिक्सकी सरस्वती चौधरीले आआफ्नो खेलमा प्रतिस्पर्धा गर्नुभएको थियो । पाँचै खेलाडी टोकियो ओलम्पिकबाट बाहिरिनुभएको छ । परियारले महिला १० मिटर एयर राइफल, भट्टले महिला ४८ किलो तौल समूह, शाहले एक सय मिटर फ्रि स्टाइल, सिंहले १०० मिटर फ्रि स्टाइल तथा चौधरीले एक सय मिटर दौडमा प्रतिस्पर्धा गर्नुभएको थियो । रासस

यो पनि – इजिप्टको सेनाद्वारा ८९ अतिवादी मा’रिए

इजिप्टको सेनाले पछिल्लो समयमा थप ८९ अतिवादीहरू मा’रिएको दाबी गरेको छ । अति ख’तरा मा’निएका अतिवादीहरू देशको उत्तरपूर्वी क्षेत्रमा पर्ने उत्तर सिनाइमा मा’रिएको सेनाले आइतबार जानकारी दिएको छ । सुरक्षाकर्मीहरूले घटनास्थलबाट अतिवादी ल’डाकूहरूले प्रयोग गरेका विस्फोटक पदार्थ, सवारी साधन, हातह’तियारलगायत बरामद गरेको पनि सेनाले जनाएको छ ।

अतिवादीहरूका गतिविधि न्यूनीकरण गराउने अभियानअन्तर्गत सुरक्षा कारबाही गर्दा उनीहरूको मृत्यु भएको सेनाद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।घटनामा परी सुरक्षाकर्मीतर्फ पनि केही क्षति भएको सुरक्षा स्रोतले पुष्टि गरेको छ । वक्तव्यका अनुसार आठ सुरक्षाकर्मी घटनामा परेका हुन् ।घटना भएको क्षेत्रमा लामो समयदेखि हिं’सात्मक गतिविधिहरू हुँदै आएकाले नियन्त्रण गर्न सरकारले कडा कदम चाल्दै आएको छ ।

यो पनि – टेलिग्राममा अब हजार जनासम्मले संयुक्त भिडियो संवाद गर्न मिल्ने

म्यासेन्जर च्याट सेवा दिँदै आएको टेलिग्राम एपले अब भिडियो कुराकानी गर्न मिल्ने सेवासमेत दिनेभएको छ । भिडियो कुराकानी एक पटकमा एक हजार जनासम्मले गर्न मिल्ने व्यवस्था गरिएको पनि कम्पनीले जनाएको छ । संयुक्तरूपमा भिडियो कुराकानी गर्न मिल्ने, बैठक तथा भेला गर्न मिल्ने माध्यमहरूको प्रयोग बढीरहेका बेला टेलिग्रामले पनि यो सेवा सुरु गरेको हो ।

कम्पनीले हालै घोषणा गरेको नयाँ सेवानुसार भिडियो संवादका क्रममा देखिने भिडियोको गुणस्तर पनि धेरै राम्रो आउने बनाइएको छ । पटकपटकको परीक्षणपछि सार्वजनिक गरिएको सेवालाई थप गुणस्तरीय र प्रभावकारी बनाउने अरु गृहकार्य भइरहेको पनि कम्पनीले जनाएको छ ।टेलिग्राममा भएको कुराकानी वा छलफललाई सामाजिक सञ्जालबाट प्रत्यक्ष प्रसारण गर्नसमेत मिल्ने र एक महिनापछि आफैँ डिलिट हुने व्यवस्थासमेत गरिएको छ ।भिडियो संवादलाई रेकर्ड गरेर राख्न मिल्ने सेवा पनि रहेको कम्पनीद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।