पहिरोबाट विस्थापितलाई १५ लाख सहयोग

पहिरोबाट विस्थापितलाई १५ लाख सहयोग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

घान्द्रुक समाज हङकङ र घान्द्रुक समाज बेलायतले कास्कीको घान्द्रुकका पहिरो पीडितलाई राहतस्वरूप रु १५ लाख एक हजार ७७० नगद सहयोग गरेका छन् । घान्द्रुकका समाज हङकङका पूर्वअध्यक्ष चन्द्र गुरुङ, सचिव दीपक गुरुङ र घान्द्रुक समाज बेलायतका निवर्तमान अध्यक्ष अर्जुन गुरुङले घान्द्रुकमा आयोजित एक कार्यक्रमबीच उक्त सहयोग हस्तान्तरण गर्नुभएको हो ।

घान्द्रुक समाज हङकङका अध्यक्ष दुर्गा गुरुङको नेतृत्वमा रु १२ लाख ९१ हजार ७७० र घान्द्रुक समाज बेलायतमा रु दुई लाख १० हजार सङ्कलन भएको कार्यक्रममा जानकारी गराइयो । गत असार १ गतेको मध्यराति अन्नपूर्ण गाउँपालिका–१० र ११ का विभिन्न ठाउँमा पहिराले दुई घर बगाएर पूर्ण क्षति, दुई घर उच्चजोखिम तथा सात घर परिवारमा क्षति पुगेको थियो । रोजगारीका सिलसिलामा हङकङ र बेलायतमा रहेका घान्द्रुक समाजमा आबद्ध सदस्यहरूबाट रकम सङ्कलन गरी प्राकृतिक विपत्को समयमा पीडितलाई केही राहत होस् भन्ने उद्देश्यका साथ रकम सहयोग गरिएको घान्द्रुक समाज हङकङका सचिव एवम् कार्यक्रम संयोजक दीपक गुरुङले जानकारी दिनुभयो ।

उक्त अवसरमा घर पूर्ण क्षति भएका चिजकुमारी र मैतसिं गुरुङको परिवारलाई हङकङका तर्फबाट रु चार लाख १६ हजार ७७० र बेलायतका तर्फबाट रु एक लाख २० हजार, हरिकला गुरुङलाई रु एक लाख र छवि राना मगरलाई हङकङका तर्फबाट रु एक लाख र बेलायतका तर्फबाट रु ४० हजार नगद सहयोग प्रदान गरिएको थियो ।

त्यस्तै पहिराको उच्च जोखिम रहेका विस्थापित भएका बुद्धिबहादुर परियार र मनभुजा परियारलाई जनही हङकङका तर्फबाट एक लाख र बेलायतका तर्फबाट रु २० हजार रकम उपलब्ध गराइएको थियो । घर चर्केर क्षति भएका रामप्रसाद गुरुङ, दीपक गुरुङको परिवारलाई जनही ५० हजार, कमला जैसी, रोजन विक, टेकबहादुर पौडेल, राजमान गुरुङ र खड्कबहादुर जैसीलाई जनही रु ३५ हजार प्रदान गरिएको गुरूङले जानकारी दिनुभयो । रासस

यो पनि – मेलम्चीमा पुनः बाढी, सुरक्षित रहन आग्रह

मेलम्ची, १७ साउन (रासस) :सिन्धुपाल्चोकको मेलम्चीमा फेरि बाढी आएको छ । मेलम्ची खोलामा पानीको सतह बढेको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ । कार्यालयका प्रहरी निरीक्षक टीकाराम राईका अनुसार ठूलो बाढी आउन थालेपछि प्रहरीले माइकिङ गरेर स्थानीयवासीलाई सुरक्षित स्थानतर्फ जान आग्रह गरेको छ ।

अहिले मेलम्चीमा पानीको सतह बढेको र बाढी तालामाराङसम्म आइपुगेको स्थानीयवासी भीमसेन थापाले जानकारी दिनुभयो । पानी परेका कारण खोलामा पानीको सतह बढेको अनुमान हो । गए रातिदेखि आएको बाढीले गर्दा झण्डै दुई दर्जन घर बगाएको छ । चनौटेको रातो पुल बगाएको छ भने अरू नदी तटीय क्षेत्रका बस्ती कटान गरेको छ ।

यो पनि – मेलम्ची खोलाको मुहान गेग्य्रान बग्दा सिन्धुपाल्चोकमा ठूलो क्षति

मेलम्ची खोलाको मुहान क्षेत्रको तस्वीर र श्रव्यदृश्य हेर्दा ठूलो मात्रामा गेग्य्रान थुप्रिएको छ । ठाउँठाउँ पटपटी फुटेर खस्न लागेको छ, कतै खसिरहेको पनि देखिन्छ भने कतै गेगरको घोल बगिरहेको स्पष्ट देखिन्छ । यसले सामान्य पानी पर्दा पनि सिन्धुपाल्चोकको मेलम्ची क्षेत्र र नदी तटीय क्षेत्र अझै ठूला जोखिममा रहेको प्रस्ट्याउने आज स्थलगत अध्ययन गरेर फर्किएको विज्ञ टोलीले निष्कर्ष छ ।

उहाँहरूका अनुसार अहिले नै खास कारण भन्न किने अवस्था छैन तर पनि मेलम्चीको शिर क्षेत्रमा हिमनदीले विगतमा थुपारेका गेग्य्रान बगेर तल्लो तटीय क्षेत्रमा ठूलो क्षति गराएको प्रारम्भिक अनुमान छ ।  आज स्थलगत अध्ययन गरेर फर्किएको विज्ञ टोलीले यकिन तथ्य आइनसके पनि मुहान क्षेत्रको श्रव्यदृश्य, तस्वीर र आज भएको स्थलगत अध्यनबाट विगतमा बसेको गेग्य्रान भूकम्पले हल्लाएर कमजोर बनाएको र भारी वर्षा हुँदा त्यसलाई बगाएर ठूला क्षति गरेको प्रारम्भिक निष्कर्ष निकालेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको नेतृत्वमा विज्ञसहितको टोली आज अध्ययन गरेर फर्किएपछि आकस्मिक रुपमा प्रारम्भिक अध्ययनबारे जानकारी गराएको हो । मेलम्ची माथिबाटै गेगरसहित बगाउँदै र नदी तटीय क्षेत्रसमेत कटान गर्दै आएको छ । गिट्टी, बालुवा गेग्य्रानसहित ठाउँठाउँँमा ठूलो मात्रामा जमेर बसेको पाइएको छ । सामान्य वर्षामा पनि गेगर बगेर आउने हुँदा जोखिम कायमै रहेको छ । ठाडो खोलामा बगेको गेगरको शक्ति बढ्दा खोला किनार कटान गर्दै आएर सबै सोहोरेर ल्याएको पाइएको छ । यसरी गेगरसहित आउँदा त्यसले क्षति बढाउने गर्छ ।

खानी तथा भूगर्भ विभागका भूगर्भविद् शिवकुमार बाँस्कोटा पहिले मुहान क्षेत्रमा हिउँ रहेको र अहिले हिउँ हराएको अध्ययनले देखाएको छ । उहाँ त्यो बेलाको हिम नदीले ल्याएको चीज थुप्रिएको र त्यसलाई भूकम्पले हल्लाएर कमजोर बनाएको अनुमान गर्नुहुन्छ । त्यही कमजोर भूभाग वर्षाले बगाएपछि त्यसले अन्य तटीय क्षेत्रसमेत कटान गर्दै आउँदा लेदोमा परिणत भएर ठूलो क्षति गराएको बाँस्कोटा अनुमान गर्नुहुन्छ । उहाँले भन्नुभयो, “घर बनाउँदा प्रयोग हुने गिट्टी, बालुवा मिसाएको घोल जस्तै निस्किएको देखियो, त्यो घोल बगाउँदा त्यसले गर्ने क्षति बढी हुन्छ, हेलम्बुमा अहिले त्यही देखिएको छ, मेलम्चीमा दुई खोलाको बहाव रोकिँदा बजार क्षेत्रमा ठूलो क्षति भएको हो ।” उहाँले यो अझै दोहोरिन सक्ने चेतावनी दिनुभयो ।

प्राधिकरणका हाइड्रोलोजिष्ट राजेन्द्र शर्माले सोही कुरा दोहो¥याउँदै त्यही कमजोर भूभाग बगाएर असार १ गते पहिरो गएर एक छिन खोला रोकिएर बगाएको र अहिले पनि त्यहाँ जमेको गेगरलाई नै थप बगाएको पाइएको बताउनुहुन्छ । अध्ययन बाँकी नै रहेको बताउँदै उहाँले तत्काल बासस्थान सुरक्षित स्थानमा लैजानुपर्ने र माथिसम्मको अवस्थालाई क्याम्प नै खडा गरेर विस्तृत अध्ययन गर्न जरुरी रहेको पनि बताउनुभयो । विज्ञका अनुसार गेगर १५ मिटरसम्म उचाइसम्म जमेको पाइएको छ । यो सामान्य पानी पर्दा पनि बग्ने अवस्था छ ।

प्राधिकरणका प्रमुख अनिल पोखरेल हिमालय क्षेत्रकै यो निकै ठूलो क्षति भएको बताउनुभयो । यसले मेलम्ची र हेलम्बुमा मात्रै होइन दोलालघाट तथा तल्लो क्षेत्रमा समेत प्रभाव पारेको छ । उहाँले हेलम्बु र मेलम्चीमा भारी वर्षापछि आएको बाढी र क्षतिबारे विशेषज्ञ टोलीसहित स्थलगत अध्ययन गरिरहेको जानकारी दिनुभयो । आज हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पासहितको टोली हेलिकप्टरबाट विपद् क्षेत्रको स्रोतसम्म पुगी अवलोकन गरेर फर्किएको थियो । सोही टोलीले ल्याएको भिडियो र फोटोका आधारमा विज्ञले विश्लेषण गरेर प्रारम्भिक निष्कर्ष निकालेका हुन् । टोलीका अनुसार कतै झण्डै विमानस्थल जत्रै गेग्य्रान जमेर बसेको छ । अहिले पनि ठूलो मात्रामा झरिरहेको छ । त्यही बगेर आउँदा तल्लो क्षेत्रमा ठूलो क्षति हुन पुगेको र अझै क्षति हुने अनुमान गर्न सकिने देखिएको विज्ञहरू बताउँछन् ।

त्रिभुवन विश्वविद्यालयको इन्जिनीयरिङ अध्ययन संस्थान प्राडा विष्णु पाण्डे अझै कारण के हो भनेर यकिन भन्ने नसकिने बताउनुहुन्छ । उहाँका अनुसार प्रारम्भिक चरणको अध्ययनअनुसार सेटेलाइटबाट पाएको तथ्याङ्कमा थोरै समयमा अत्यधिक पानी परेर बाढी ल्याएको भने नदेखिएको बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले पनि त्यसरी अत्यधिक पानी परेर ठूलो बाढी आएको हो भन्ने देखिँदैन, हिमताल फुटेर आएको हो कि भन्ने अनुमान पनि गर्न सकिँदैन, पहिरो खसेर थुनिएको र त्यसपछि आएको भन्ने पनि देखिँदैन, ठूलो मात्रामा पानी थुन्न सक्ने अवस्थासमेत नदेखिँदैन । निकै भिरालो ठाउँमा पानीको फोर्स बढी हुँदा दुई छेउमा कटान भएको र जमेको क्षेत्र पनि बगाउँदा बढी क्षति भएको उहाँको प्रारम्भिक निष्कर्ष उहाँको छ ।

अर्का विज्ञ वसन्त अधिकारी जमेको माटो बिस्तारै पानीले खोलेर ऊर्जा बढाएको र त्यसले कटान बढाउँदै वरिपरिको क्षेत्र खसालेर शक्ति पैदा गरेको देखिने सुनाउनुहुन्छ । उहाँले माथिबाट सामान्य रूपमा शुरु भए पनि इनर्जी बढेर तल काट्दै आएको र गेग्य्रानसहित मिसिएर बाढीमा परिणत भएको बताउनुभयो । त्यहाँका प्रदेश सांसद निमा लामा माथिको कारण पत्ता नलागेसम्म समस्या समाधान गर्न नसकिने भएकाले तत्कालै अध्ययन गर्नुपर्ने बताउनुहुन्छ । उहाँले विज्ञहरूलाई तत्काल अध्ययन गरेर कारण खोज्न पनि अनुरोध गर्नुभयो । आज बिहान मात्रै गृहमन्त्री बालकृष्ण खाँडको अध्यक्षतामा बैठक बसेर आवश्यक खोज उद्धार प्रभावकारी बनाउन निर्देशन दिएको थियो । बैठकमा गृहमन्त्री खाँडले आवश्यक साधन स्रोतका लागि कुनै कमी हुन नदिने प्रतिबद्धता जनाउनुभएको छ । रासस